×

गृहमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न

‘फाइल खोल्छु भनेर कसलाई धम्क्याएको हो, तागत छ- गिरीबन्धु र क्यान्टोनमेन्टको फाइल खोल्ने ?’

काठमाडाैं | असार ४, २०८१

नेपाली कांग्रेसका सांसद हृदयराम थानीले गिरीबन्धु टी स्टेट र माओवादी लडाकूको नाममा क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फाइल खोल्न चुनौती दिएका छन् ।

विनियोजन विधेयक अन्तर्गत गृहमन्त्रालयको बजेटमा खर्च कटौती प्रस्ताव पेश गर्दै कांग्रेस सांसद थानीले फाइल खोल्छु भनेर कांग्रेसलाई नधम्क्याउन चुनौती दिएका हुन् । 


Advertisment

‘भ्रष्टाचारका फाइल खोल्न सिंहको जस्तो मुटु हुनुपर्छ भनेका गृहमन्त्रीजी तीन वटा फाइल कुन हो भन्नु पर्छ । तपाईं सक्नु हुन्छ भन्न ? किन ढिलो गर्नुभएको छ खोल्न ?,’ उनले प्रश्न गरे, ‘तपाईं कसलाई धम्क्याइरहनु भएको छ ? कांग्रेसलाई होला भन्ने बुझ्न सक्छु । गिरीबन्धुको छानबिन गर्न सिंहको जस्तो मुटु छ ? क्यान्टोनमेन्टको घोटाला छानबिन गर्न सक्नु हुन्छ ?’


Advertisment

सांसद थानीले सहकारी ठगीमा मुछिएका लामिछानेका पूर्व पार्टनर जीबी राईलाई पक्राउ नगर्नुको कारण मागे । ‘चैत्र १० गते जीबी आकास होस् या पाताल बाट ल्याउँछु भनेको होइन ? ५० दिनपछि जीबीलाई अघिल्लो सरकारले भगाएको भन्नुभयो । ५० दिनपछि किन भाषा फेर्नु भएको छ ?,’ उनले प्रश्न गरे ।

विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्कमा लगानी गरेका रविका पूर्व पार्टनर जीबी अहिले फरार रहेका छन् ।

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x