×

प्रतिनिधिसभा बैठक

लोकान्तरको समाचार उद्धृत गर्दै सांसद सिंहले मागे प्रधानमन्त्री प्रचण्डको जवाफ [भिडियोसहित]

काठमाडाैं | असार ४, २०८१

फाइल फोटो

बजेट विनियोजनमा चरम विभेद गरिएको भन्दै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले संसदमा प्रधानमन्त्रीको जवाफ मागेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद सिंहले लोकान्तर डट्कमले सोमबार प्रकाशित गरेको समाचार उद्धृत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ मागेका हुन् ।


Advertisment

‘लोकान्तरमा बजेटबारे हिजो एउटा समाचार प्रकाशित भएको छ । लोकान्तरको न्युजको हेडिङ छ– बजेट वितरणमा चरम असमानता, चार सुपर जिल्ला र मन्त्रीको जिल्लामा बाढी, अन्यत्र खडेरी,’ सिंहले संसदमा भने, ‘प्रधानमन्त्रीले बजेटमार्फत म्यासेज के दिन खोज्नुभएको छ ? तपाईंको पुर्खाले आर्जेको सम्पत्ति हो ? या मन्त्रीले आर्जेको सम्पत्ति हो नेपाल सरकारको बजेट ?’


Advertisment

बजेटमा गरिएको विभेदबारे मन्त्रीले जवाफ दिन नसक्ने भन्दै उनले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने बताए ।

​लोकान्तर डट्कमले बजेटमा वितरणमा गरिएको चरम विभेदबारे विश्लेषणात्मक समाचार सोमबार प्रकाशित गरेको थियो ।

भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको जिल्लामा ८ अर्ब ७७ करोड ४ लाख भौतिक योजनाको बजेट गएको विषय पनि उनले उल्लेख गरे ।

‘मन्त्री र प्रधानमन्त्रीको जिल्लामा मात्र बजेट लैजाने हो भने अर्को वर्षदेखि संसद्मा बजेट नपढियोस्,’ उनले भने ।  

पढ्नुहोस्, सम्बन्धित समाचार :

'४ सुपर जिल्ला' र मन्त्रीको जिल्लामा बजेटको बाढी, अन्यत्र खडेरी ! [विशेष रिपोर्ट]
 

हेर्नुहोस्, भिडियो :

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x