×

क्रोएसिया र अल्बानियाले बराबरी खेले, स्पेन र इटालीलाई फाइदा

काठमाडाैं | असार ५, २०८१

जर्मनीमा जारी युरोकप फूटबल प्रतियोगिताअन्तर्गत बुधवार साँझ क्रोएसिया र अल्बानियाले बराबरी खेल्दै अंक बाँडेका छन् ।

हमबर्गमा भएको खेलमा दुई टोलीले २–२ गोलको बराबरी खेल्दै १–१ अंक बाँडेका हुन् ।


Advertisment

खेलको ११ औँ मिनेटमा नै क्वाजिम लाकीले गोल गर्दै अल्बानियालाई अग्रता दिलाएका थिए । पहिलो हाफ अल्बानियाको अग्रतामै सकियो ।


Advertisment

दोस्रो हाफमा भने क्रोएसिया खेलमा फर्कियो । आन्द्रेज क्रमारिचले ७४ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । 

खेलको ७६ औँ मिनेटमा क्रोएसियाले अग्रता लियो । अल्बानियाका क्लायुज गजासुलाले आत्मघाती गोल गरेका थिए । आत्मघाती गोल खानका बाबजुद अल्बानिया हतोत्साही भएन । तिनै गजासुवाले गोल गर्दै टोलीको हार टारे । 

यस बराबरीसँगै समूह ‘बी’मा रहेका क्रोएसिया र अल्बानियाले १–१ अंक बाँडेका छन् ।

यो समूहबाट स्पेन र इटालीले ३–३ अंक जोडेका छन् । क्रोएसिया र अल्बानियाको बराबरीले स्पेन र इटालीलाई फाइदा भएको छ ।   

प्रतियोगिताअन्तर्गत बुधवार राति ९ः४५ बजे अर्को खेल हुँदैछ । घरेलु टोली जर्मनीले हंगेरीको सामना गर्दैछ । चिरपरिचित प्रतिद्वन्द्वी हंगेरीलाई हराएर जर्मनी एक खेलअगावै दोस्रो चरणमा पुग्न चाहन्छ । 

यता हंगेरी भने यो खेलमा जीत निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राख्न चाहन्छ । यसअघि पहिलो खेलमा हंगेरी स्विट्जरल्यान्डसँग पराजित भएको थियो ।

पहिलो खेलमा स्कटल्यान्डलाई सजिलै हराएको आयोजक जर्मनी समूह ‘ए’मा जर्मनी ३ अंकसहित शीर्ष स्थानमा छ । बुधवार राति हंगेरीलाई पराजित गरेमा जर्मनी अन्तिम १६ मा पुग्नेछ ।

यसैगरी बुधवार मध्यराति स्कटल्यान्ड र स्विट्जरल्यान्ड भिड्नेछन् । १२ः४५ बजे शुरू हुने यो खेलमा स्कटल्यान्ड जित्नैपर्ने दबाबमा छ ।  

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x