×

सहकारी छानबिन समितिले मंगलबारदेखि औपचारिक काम थाल्ने

काठमाडाैं | असार २, २०८१

सहकारी ठगीको छानबिन गर्न बनेको विशेष समितिले मंगलबारदेखि औपचारिक काम थाल्ने भएको छ ।  

‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’को आइतबार बसेको बैठकले कार्यविधि र कार्यादेश टुंग्याएर मंगलबारदेखि औपचारिक रुपमा काम अगाडि बढाउने निर्णय गरेको जानकारी समिति सदस्य ईश्वरी न्यौपानेले दिइन् । 


Advertisment

‘आज हामी छानबिन समिति, यसअघि बनेको कार्यदलका सदस्य र प्रमुख सचेतकहरूसँग छलफलमा जुट्यौं,’ न्यौपानेले लोकान्तरसँग भनिन्, ‘अब सहकारीमा भएको रकम अपचलनको छानबिनको लागि मंगलबारबाट मन्त्रालय, सहकारी विभाग, प्रदेशका कार्यालय, स्थानीय तहसहितका सरोकारवाला पक्षसँग छलफल गर्छौ ।’


Advertisment

मंगलबार बस्ने औपचारिक बैठकले कार्यविधि र कार्ययोजना पनि सार्वजनिक गर्ने उनले जानकारी दिइन् । 

‘हामीले छानबिन गर्ने मुख्य २९ वटा सहकारीको विवरण मगाउन सचिवालयलाई निर्देशन दिइसकेका छौं । अब मंगलबार कार्यविधि र कार्ययोजना पनि सार्वजनिक गर्छौ,’ उनले भनिन्, ‘हामीलाई अनुसन्धान गर्न दिइएको ४ बुँदे टीओआरभित्रै रहेर छानबिन गर्छौ ।’

चारवटा बुँदामा समग्रतामा एकैपटक छानबिन गर्दै जाने न्यौपानेले बताइन् । 

सात सदस्यीय समितिलको पहिलो बैठक २३ जेठमा बसेको थियो । यही मितिबाट समितिको तीन महिने अवधि शुरू भएको छ । समितिले तोकिएकै समयमा सहकारीको रकम अपचलनको छानबिन गरी प्रतिवेदन बुझाउने दाबी गरेको छ । 

समितिलाई उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको गोर्खा मिडियामा सुप्रिम, सूर्यदर्शन, स्वर्णलक्ष्मीसहितका सहकारीबाट आएको गैरकानूनी करोडौं रुपैयाँको छानबिनको विषय चुनौतीपूर्ण देखिएको छ । 

यसअघि समितिका दुईवटा बैठक बसेका थिए ।


 

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x