×

NIC ASIA

टीकापुर घटनाबारे फरक मत राख्दै बाबुरामले भने– दोषीको नाम भन्नुपर्छ भने हामी भनिदिन्छौँ

काठमाडाैं | जेठ ३०, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले टीकापुर घटनामा निर्दोषलाई दोषी देखाएर कारागार चलान गरिएको आरोप लगाएका छन् ।

वैकल्पिक राजनीतिक शक्ति स्थापना दिवसको सन्दर्भमा बुधवार आयोजित समारोहमा उनले दोषी करार गरिएकालाई उचित क्षतिपूर्ति दिएर राज्यले माफी माग्नुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनामा घाइते भएकालाई जसले रिक्सामा हालेर अस्पताल पुर्यायो उही साढे ८ वर्ष जेल बस्नुपरेको पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले गुनासो गरे । 


Advertisment
Rupse Holidays
Nabil box

उनले टीकापुर घटनामा संग्लग्नको नाम भन्नुपर्ने बेला आएको र आवश्यक परे नाम भनिदिने पनि बताए ।

Vianet communication

‘सबैभन्दा पहिला टीकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारूहरूलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्ने बन्दोबस्त मिलाउनुपर्छ । हाम्रो के अपराध थियो । जसले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्यायो त्यो साढे ८ वर्ष जेल बस्नुपर्ने ?’, उनले प्रश्न गरे, ‘घाइतेलाई उठाएर उपचार गर्नेले ८ वर्षसम्म जेलको कालकोठीमा सड्नुपर्ने ? अब जाक्नेवालाको खोजीनिती गर्नुस् । घटना कसले गरायो हामीलाई नसोध्नुस् । लाल आयोगलाई सोध्नुस् । मान्छेको नाम भन्नुपर्छ भने हामी भनिदिन्छौँ । टीकापुरको अब नाम भन्ने बेला आएको छ ।’ 

भट्टराईले साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारू जम्मा भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध भनेकोमा पनि आक्रोश पोखे । 

‘साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारू जम्मा भएको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध भनिदिने ? महाधिवेशन नै नगर्ने पार्टीहरू वैध, पुसको कठ्याङ्ग्रिने जाडोमा जनता आएर गरेको महाधिवेशन अवैध ?’

समारोहमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष डा सीके राउत, नागरिक उन्मुक्तिका नेता रेशम चौधरी, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, साझा विवेकशील पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटा, लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलालगायत उपस्थित थिए । 

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा ८ सुरक्षाकर्मी र १ नाबालकको हत्या भएको थियो । 

तीन तहको अदालतले रेशम चौधरीलाई प्रमुख दोषी करार गरेको थियो । जन्मकैदको सजाय सुनाएर जेलमा रहेका उनलाई संविधान दिवसको अवसरमा सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x