×

‘खेलाडी एयरपोर्ट पुगे तर विदेशमा खेल्न अर्कै उडे’

काठमाडाैं | असार ५, २०८१

नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले अनावश्यक राजनीतिक हस्तक्षेप हुँदा एयरपोर्ट पुगेका खेलाडी फर्किने र अर्को विदेश उड्ने घटना धेरै भएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बुधबार युवा नेता खेलकुद मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै पटक-पटक मन्त्री भइसकेका बस्नेतले यस्तो बताएका हुन् । 


Advertisment

‘अनावश्यक राजनीतिकरण भएको छ । जसले खेलाडीलाई निरुत्साहित गरेको छ । पहिले-पहिले एयरपोर्टमा पुगिसकेको खेलाडी फर्किने र अर्को मान्छे विदेश जाने घटना धेरै भएको छ,’ बस्नेतले भने, ‘खेलकुद परिषद्‌मै स्वायत्त हुँ भन्ने, खेलकुद मन्त्री निरीह भन्ने संघहरू आफ्नै ठाउँमा उफ्रिने काम भएको छ । यी गडबडीले पनि खेलाडीलाई निरुत्साहित गराएको छ ।’


Advertisment

नेपालले कुन खेलमा नतिजा दिन सक्छ त्यसमा बढी लगानी गर्नुपर्ने उनले बताए । 

‘कुन कुन मेडल जित्न सक्छ त्यो हेर्नुपर्छ  टिमवर्कमा सुधार भएको छ भन्ने क्रिकेटले देखाएको छ । मार्सल आर्ट्समा भारतपछि हामी अगाडि छौं । सरकारले पनि वातावरण दिनुपर्छ’ उनले भने । 

प्राइभेट सेक्टरले सहयोग नगर्ने हो भने नेपालको खेलकुद क्षेत्र अपांग हुने पनि उनले बताए ।

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x