×

'अभियन्ता हौं' भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ​

काठमाडाैं | असार ४, २०८१

आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका- ६ बस्ने ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर- ८ बस्ने २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर नगरपालिका- १ बस्ने २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर- २ बस्ने ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन् ।


Advertisment

उनीहरूलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिकाबाट सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए ।


Advertisment

एसपी अधिकारीका अनुसार उनीहरूले गोकर्णेश्वर नगरपालिका भित्र गैरकानूनी रूपमा 'बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०' नामक संस्था स्थापना गरेर विभिन्न वडामा समेत शाखा विस्तार गरेका थिए । 

त्यही संस्थाको आडमा उनीहरूले विभिन्न सरकारी कार्यालय, स्थानीय तह, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, विभिन्न टोल सुधार एवं उपभोक्ता समितिमा गएर आफूहरू भ्रष्टाचारविरोधी अभियन्ता हौं भन्दै धम्क्याउने गरेका थिए ।​

'तिमीहरूको विरुद्धमा भ्रष्टाचार गरेको, कर छली गरेको, आर्थिक अनियमितता गरेको भन्ने उजुरी हामी कहाँ परेको छ, त्यस विषयमा छानबिन गर्न आएका हौं, हामीलाई सबै हिसाबकिताब देखाऊ भन्दै असम्बन्धित सूचना माग्ने, पदाधिकारी तथा कर्मचारीहरूलाई धम्क्याउने, मुद्दा हालिदिन्छु भन्ने गरेको पाइयो,' एसपी अधिकारीले भने ।

उनीहरूले भिडियो बनाई रकमसमेत असुली गरेको तथा पुष्टि नै नभएका कुराहरूलाई सामाजिक सञ्जालमा राखेर चरित्र हत्या गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

त्यसपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको एसपी अधिकारीले जानकारी दिए ।

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x