×

कानुन कार्यान्वयनका लागि स्थानीय तहसँग थप छलफल र सहकार्य आवश्यकः सभामुख पाठक

काठमाडाैं | असार ५, २०८१

बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले कानुन कार्यान्वयनका लागि स्थानीय तहसँग थप समन्वय र सहकार्य बढाउन जरुरी रहेको बताएका छन्। 

बागमती प्रदेशसभा सचिवालयले आज यहाँ आयोजना गरेको ‘बागमती प्रदेशको कानुन कार्यान्वयनको अवस्था र चुनौती’ सम्बन्धमा स्थानीय तहसँग छलफल तथा अन्तक्र्रियामा उनले कानुन निर्माणपछि जनताका समस्या सामाधान गर्न सकियो कि सकिएन भन्ने बुझ्न स्थानीय तहसँग छलफल गर्न आवश्यक रहेको बताए । उनले भने,  “ जनताका समस्या समाधानका लागि सबै तह एक भएर लाग्नुपर्ने आवश्यकता छ, त्यसका लागि प्रत्यक्षरूपमा जोडिएका स्थानीय तहसँग छलफल र बहस गरेर सेवा प्रवाहलाई थप चुस्त बनाउनुपर्छ । यसमा प्रदेशसभाले पनि योजना बनाइरहेको छ।”  


Advertisment

ऐन, कानुन निर्माण गर्नुपूर्व गम्भीर बहस र बनिसकेपछि कार्यान्वयन र प्रभावकारिताका विषयमा समीक्षा हुनुपर्नेमा उनले जोड दिए । “सरोकारवाला, विज्ञहरुसँगको छलफलबाट मात्रै निचोडमा जान सकिन्छ ।  ऐनहरू बनिसकेपछि जानकारी छैन भन्न मिल्दैन । त्यसैले हरेक चरणमा छलफल र बहस हुन जरुरी छ”, उनले भने । 


Advertisment

कार्यक्रममा उपसभामुख अप्सरा चापागाईले तीनै तहले बनाएका कतिपय कानुनहरू एकापसमा बाँझिएकाले  अधिकार पाउने प्रक्रियामा झन्झट उत्पन्न भइरहेको बताइन् । 

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x