×

कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार पक्राउ

काठमाडाैं | असार २, २०८१

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बचकर्ताको रकम अपचलन गरेको अभियोगमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तनहुँ व्यास नगरपालिका-११ का ४३ वर्षीय तेजविक्रम थापासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सहकारीकी व्यवस्थापक ललितुर महानगरपालिका-१८ घर भई हाल गोकर्णेश्वर नगरपालिका-७ बस्ने ४४ वर्षीया सजना राजकर्णिकार, सदस्यहरुकिर्तिपुर नगरपालिका-८ बस्ने ५३ वर्षीय भीमसेन महर्जन तथा काठमाडौँ महानगरपालिका-६ चाबहिल बस्ने ४७ वर्षीय सञ्जय सापकोटा रहेका उपत्यका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । 


Advertisment

उक्त सहकारी ललितपुर महानगरपालिका-५ कुमारीपार्टीमा खोलिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अध्यक्ष थापा बिसं २०५६ सालदेखि उक्त सहकारी संस्थाको चिफ एकाउन्टेन्ट र संस्थापक सदस्य रहेको प्रहरीको भनाइ छ ।


Advertisment

थापा अस्पताल, टेलिभिजनलगायत अन्य विभिन्न व्यवसायिक कम्पनीमा समेत अध्यक्ष भइसकेको तथा बैंकिङ कसुरका पाँच वटा मुद्दामा समेत कसुर ठहर भई फरारको सूचीमा रहेको अनुसन्धानबाट खुलेको प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए । 

उनले भने, “पाँच सय ६६ जना बचतकर्ताको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो, रु दुई अर्ब ८० करोड निक्षेप रहेको यस सहकारीमा रु ९४ करोड २३ लाख ४२ हजार ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।”

प्रहरीले उनीहरुको साथबाट मोबाइल छ थान, पेनड्राइभ तीन थान, केही चेक तीन थान, बा २५ च ४२९६ नम्बरको इको भ्यान गाडी एक, यती टेक्निकको छाप र गोर्खा टीभीको परिचयपत्रलगायतका सामान बरामद गरिएको जनाएको छ ।
    
बचतकर्ताबाट आकर्षक ब्याज दिने भन्दै पैसा असुलेर नफर्काएपछि उनीहरुले दिएको उजुरीका आधारमा सहकारी विभागको पत्रको आधारमा उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको जनाइएको छ । 

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x