×

अध्यक्ष छान्न सकस

सेबोन अध्यक्षको प्रस्तुतीकरणमा फेरि संगठित अनुपस्थिति, मन्त्रीकै भूमिकामा प्रश्न

काठमाडाैं | असार ५, २०८१

धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रियाअन्तर्गत गत असार २ गते प्रस्तुतीकरणका लागि 'संगठित'रूपमा अनुपस्थित भएका ३ जना बुधवार पनि अनुपस्थित भएका छन् ।

हाल नेप्सेको प्रमुख कार्यकारी अधिकृत रहेका कृष्णबहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज श्रेष्ठ र बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईं 'संगठित'रूपमै दोस्रोपटक पनि अनुपस्थित भएका हुन् ।


Advertisment

सेबोन अध्यक्ष छनोटको सिफारिशका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित ३ सदस्यीय समितिले ५ मध्ये उपस्थित २ जना (सेबोनका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र अर्का आवेदक सन्तोषनारायण श्रेष्ठ)को प्रस्तुतीकरण हेरेको छ ।


Advertisment

असार २ गतेको प्रस्तुतीकरणका लागि उपस्थित नभएका कृष्णबहादुर कार्कीले आफू उपत्यकाबाहिर भएकाले उपस्थित हुन नपाएको र बुधबार उपस्थित हुने लोकान्तरसँग बताएका थिए ।

'यो संयोग मात्र हो,' उनले लोकान्तरसँग भनेका थिए, 'म काजले बाहिर गएको थिएँ । प्रस्तुतीकरणका लागि दोस्रोपटक बुधवार तोकिएको छ । बुधवार म जान्छु र आफ्नो प्रस्तुति दिन्छु ।'

तर, कार्कीसहितका आवेदक बुधवार पनि अनुपस्थित भए । अर्थमन्त्रालय स्रोतले 'कर्पोरेट स्वार्थ' बाझिएकाले समग्र प्रक्रिया नै असफल बनाउन संगठित अनुपस्थिति भएको हुन सक्ने बतायो ।

यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र अर्थमन्त्री वर्षमान पुनको नै स्वार्थ बाझिएको स्रोतको दाबी छ । 'अर्थमन्त्रीज्यू र प्रधानमन्त्रीज्यूकै स्वार्थ बाझिएकोजस्तो देखिन्छ । प्रधानमन्त्रीले चाहेको आवेदक छानिन सक्ने भएपछि मन्त्रीज्यू नै समग्र प्रक्रियालाई असफल पार्न लाग्नुभएको हो कि ?' मन्त्रालय स्रोतले लोकान्तरसँग भन्यो ।

महान्यायाधिवक्ता कार्यालयसँग छलफल गरेर प्रस्तुतीकरणमा अनुपस्थित स्वतः अयोग्य हुने गरी उपस्थितमध्येबाट मात्र नाम सिफारिस गराउने मनस्थिति प्रधानमन्त्री रहेको स्रोतको दाबी छ ।

ऐनमा समितिले योग्यता पुगेका तीनजनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । ऐनको उक्त प्रावधानका कारण ५ महिनादेखि खाली रहेको सेबोन अध्यक्ष नियुक्तिमा जटिलता उत्पन्न भएको हो ।

अध्यक्षको नाम सिफारिस गर्दा समिति आफैंले कार्यविधि बनाउन सक्ने व्यवस्था छ ।

'अब त्यो कार्यविधि परिवर्तन गरेर भएपनि अहिले अध्यक्ष छनोटमा देखिएको जटिलता हल गर्नेतिर पनि छलफल गरिरहेका छौं,' मन्त्रालय स्रोतले भन्यो ।

अध्यक्ष छनोटको प्रक्रियालाई लिएर प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि पटक-पटक छलफल भइसकेको छ ।

दुवै शीर्ष नेताले अर्थमन्त्री वर्षमान पुनलाई बोलाएर 'ब्रिफिङ' समेत लिइसकेको स्रोतको दाबी छ ।

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x