×

कुमार पौडेल हत्याको यथाशीघ्र अनुसन्धान गर्न माग

काठमाडाैं | असार ५, २०८१

वकालत मञ्च नेपालले सर्लाहीका कुमार पौडेलको हत्यामा संलग्न व्यक्तिमाथि कारबाही र पीडित परिवारलाई न्याय दिलाउन माग गरेको छ ।

मञ्चका निर्देशक विकास बस्नेतले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनाको शीघ्र अनुसन्धान र दोषीमाथि कारबाहीको माग गरेका हुन् ।


Advertisment

‘सर्लाही जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका इन्चार्ज कुमार पौडेललाई नेपाल प्रहरीका अधिकृतहरूले नियन्त्रणमा लिएर गैरन्यायिक हत्या गरेको ५ वर्ष बितिसकेको छ । २०७६ असार ५ गते लालबन्दी नगरपालिकास्थित लखनदेहीको जंगलमा उनको हत्या गरिएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘पौडेलको हत्यामा शीघ्र तथा स्वतन्त्र अनुसन्धान गर्न, घटनामा जिम्मेवार रहेका व्यक्तिमाथि अभियोजन गर्न तथा पीडित र उनको परिवारलाई न्याय दिलाउन सरकारसमक्ष आग्रह गर्दछौं ।’


Advertisment

पौडेलको हत्या गैरन्यायिक भएको दाबी उक्त विज्ञप्तिमा गरिएको छ ।

‘एड्भोकेसी फोरम नेपाल र राष्ट्रिय मानवअधिकार आयोगले गरेको स्थलगत भ्रमणका आधारमा तयार पारिएका प्रतिवेदनहरूले पौडेललाई गैरन्यायिक हत्या गरिएको निष्कर्ष निकालेका थिए । आयोगले उक्त हत्यामा संलग्न प्रहरी अधिकृतहरूलाई तत्काल निलम्बन गर्न सिफारिस गरेको थियो र उनीहरूका विरुद्ध फौजदारी अभियोजनको सिफारिस पनि गरेको थियो । आयोगका सिफारिसहरू तत्काल कार्यान्वयन गर्नका लागि आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

सर्वोच्चको आदेशपछि घटनाका सम्बन्धमा जाहेरी दर्ता भए पनि प्रहरीले घटनामा संलग्न रहेको भनिएका कसैलाई पनि सोधपुछका लागि बोलाएको छैन । जाहेरीमा नाम किटिएका व्यक्तिविरुद्ध पक्राउपुर्जी समेत जारी नभएको विज्ञप्तिमा उल्लेख छ ।

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x