×

शहरी मन्त्रालयको बजेटमा रमिता

उपराष्ट्रपति कार्यालय भवन बनाउन १ लाख बजेट, नयाँ शहरको विकास पनि त्यतिमै गर्ने

काठमाडाैं | असार ४, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रतिबद्धताविपरीत मन्त्रालयहरूको वार्षिक विकास कार्यक्रममा १ लाख बजेट भएका आयोजनाको बाढी नै लागेको पाइएको छ ।

गत वर्ष फागुनको १९ गते प्रधानमन्त्रीले ३ करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


Advertisment

लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीयताविरोधी तत्वहरूले बजेट नियन्त्रणमा राखेर प्रदेश र स्थानीय तहलाई उपेक्षा गरेको आरोप समेत लगाएका थिए ।


Advertisment

'आर्थिक अधिकार प्रदेशलाई दिनै नचाहने, कथंकदाचित केही अधिकार दिइहाले पनि सशर्त अनुदानका नाममा केन्द्रबाटै योजना र बजेट तोकेर पठाउने प्रचलन विगतमा विद्यमान थियो,' उनले भनेका थिए, 'यसपटक त्यस्तो सोच र परम्परा तोड्ने संकल्प गरिएको छ । अब ३ करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिनेछ ।’

३ करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहलाई दिने, संघले त्यसभन्दा माथिको आयोजनामा मात्र बजेट छुट्याउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धतालाई यो बजेटले हावा खुवाएको देखिन्छ ।

लोकान्तर टीमले गरेको अध्ययनमा शहरी विकास मन्त्रालयले १ लाखका आयोजनाका लागि नै १ सयभन्दा बढी ठाउँमा रकम विनियोजन गरेको भेटिएको छ ।

रोचक कुरा त के भने संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत उपराष्ट्रपति कार्यालय भवन निर्माणका लागि शहरी विकास मन्त्रालयले जम्मा १ लाख छुट्याएको छ ।

मन्त्रालय अन्तर्गतको विकास कार्यक्रममा चार खालमा भवन परिसरभित्र एकीकृत सरकारी कार्यालय भवन निर्माण गर्न अर्को १ लाख छुट्याइएको छ । अनि राष्ट्रपति भवन शीतलनिवास परिसरमा गुरुयोजना बमोजिमको निर्माण गर्न पनि एकलाख नै छुट्याइएको छ ।

अन्तिम कोलुम रकम (लाखमा)

शहरीले सुरक्षित नागरिक आवास कार्यक्रमका लागि सुनसरीको इनरुवा नगरपालिकालाई १२९ वटा भवन बनाउन १ लाख नै बजेट छुट्ट्याएको छ ।

त्यस्तै किसिमको अर्को कार्यक्रमका लागि पनि इनरुवा नगरपालिकाले अर्को १ लाख पाउने भएको छ । 

सुरक्षित नागरिक आवास कार्यक्रमकै लागि ताप्लेजुङका २ आयोजनामा क्रमश: २ लाख र १ लाख छुट्याइएको छ भने सोही कार्यक्रमका लागि झापामा २ लाख छुट्याइएको छ ।

काठमाडौं जिल्लाका लागि फोहोरमैला व्यवस्थापनसम्बन्धी नमूना मापदण्ड तर्जुमा गर्ने अघिल्लो आर्थिक वर्षको कार्यक्रमको छुट कार्यक्रमलाई जम्मा १ लाख दिइएको छ ।

अछाम जिल्लामा एमओयूका आधारमा आवास प्रबलीकरण प्रविधि तयार गर्न जम्मा २ लाख छुट्याइएको छ ।

नुवाकोटमा सडक स्तरोन्नतिका नाममा २ ठाउँमा १/१ लाख बजेट दिइएको छ ।

पाँचथरको फिदिमलाई बाटो, अन्य भौतिक संरचनासहितको खेलमैदान बनाउन जम्मा १ लाख छुट्याइएको छ ।

त्यस्तै, पाँचथरको फिदिममा नयाँ शहरमा जग्गा एकीकरण आयोजनामा सहजीकरण गर्न १ लाख, पाँचथरमै अघिल्लो आवको छुट कार्यक्रमका लागि अर्को १ लाख दिनेगरी बजेट विनियोजन भएको छ ।

अन्तिम कोलुम रकम (लाखमा)

तेह्रथुममा वसन्तपुर नयाँ सहर आयोजनाका लागि १ लाख, रुकुमपश्चिमको चौरजहारी घारीगाउँको जग्गा एकीकरण आयोजनामा १ लाख, दैलेखमा मनोरञ्जन पार्क बनाउन पनि १ लाख नै छुट्याइएको छ ।

त्यस्तै, दैलेखमा जग्गा एकीकरण आयोजना र शहरी पूर्वाधारका लागि १ लाखको अर्को आयोजना छुट्याइएको छ ।

धादिङको बैरेनी–गल्छी–मासटारमा शहरी पूर्वाधारका लागि पनि १ लाख छुट्याइएको छ भने चौरजहारी र जिल्ला नखुलेको अर्को आयोजनामा ल्यान्डपुलिङका लागि १/१ लाख छुट्याइएको छ ।

स्याङ्जाको वालिङ, दाङको तुलसीपुर, अमरगढी, सुर्खेतको भेरीगंगा, अछामको साँफेबगरमा शहरी पूर्वाधार र स्मार्ट सिटी बनाउन दिइएको १/१ लाखको बजेट पनि हास्यास्पद छ ।

नयाँ शहर विकाससँगै परामर्शदाता नियुक्तिका लागि पनि विभिन्न जिल्लाहरूमा १/१ लाखको बजेट छुट्याइएको छ ।

त्यस्तै काभ्रे भ्यालीमा खानेपानी प्रणाली निर्माण, सुधार र विस्तार गर्न शहरी विकास मन्त्रालयले अर्को १ लाख छुट्याएको छ । 

कार्यालयको खरिद कार्यहरूमा आवश्यकताअनुसार क्लेम, अर्बिट्रेसनलगायतका काम गर्न कानूनी विज्ञ सेवा लिनका लागि धेरै जिल्लाहरूमा १/१ लाखको बजेट छुट्याइएको छ ।

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x