×

भ्रष्टाचार विरोधी अभियन्ताको नाममा ठगी, चार पक्राउ

काठमाडाैं | असार ४, २०८१

 भ्रष्टाचार विरोधी अभियन्ता हौँ भन्दै ठगी गरेको आरोपमा प्रहरी वृत्त बौद्धले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

प्रहरीले पक्राउ गरेकामा काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ बस्ने ३१ वर्षीय राजु सुनार, वडा नं.८ बस्ने २६ वर्षीय आदर्श क्षत्री, वडा नं. १ बस्ने २० वर्षीया अस्मिता खत्री तथा वडा नं.२ बस्ने ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।


Advertisment

उनले भने, “पक्राउ परेकाले आफूहरु भ्रष्टाचार विरोधी अभियन्ता हुँ भन्दै गोकर्णेश्वर नगरपालिकाभित्र गैरकानुनी रुपमा ‘बेथिति एवं भ्रष्टाचार विरुद्धको अभियान २०८०’ नामक संस्था स्थापना गरी ठगी गरेको आरोप छ ।”


Advertisment

निजहरुले विभिन्न वडाहरुमा त्यसका शाखा विस्तार गरी बिभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, टोल सुधार एवं उपभोक्ता समितिमा गएर तपाईँहरुले आर्थिक अनियमितता गरेको भन्ने उजुरी हामी कहाँ परेको छ, त्यस विषयमा छानबिन गर्न आएका हौँ भन्दै असम्बन्धित सूचना माग्ने गरेको प्रहरीले जनाएको छ ।

पदाधिकारी तथा कर्मचारीलाई धम्काउने, मुद्दा हालदिन्छु भनि आतङक सृजना गरी भिडियो बनाइ अनाधिकृत तवरले रकम असुली गरी ठगी गर्ने तथा पुष्टि नभएका कुराहरुलाई सामाजिक सञ्जालमा राखी चरित्र हत्या गर्ने जस्ता कार्यहरु गरेको आरोपमा उनीहरु विरुद्ध प्रहरी वृत्त बौद्धमा जाहेरी परेको प्रवक्ता अधिकारीको भनाइ छ । पक्राउ परेकाहरु माथी प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता अधिकारीले बताए । 

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x