×

‘स्थानीय जनप्रतिनिधिमा गणतन्त्र आउन सकेन’

लमजुङ | जेठ २४, २०८१

नेकपा (एमाले) का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले देशमा गणतन्त्र आए पनि स्थानीय जनप्रतिनिधिमा अझै गणतन्त्र आउन नसकेको टिप्पणी गरेका छन् । 

आज बेँसीसहरमा आयोजित लमजुङ दर्पण दैनिकको ११औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै नेता गुरुङले जनप्रतिनिधिमा अझै पञ्चायती कार्यशैलीको धङधङी रहेको बताएका हुन् ।


Advertisment

“उहाँहरु आफू सरकार भएको दाबी गर्छन् तर व्यवहार सरकारको जस्तो छैन”, उनले भने, “सङ्घीयताको अवधारणाअनुसार स्थानीय सरकारले काम गर्न सकेनन् ।” उनले स्थानीय सरकारलाई विपद् कोष बनाउन र गरेका कामको प्रचारप्रसार गर्न सुझाव दिएको बताए । 


Advertisment

उनले स्थानीय सरकारले प्रोफाइल तयार पार्ने, डकुमेन्ट्री बनाउने, सचेतनाका कार्यक्रम गर्नेलगायतका काम मिडियासँग मिलेर गर्न सकिने बताए । 

   “स्थानीय सरकारमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको छुट्टाछुट्टै अभ्यास गर्नेगरी व्यवस्था मिलाइएको छ । अध्यक्ष र उपाध्यक्षका छुट्टाछुट्टै अधिकार र दायित्वहरु छन् । वडाध्यक्ष र कार्यपालिका सदस्य एउटै भूमिकाका हुन्”, उनले भने, “कार्यपालिकामा अध्यक्ष वा मेयर प्रधानमन्त्री जस्तो हुन्छ भने व्यवस्थापिकामा सभामुख जस्तो । बजेट आउनुभन्दा अगाडि नीति तथा कार्यक्रम ल्याउनुप-यो । नीति तथा कार्यक्रम अघि बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत हुनुप-यो । स्थानीय सरकारले यसको पालना नै गर्दैनन् ।”

उनले स्थानीय सरकारलाई सरकार जस्तो बनाउन मिडियाले भूमिका पनि भुमिका निर्वाह गर्नुपर्ने धारणा राखे । 

   गण्डकी प्रदेशसभा सदस्य यशोदा रिमालले लमजुङ पर्यटनको दृष्टिले सम्भावनायुक्त रहेको बताइन् । 

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x