×

पत्नीले नै गरिन् भाषाविद् चोम्स्कीको मृत्युको खबर असत्य भएको पुष्टि !

काठमाडाैं | असार ५, २०८१

न्युयोर्क– नोम चोम्स्कीकी पत्नी भालेरिया वासरम्यान चोम्स्कीले मङ्गलबार आफ्ना पतिको मृत्यु भएको भन्ने समाचार असत्य भएको बताएकी छिन् । 

साओ पाउलोस्थित ‘बेनिफिसेन्सिया पोर्टुगुएसा अस्पताल’ले एक विज्ञप्ति जारी गर्दै चोम्स्कीलाई घरमै उपचार जारी राख्न मङ्गलबार डिस्चार्ज गरिएको जनाएको छ ।


Advertisment

९५ वर्षीय चोम्स्कीलाई ब्राजिलमा मस्तिष्काघातपछि अस्पताल भर्ना गरिएको थियो ।


Advertisment

मङ्गलबार चोम्स्की ‘एक्स’को सूचनाको ट्रेन्डिङमा थिए । किनकि यसअघि सार्वजनिक भएका उनको मृत्युका रिपोर्टहरू गलत सावित भएका थिए । 

ज्याकोबिन र द न्यू स्टेट्सम्यानले चोम्स्कीका लागि मृत्युलेख प्रकाशित गरे तापनि चोम्स्कीले आफ्नो शीर्षक ‘वी रिमेम्बर नोम चोम्स्की’बाट ‘लेट्स सेलिब्रेट नोम चोम्स्की’ मा परिवर्तन गरेका थिए । 

‘द न्यू स्टेट्सम्यान’ले ग्रीसका पूर्वअर्थमन्त्री यानिस भारोफाकिसको निबन्धलाई पूर्णरुपमा हटाएको छ । ब्राजिलियन समाचार साइट डियारियो डो सेन्ट्रो डो मुन्डोले पनि चोम्स्कीको मृत्युको घोषणा गरेको समाचार हटाएर उनको नयाँ समाचार प्रकाशन गरेको छ । 

अस्पतालमा उनको मस्तिस्काघातको उपचार भइरहेको चोम्स्कीकी पत्नी भालेरियाले गत साता इमेलमार्फत् एपीलाई बताएकी थिइन् । 

चोम्स्की दम्पती सन् २०१५ देखि ब्राजिलमा बसोबास गर्दै आएका छन् । अमेरिकी विदेशनीतिको आलोचना गरेका नोम चोम्स्कीले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा दशकौंसम्म प्राध्यापन गरेका थिए । 

सन् २०१७ मा उनी टक्सनस्थित एरिजोना विश्वविद्यालयको कलेज अफ सोसियल एन्ड बिहेभियरल साइन्समा भर्ना भएका थिए ।

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x