×

एमाले नेतालाई हरि ढकालको प्रश्न : भ्यूटावरको खरबौं रुपैयाँले कति वटा स्टेडियम बन्थे होलान् ?

काठमाडाैं | असार ५, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भ्यूटावरका नाममा एमालेका नेताले देशैभर खरबौं रुपैयाँ खर्चिएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बुधबार युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै ढकालले स्टेडियममा खर्च गर्नुपर्ने खरबौं रुपैयाँ किन स्टेडियममा नहालेको भन्दै प्रश्न उठाएका हुन् ।


Advertisment

‘हामी खेलकुद क्षेत्रको बजेट बहसमा छौं । विश्वमा हंगेरीले सबैभन्दा बढी बजेटको ५ प्रतिशत खेल क्षेत्रमा लगाउँदो रहेछ । तर हाम्रोमा ०.१९ प्रतिशत मात्रै बजेट खेलकुदले पाएको छ,’ उनले भने । 


Advertisment

बजेटमा पैसा किन कम भनेर एमालेका नेतालाई प्रश्न गर्नुपर्ने उनले बताए । 

‘युवा र खेलाडीलाई त पैसा हुँदै हुँदैन । एमालेका सांसदहरूलाई सुन्न आग्रह गर्छु । स्टेडियम बनाउने पैसा हुँदैन भन्नुहुन्छ । अलि पहिला तपाईं देशैभरका भ्यूटावर हेर्नुहोस् त खरबौंको ? असरल्ल छन् ।,’ प्रश्न गर्दै ढकालले भने, ‘यति पैसाले कति वटा स्टेडियम बन्थ्यो होला देशभर ?'

गलत काम गरेपछि एमालेका नेताहरूले यो अवधारणा गलत भएको भन्दै माफी माग्नुपर्ने उनले बताए ।

‘अब सदनमा आएर भ्यूटावरको कन्सेप्ट गलत थियो भनेर बोल्नुपर्छ । किनकी संसद् सत्य देखाउने ठाउँ हो,’ उनले भने ।

खेल मन्त्रालयका कर्मचारीले अनुगमनसहितका कार्यक्रमको नाममा आफूहरूकै पार्टीका मन्त्रीलाई जातेपिङ खेलाइदिएको पनि बताए ।

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x