×

सत्तापक्षकै सांसदको असन्तुष्टि– स–साना आयोजना राखेर बजेट पुस्तिकाको पाना भराइयो

काठमाडाैं | असार २, २०८१

सत्तारुढ दल नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले बजेट निर्माणको प्रक्रियामा निकै ठूलो नीतिगत र संरचनागत परिवर्तन आवश्यक भएकामा जोड दिएका छन् ।
     
प्रतिनिधिसभाको आइतवारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले रु तीन करोडमाथिका मात्रै आयोजनालाई बजेटमा राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रतिबद्धताविपरीत स–साना आयोजना राखेर बजेट पुस्तिकाको पाना भराइएकामा असन्तुष्टि व्यक्त गरे ।     

पुँजीगत खर्च कम र वित्तीय खर्च धेरै भइरहेको अवस्थालाई सुधार ल्याउन आग्रह गर्दै सांसद भट्टराईले बजेट निर्माणका लागि ‘प्रोजेक्ट बैंक’लाई पालना नगरी ‘पकेट बैंक’लाई आधार बनाइएको टिप्पणी गर्दै सानातिना रकम आफ्नो निर्वाचन क्षेत्रमा लगेर चुनाव जितिन्छ भन्ने भ्रम  त्याग्न आग्रह गरे । भन्सारमा अग्रिम कर लिने विषय राज्यको आम्दानी वृद्धि हुने हिसाबले ठिकै भए पनि यसले उपभोक्तालाई मारमा पार्ने उल्लेख गर्दै उनले बजेट निर्माणमा बहुपक्षीय र बहुआयामिक छलफल नभएकामा सरकारको ध्यानाकर्षण गराए ।
     
सांसद भट्टराईले ऊर्जा क्षेत्रलाई नेपालको समृद्धिको आधार बनाइएका सन्दर्भमा भारत र बङ्गलादेशलाई बिजुली बेच्ने तयारी हुनु सकारात्मक भएकाले लगानीका हिसाबले सहज हुने तमोर जलाशययुक्त आयोजनालाई अघि बढाउन सरकारसँग आग्रह गरे । उक्त आयोजना ताप्लेजुङ, पाँचथर र धनकुटा जिल्लामा पर्छ ।
 


Advertisment

Advertisment
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x