×

प्रवक्तालाई नै सूचनाप्राप्तिमा चुनौती

काठमाडाैं | असार ५, २०८१

सरकारका मन्त्रालय र संवैधानिक निकायका निर्णय पारदर्शी हुँदैनन् र सूचना लुकाइन्छ भन्ने लागिरहेका बेला सङ्घीय मन्त्रालयकै अधिकांश प्रवक्ताले समयमा सूचना पाउन नसकेको गुनासो गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको सङ्घीय मन्त्रालय र संवैधानिक आयोगका प्रवक्ताहरुको बैठकमा अधिकांशले आन्तरिक रुप मै सूचना प्राप्त गर्न कठिनाइ भइरहेको गुनासो दिए ।


Advertisment

प्रवक्ताले नै गुनासो पोखेपछि बैठकले आमसञ्चार माध्यममार्फत जनतामा पु¥याउनपर्ने सूचना वा निर्णयको बोधार्थ लिखित वा मौखिकरुपमा प्रवक्तालाई यथाशीघ्र उपलब्ध गराउनुपर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए । 
     
आफ्नै मन्त्रालय र कार्यालयका कतिपय निर्णय आमसञ्चार माध्यममा छापिएपछि थाहा पाउने गरेका घटना बैठकमा प्रवक्ताले सुनाए । मन्त्रालय होस् वा अन्य केन्द्रीय निकायबाट हुने निर्णय र सूचनाबारे प्रवक्तालाई समयमा जानकारी नहुँदा सञ्चारमाध्यमलाई सम्प्रेषण गर्न असजिलो भएको बैठकको निष्कर्ष छ । 


Advertisment

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ठाकुरले भने, “प्रवक्ताले भोग्नुपरेका मुख्य समस्या आफ्नै संस्थाबाट समयमा सूचना नपाउँदा सञ्चारमाध्यमलाई भएका जानकारी गराउन चुनौती छ ।”

विभिन्न मन्त्रालय र निकायका करिब ३५ जना प्रवक्ता सहभागी बैठकले प्रवक्ताको भूमिका, भोग्नुपरेका समस्या, सम्भावना र चुनौतीबारे समीक्षा गर्दै आन्तरिक चुनौतीका रुपमा रहेको सूचना प्राप्तिलाई सहज तुल्याइनुपर्नेमा जोड दिएको छ ।
 
आफूले थाहै नपाएको विषयवस्तु अरुलाई कसरी बुझाउन सकिन्छ भन्ने प्रश्न गर्दै केही प्रवक्ताले गोप्य राख्ने र पारदर्शिता कायम गर्ने भन्ने विषयमा एकरुपता कायम गर्न आवश्यक रहेको बताए । 
प्रवक्तासम्बन्धी नीतिगतरुपमा कार्यविधि नबनेकाले कार्यक्षेत्र, कार्य जिम्मेवारी मात्र नभई सूचना अधिकारी र प्रवक्ताको भूमिका नै स्पष्ट नभएको बैठकमा गुनासो गरियो । बैठकले एकअर्काे मन्त्रालय र संवैधानिक आयोगबीच सम्पर्क, सहयोग र समन्वय गर्न सामाजिक सञ्जाल वा कुनै एप निर्माण गरी स्थायी प्रकृतिको सञ्जाल बनाउने निर्णय पनि गरेको छ ।

केही प्रवक्ताले कार्यालय समयपछि आफ्नो निजी जीवनमा रहँदासमेत पत्रकारको सामना गर्नुपरेको घटना सुनाउँदै सूचना उपलब्ध गराउने समय तोकिनुपर्ने भनाइ राखेका थिए । 

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x