×

युरोकपको दुर्लभ तथ्यः प्रशिक्षकभन्दा खेलाडी जेठो

काठमाडाैं | असार ५, २०८१

जर्मनीमा जारी युरोकप फूटबल प्रतियोगिता विभिन्न तथ्यका कारण रोचक बनिरहेको छ । एउटा अर्को तथ्यले थप रोचकता थपेको छ ।

घरेलु टोली जर्मनीका मुख्य प्रशिक्षक जुलियन नाङ्गेल्सम्यान आफ्ना खेलाडीभन्दा कम उमेरको रहेको पाइएको छ । फूटबलमा यो निकै दुर्लभ तथ्य हो ।


Advertisment

नाङ्गेल्सम्यान गोलकिपर म्यानुअल नोयरभन्दा एक वर्ष चार महिना कान्छा रहेका छन् । नोयरको जन्ममिति २७ मार्च १९ १९८६ (सन्) र नाङ्गेल्सम्यानको २३ जुलाई १९८७ रहेको छ । 


Advertisment

३६ वर्षीय नाङ्गेल्सम्यान यसअघि जर्मन क्लब बायर्न म्युनिखको प्रशिक्षक थिए । नोयर नाङ्गेल्सम्यानको कार्यकालअघिदेखि नै बायर्नको कप्तान छन् । उमेरले ३८ वर्ष पार गरेका नोयर जर्मन राष्ट्रिय टोलीका पूर्वकप्तान पनि हुन् ।

आयोजक जर्मनीले बुधवार राति ९ः४५ बजे घरेलु टोली जर्मनीले हंगेरीको सामना गर्दैछ । चिरपरिचित प्रतिद्धन्द्धी हंगेरीलाई हराएर जर्मनी एक खेलअगावै दोस्रो चरणमा पुग्न चाहन्छ । यता हंगेरी भने यो खेलमा जीत निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राख्न चाहन्छ । यसअघि पहिलो खेलमा हंगेरी स्विट्जरल्यान्डसँग पराजित भएको थियो ।

पहिलो खेलमा स्कटल्यान्डलाई सजिलै हराएको आयोजक जर्मनी समूह ‘ए’मा जर्मनी ३ अंकसहित शीर्ष स्थानमा छ । बुधवार राति हंगेरीलाई पराजित गरेमा जर्मनी अन्तिम १६ मा पुग्नेछ ।

 
 

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x