×

गृहमन्त्रीको कार्यशैलीको विरोध

​गृहमन्त्रीबाट प्रहरी प्रमुखमाथि वक्रदृष्टि राख्ने र चेन अफ कमान्ड तोड्न खोजियो– कांग्रेस

काठमाडाैं | असार ४, २०८१

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीबाट प्रहरी प्रमुखमाथि वक्रदृष्टि राख्ने सुरक्षा कमान्डमा ‘चेन अफ कमान्ड’ तोड्ने काम भएको आरोप लगाएको छ । सीडीओ र प्रहरीमा सरुवा आतंक मच्चाइएको कांग्रेसको आरोप छ ।

विनियोजन विधेयक अन्तर्गत गृहमन्त्रालयको बजेटमाथि मंगलवार प्रतिनिधि सभामा भएको छलफलमा कांग्रेस सांसद अर्जुननरसिंह केसीले नियमावलीविपरीत प्रहरीमा सरुवा आतंक भइरहेको बताएका हुन् ।


Advertisment

‘सरकारले सय दिन कटाइसकेको छ । सय दिनको अवधिमा १७ पटक प्रहरीको सरुवा भएको छ । ३४ सय प्रहरी र ६६ जना सीडीओ परिवर्तन भए,’ केसीले भने, ‘प्रहरी नियमावलीमा एक वर्षसम्म विशेष परिस्थिति र कामका खोट देखिएमात्र सरुवा गर्ने प्रावधान छ । प्रहरीभित्र चेन अफ कमान्ड र प्रशासनलाई लाचार छाया बनाउने काम गरिएको छ ।’


Advertisment

कांग्रेस नेता केसीले गृहमन्त्रीले प्रहरी प्रमुखमाथि वक्रदृष्टि राखेको आरोप लगाए । ‘सुरक्षा कमान्डमा चेनअफ कमान्ड ब्रेक गर्ने र प्रमुख माथि वक्रदृष्टि राख्ने कुराले प्रशासन चल्दैन’ उनले भने । गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रमुख वसन्त कुँवरलाई हटाउन चलखेल गरिरहेको समाचार प्रकाशमा आएको थियो । 

सोही कुरातर्फ संकेत गर्दै केसीले प्रहरी महानिरीक्षकमाथि वक्रदृष्टि लगाइएको बताएका हुन् ।

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x