×

टी–२० विश्वकप

६ टिम सुपर-८ मा, अस्ट्रेलियाको जितको पर्खाइमा डिफेण्डिङ च्याम्पियन इंग्ल्याण्ड

काठमाडाैं | असार २, २०८१

सन् २०२२ मा टी-२० विश्वकप उपाधि जितेपछि इंग्ल्याण्डको टोली ।

आईसीसी टी–२० विश्वकपमा इंग्ल्याण्डले नामिबियालाई डकवर्थ लुइस नियमअनुसार ४१ रनले पराजित गरेको छ । जितसँगै इंग्ल्याण्डले सुपर–८ मा पुग्ने आशा जीवित राखेको छ । 

अब सुपर–८ मा पुग्ने इंग्ल्याण्डको निर्णय स्कटल्याण्डको जीत वा हारले तय हुनेछ । समूह चरणका सबै चार खेल खेलेको इंग्ल्याण्डको ५ अंक छ भने  ३ खेल खेलेर स्कटल्याण्डले ५ अंक जोडेको छ । तर, स्कटल्याण्डभन्दा इंग्ल्याण्डको स्ट्राइक रेट बढी छ ।


Advertisment

स्कटल्याण्डले समूह चरणको अन्तिम खेल आज अस्ट्रेलियासँग खेल्दैछ । अस्ट्रेलिया र स्कटल्याण्डबीचको खेल अहिले जारी छ । स्कटल्यान्डले अष्ट्रेलियालाई १८१ रनको लक्ष्य दिएको छ । सेन्ट लुसियामा आइतबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको हो । अस्ट्रेलियाले जवाफी ब्याटिङ गरिरहेको छ ।


Advertisment

यदि स्कटल्याण्डले अस्ट्रेलियालाई हराएमा इंग्ल्याण्ड सुपर-८ मा पुग्ने छ । तर, स्कटल्याण्डले जितेको खण्डमा भने डिफेण्डिङ च्याम्पियन इंग्ल्याण्डको सुपर-८ पुग्ने सम्भावना सकिने छ ।  

हालसम्म ६ टिम सुपर ८ का लागि क्यालिफाइ भइसकेका छन् । भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्टइन्डिज, अफगानिस्तान र अमेरिका सुपर-८ मा पुगिसकेका छन् । 

अब इंग्लयाण्डसहित बंगलादेश, स्कटल्याण्ड र नेदरल्याण्ड्स सुपर ८ पुग्ने बाटोमा छन् । यीमध्ये दुई टोली सुपर ८ मा पुग्ने छन् । 

यसअघि अघिल्लो टी–२० विश्वकप क्रिकेटको उपाधि इंग्ल्यान्डले जितेको थियो । अष्ट्रेलियाको मेलबर्नस्थित मेलबर्न क्रिकेट ग्राउण्डमा भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै सन् २०१० पछि इंग्ल्यान्डले दोस्रोपटक टी–२० विश्वकपको उपाधि उचालेको थियो ।

यसअघि इंग्ल्याण्डले सन् २०१० मा पनि उपाधि जितेको थियो । इंग्ल्याण्डबाहेक सह-आयोजक वेस्ट इन्डिज मात्र दुई पटक टी–२० विश्व च्याम्पियन बनेको छ । 

यसपालि पनि इंग्ल्यान्डसँगै अष्ट्रेलिया र भारत ट्रफी जित्ने ठूलो दाबेदार मानिएको छ ।

सन् २०२१ देखि हालसम्म अष्ट्रेलियाले टी-२० विश्वकप, एकदिवसीय विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जितेको छ ।

भारतीय टोलीले सन् २००७ यता टी–२० विश्वकपको उपाधि जित्न सकेको छैन । साथै, सन् २०१३ देखि भारतले अन्य ढाँचामा पनि आईसीसी ट्रफी जित्न सकेको छैन।

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x