×

गण्डकी प्रदेशस्तरीय क्रिकेट : नवलपुरको दोस्रो जित

कास्की | असार ४, २०८१

पोखरा रङ्गशालामा जारी गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नवलपुर विजयी भएको छ । नवलपुरले गोरखालाई एक सय २५ रनले पराजित गरेको हो ।

नवलपुरले लगातार दुवै खेल जित्दै कुल चार अङ्कका साथ समूहमा पहिलो स्थान बनाएको छ । नवलपुरले सोमबार पर्वतमाथि जित हासिल गरेको थियो । स्याङजा एक जित र एक खेलमा बराबरी गरी तीन अङ्कका साथ दोस्रो स्थानमा छ । अङ्क तालिकामा पर्वतले एक अङ्क जोडेको छ भने गोरखा अङ्कविहीन छ । आजको पहिलो खेल भारी वर्षाका कारण रद्द भएसँगै बलियो मानिएको स्याङजाले पर्वतसँग अङ्क बाड्न बाध्य भयो ।


Advertisment

नवलपुरले गोरखासँगको खेलमा टस जितेर ब्याटिङ सुरुवात गरेकामा निर्धारित ओभरमा छ विकेट गुमाउँदै एक सय ७८ रन बनायो । जसमा ओपनर प्रमिश अर्यालले ६० बलमा १० चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाए । सुदीप अर्यालले १५ बलमा तीन छक्का प्रहार गर्दै २७ रनको व्यक्तिगत योगदान दिए । यसै गरी रिजन काफ्लेले १४ बलमा २१ रन, दीपक डुम्रेले १० र कमल परियारले १२ रन बनाए ।


Advertisment

गोरखाका बलर मेहुल श्रेष्ठले चार ओभरमा ५३ रन दिएर तीन विकेट लिए ।  प्रशिद्ध बज्रचार्यले दुई विकेट हात पार्दा सुनिल गुरुङले एक विकेट लिए । जितका लागि एक सय ७९ रनको लक्ष्यसहित मैदानमा उत्रिएको गोरखाले भने १५ ओभरको तेस्रो बलमा सबै विकेट गुमाउँदै ५३ रन मात्र जोड्न सक्यो । गोरखाका लागि मेहुल श्रेष्ठले सर्वाधिक १२ रनको योगदान दिए भने गौरव पौडेलले ११ र पङ्कज पाण्डेले १० रन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन लिन सकेनन् ।

गोरखालाई सस्तैमा समेट्न पवन सापकोटा र कमल परियारले तीन÷तीन विकेट लिए । स्वीकार श्रेष्ठले दुई र सुदीप अर्यालले एक विकेट हात पारे । खेलमा प्रमिश अर्याल ‘खेलको प्लेयर अफ दि म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत बुधबारको खेलले फाइनल पुग्ने टोलीको टुङ्गो लाग्ने छ । समूह ‘बी’ को पहिलो खेलमा नवलपुर र स्याङ्जाले फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछन् भने पर्वत र गोरखा प्रतिष्ठाको लागि भिड्नेछन् । घरेलु टोली कास्की समूह ‘ए’ को विजेता बन्दै फाइनलमा पुगिसकेको छ ।

प्रदेश खेलकुुद परिषद्को आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा यही जेठ ३२ गतेदेखी प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताबाट आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टोली छनोट गरिने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । 

प्रतियोगितामा विजेता टिमले नगद पुरस्कार रु एक लाख र उपविजेता टिमलाई नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा आठ जिल्लाको सहभागिता रहेको छ । 

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x