×

NIC ASIA

पालिकाबाट तालिम लिएपछि उद्यममा जोडिए गृहिणी : सरफ बनाउँदै, साबुन बनाउने तयारी

विराटनगर | असार १, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

स्थानीय तहमा दलका कार्यकर्ता खुसी बनाउनकै लागि तालिम शीर्षकमा लाखौँ बजेट छुट्याउने गरिएको छ । कर्मचारीका साथीभाइ खुसी बनाउन पनि तालिमका नाममा बजेट राखिन्छ । एउटा कम्पनी दर्ता गरेर बजेट माग्न जानेको स्थानीय तहमा भीड नै लाग्ने गरेको छ । यसरी विनियोजन गरिएको बजेटमा तालिम लिने अनुहार पनि उनै हुन्छन् । सिलाइ–कटाइ, च्याउ खेती, तरकारी खेती, करेसाबारी खेती र उद्घोषणलगायत शीर्षकमा तालिम दिने गरिन्छ । तालिम लिएका अधिकांशको प्रमाणपत्र उपभोग भएको पाइँदैन । 

तर, मोरङको केराबारी गाउँपालिकाका केही महिला भने अपवाद बनेका छन् । पालिकाले दिएको तालिमपछि उनीहरू उद्यममा जोडिएका छन् । १२ जना महिला मिलेर सरफ (कपडा धुने पाउडर) बनाउन थालेका छन् । उनीहरू जनही १०–१० हजार रुपैयाँ संकलन गरेर सरफ उत्पादन गर्न थालेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरफ उत्पादनमा लागेका १२ जना नै गृहिणी हुन् । सीता गुरागाईं, अनुजा श्रेष्ठ, दुर्गा विक, सुमित्रा मगर, आरती रम्तेल, सावित्रा श्रेष्ठ, निशा श्रेष्ठ, ओमकुमारी विक, सरस्वती बराल, सीता रोक्का, सावित्रा श्रेष्ठलगायत छन् । 


Advertisment
Rupse Holidays
Nabil box

null

Vianet communication

यसअघि गाईबस्तु पाल्ने र सामान्य खेतीकिसानी गर्दै आएका उनीहरू थप अघि बढेका हुन् ।  १२ जना महिला संयुक्तरूपमा काम गर्छन् । सीता गुरागाईंको घरमा भेला भएका उनीहरू सरफ बनाउने गर्छन् । ‘हामीलाई गाईबस्तु पालेर मात्रै केही हुँदैन भन्ने लाग्यो । यसपछि छरछिमेकी मिलेर दैनिक उपभोग्य सामग्री सरफ र साबुन बनाउने तालिमका लागि अनुरोध गर्‍यौं,’ सीताले भनिन्, ‘गाउँपालिकाले तालिम दिएपछि सरफ बनाउन थालेका छौँ ।’ 

घरको काम भ्याएर फुर्सद मिल्नासाथ उनीहरू एकैठाउँमा भेला भएर आफ्नो उद्यममा लाग्छन्  । उनीहरूले उत्पादन गरेको सरफ भने स्थानीय बजारमा नै खपत हुने गरेको छ । आफैं बजारमा गएर बेच्ने गरेका छन् । यसरी बजार लगेर बेच्न थालेको महिना दिनजति भयो ।

‘अहिले शुरूवाती चरण भएकाले सबै कुरामा हाम्रो ध्यान पनि पुगेको छैन । फुर्सदको समय मात्रै उद्यमका लागि दिएका छौँ,’ सीताले भनिन्, ‘अहिलेसम्मको परिणामबाट खुसी छौँ । चुलोचौकोबाट निस्केर केही गर्न सकिन्छजस्तो लाग्न थालेको छ । अब बजारलाई पनि व्यवस्थित पार्दै लान्छौँ ।’ 

ती महिलाहरू मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म भेला भएर संयुक्तरूपमा काम गर्छन् । उनीहरूले प्याकिङ गर्नेलगायत केही मशिनरी औजार पनि जोहो गरेका छन् । उनीहरूले दैनिक ९० किलोग्रामसम्म सरफ उत्पादन गर्ने गर्छन् । आफन्त तथा केराबारीका व्यापारी उनीहरूका उपभोक्ता हुन् । उनीहरूलाई मागेअनुसार उपलब्ध गराउने गरेको सीता बताउँछिन् । 

सरफसँगै अब साबुन पनि उत्पादन गर्ने उनी बताउँछिन् । थोरै लगानीमा उत्पादन गर्न सकिने उनको भनाइ छ । उनीहरू सबैले कसले के काम गर्ने भनेर पनि बाँडफाँट गरेका छैनन् । शुरूवाती चरण भएकाले सबै मिलेर अगाडि बढौं भनेर कामको बाँडफाट नगरिएको उनीहरू बताउँछन् । अब बजारको खोजीमा निस्कने उनीहरूको भनाइ छ । पहिलो चरणमा उत्तरी मोरङकै केराबारी, विराटचौक, बेलबारी, पथरी–शनिश्चरे, उर्लाबारीलगायत बजारमा पुर्याइने उनीहरूले बताए ।

स्थानीय तहहरूले तालिम दिए पनि प्रभावकारी भने कम हुने गरेको छ । यतिसम्म कि तालिम लिएकाहरूले त्यसको उपयोग नगर्ने बरु प्रमाणपत्र सिराने लगाएर सुत्ने गरेको आरोप लाग्ने गरेको छ । 

पहिलोपटक तालिममा सहभागी भएका उनीहरू भने तालिम सिरानीमा राखेर नसुत्ने बताउँछन् । ‘राज्यले गरेको लगानी उपभोग गरेर सीप विकास गर्ने हामीले योजना बुनेका थियौँ । यसमा केही हदसम्म सफल भइरहेका छौँ,’ सीताले भनिन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

जेठ १९, २०८१

ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x