×

NIC ASIA

चोयु हिमालमा नेपालतर्फबाट पहिलोपटक सफल आरोहण

काठमाडाैं | जेठ २८, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

आरोहणका हिसावले निकै कठिन मानिएको चोयु हिमाल (८१८८ मिटर) मा नेपालतर्फबाट पहिलोपटक सफल आरोहण भएको छ ।

 उक्त हिमालमा हालै छ जना शेर्पासहित एक विदेशी नागरिकले पहिलो पटक सफल आरोहण गरेसँगै नेपालबाट आरोहणको ढोका खुलेको हो । पर्यटन विभागका अनुसार नेपालतर्फबाट पहिलो पटक चोओयुको सफल आरोहण भएको छ । गत शुक्रबार छजना शेर्पा र एकजना फ्रान्सका नागरिकले चोयु चढ्न सफल भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार नेपालतर्फबाट नयाँ रुट (एस–एसडब्ल्यु राइड, एसएसटी नेपाल रुट) चोओयुको पहिलो पटक आरोहण सफल भएको हो ।  यसअघि  नेपालतर्फबाट चोओयुको आरोहणको प्रयास गरिए पनि सफल हुन सकेको थिएन । आरोहणका लागि निकै कठिन मानिने चोओयु आरोहणले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ । चोओयु हिमाल चीनतर्फबाट मात्रै आरोहण हुँदै आएको थियो ।


Advertisment
Rupse Holidays
Nabil box

 विभागको पर्वतारोहण शाखाका अनुसार आरोहण टिममा फ्रान्सका अलास्डिर म्याकान्जि, नेपालबाट गाल्जे शेर्पा, छान्वा शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेम्वा शेर्पा, लाक्पा तेन्जी शेर्पा, निग्मा ओङदा शेर्पा छन् ।

Vianet communication

चोयु हिमाल आरोहण गरी आज काठमाडौँ आइपुगेको टोलीलाई विमानस्थ र पर्यटन बोर्डमा आयोजित कार्यक्रममा भब्य सम्मान गरिएको छ । बोर्ड, पर्यटन विभाग र नेपाल पर्वतारोहण संघले संयुक्त रुपमा आरोही टोलीलाई सम्मान गरेको हो ।

 विभागका महानिर्देशक रूद्रप्रसाद पण्डितले नेपाली टोलीले लामो समयको प्रयासपछि कठिन, साहसिक र जोखिमपूर्ण मानिएको चोयु आरोहण गरेर नेपालको पर्वतारोहणलाई विश्वभर नयाँ सन्देश दिन सफल भएको बताए । 

बोर्डका उपध्यक्ष रामप्रसाद सापकोटाले विगतमा चीनतर्फबाट मात्रै आरोहण भइरहेको चोयुको आरोहण सफलताले अब नेपालबाटै आरोहीहरुले आरोहण गर्न पाउने भन्दै खुसी व्यक्त गरे । नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले पनि चोयु आरोहणको सफलताले पुनःविश्वभर नेपालको पर्यटन क्षेत्रको प्रचार हुने विश्वास व्यक्त गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x