×

जवान आत्महत्या प्रकरण

‘इन्गेजमेन्ट’ गरेकी युवती दुबईमा सम्पर्कविहीन भएपछि प्रहरी जवानले आफैंलाई हाने गोली !

काठमाडाैं | असार ५, २०८१

काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा गोली लागेर मृत भेटिएका प्रहरी जवान अजित गोलेले एक युवतीका कारण आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । 

प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीको कपनस्थित केन्द्रीय विशेष कार्यदलमा दरबन्दी भई संघीय संसद् सुरक्षा वेशमा कार्यरत गोलेको एक युवतीसँग पाँच महिनाअघि इन्गेजमेन्ट भएको थियो । 


Advertisment

पारिवारिक सहमतिमै विवाह गर्ने योजनाअनुसार युवतीसँग इन्गेजमेन्ट गरेका गोलेले ती युवतीलाई दुबईमा काम गर्न पठाएका थिए । 


Advertisment

डेढ लाख बढी खर्च गरेर युवतीलाई विदेश पठाएपछि ती युवती गोलेसँग सम्पर्कविहीन भएकी थिइन् । त्यसपछि तनाब रहेका उनले आत्महत्या गरेको प्रहरी स्रोतको दाबी छ ।  ‘पैसा खर्च गरेर युवतीलाई दुबई पठायो, लामो समय युवती सम्पर्कमा नआएपछि तनाब भएर गोलेले आत्महत्या रोजेको देखिन्छ,’ प्रहरी स्रोतले लोकान्तरसँग भन्यो ।  

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले पनि गोलेले पारिवारिक समस्याकै कारण आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए । ‘केही कुरा आएका छन्, हामी अनुसन्धान गर्दैछौं,' उनले भने । 

संसद् भवनको पश्चिमपट्टिको २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका प्रहरी जवान गोले बुधबार बिहान ८ बजे मृत भेटिएका थिए । गोले संसद् भवनको बाँयापट्टि रहेको शौचालयमा मृत भेटिएका हुन् । उनले आफैंले बोकेको राईफलले निधारमा फायर गरेको देखिएको एसपी अधिकारीले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीको भनाइ छ ।


 

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

जेठ १०, २०८१

मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जेठ १३, २०८१

जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् ।  एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाक...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x