×

भ्यूटावर फोहोर गर्ने र युवाले लागुपदार्थ खाने थलो बने : सुवाल

काठमाडाैं | असार ५, २०८१

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले देशका विभिन्न ठाउँमा बनाएका भ्यूटावर फोहोर गर्ने र युवाले लागुपदार्थ खाने ठाउँ बनेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै सुवालले युवाहरू के गर्दैछन् भनेर सम्बन्धित मन्त्रालयले हेर्नुपर्ने बताएका हुन् । 


Advertisment

‘सरकारले देशका केही ठाउँमा भ्यूटावर बनायो । त्यहाँ फोहोरमैला फालिएको छ । युवा लागुपदार्थ खाएर बस्ने ठाउँ भएको छ । यस्तोमा युवा तथा खेलकुद मन्त्रालय के हेरेर बसको छ ? युवाहरू त्यहाँ किन जान्छन् भनेर ध्यान जानुपर्छ,’ उनले भने ।


Advertisment

मन्त्री र मन्त्रालय भए पनि त्यसअनुरूप युवा लक्षित कार्यक्रम ल्याउन नसकेको सुवालले बताए ।

‘मन्त्री र मन्त्रालय छन् । काम छैन । भोलिको युवा आजको बालबालिका हो । युवा भइसक्दा बिग्रिसकेको हुन्छ । १८ वर्ष पुगेपछि मात्रै मेरो जिम्मा भनेर हुँदैन । त्यति बेलासम्म कुलतमा फसिसकेको हुन्छ,’ उनले भने ।

सुवालले मन्त्रीले आफूखुसी बजेट बाँडेकोमा पनि आपत्ति जनाए ।

‘नेपालीमा उखान छ दिउँसै लुट्नेलाई डकैत भनिन्छ । विदेशीसँग लिएको ऋण र अनुदानबाट मन्त्रीले आफ्नो जिल्लामा मात्रै बजेट लानुलाई के भन्ने ? १५ अर्ब रे । आफू मन्त्री भएकोमा ८ अर्ब र आफूलाई मन्त्री बनाउनेलाई ७ अर्ब रे,’ सुवालले भने, ‘यो पनि हुन्छ ? सामान्य जनताले लुट्यो भने डकैत भनेर थुन्ने मन्त्रीले यस्तो काम गर्‍यो भने के भन्ने ? त्यसकारण यस्तो बजेट पास गर्नुहुँदैन ।’

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x