×

NIC ASIA

वाम वर्चश्व रहेको काभ्रेमा चुनावी सरगर्मी, कसको हैसियत कस्तो ?

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
बनेपा, १२ कात्तिक- काभ्रेपलाञ्चोकमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले चुनावी नतिजा आफ्नो पक्षमा पार्न कसरत शुरु भएको छ । 

वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुबैले संगठन विस्तार, प्रचारप्रसार समिति, भ्रातृ संगठन परिचालन लगायतका कामलाई प्रभावकारी बनाएको बताएका छन् । तर जिल्लामा गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा वाम गठबन्धनले अधिकांश स्थानमा जित हासिल गरेर झण्डै छत्तीस हजार मत अन्तरले उछिनेको थियो । 

गत स्थानीय तहको निर्वाचनमा नेकपा एमाले ६८ हजार ६४७ मत ल्याएर पहिलो भएको थियो भने नेकपा (माओवादी केन्द्र)ले ३० हजार ४४८ मत ल्याएको थियो । दुवै बाम दलको कूल मत ९९ हजार ९५ हुन्छ । नेपाली काँग्रेसले ६३ हजार १३९ मत मात्र पाउन सकेको थियो । 

काभ्रेपलाञ्चोकमा रहेको सात स्थानीय तहमध्ये तीन स्थानीय तह बाहेक सबै स्थानीय तहमा वाम दल विजयी भएका थिए । 

धुलिखेल नगरपालिकामा एमालेले सात हजार ९९१, काँग्रेसले पाँच हजार ४०८ र माओवादी केन्द्रले एक हजार ६२१ मत प्राप्त गरेका थिए । 

बनेपा नगरपालिकामा एमालेले ११ हजार ४०९, काँग्रेसले नौ हजार ६५९ र माओवादी केन्द्रले एक हजार ३७० मत प्राप्त गरेका थिए । 

पनौती नगरपालिकामा एमालेले १२ हजार २५६, काँग्रेसले नौ हजार १९० र माओवादी केन्द्रले एक हजार २३९ मत प्राप्त गरेका थिए । मण्डनदेउपुर नगरपालिकामा एमालेले ६ हजार २३६, काँग्रेसले पाँच हजार ७२ र माओवादी केन्द्रले दुई हजार २३ मत पाएका थिए । 

नमोबुद्ध नगरपालिकामा एमालेले पाँच हजार ३४६ काँग्रेसले चार हजार ९६१ र माओवादी केन्द्रले तीन हजार ८६७ मत ल्याएका थिए । 
पाँचखाल नगरपालिकामा काँग्रेसको ६ हजार ८०० मत रह्यो जबकि एमालेले सात हजार ३५६ र माओवादी केन्द्रले तीन हजार २७९ मत ल्याए । 

महाभारत गाउँपालिकामा माओवादी केन्द्रले दुई हजार ३४२ मत पायो । चौरीदेउराली गापामा पनि माओवादी केन्द्रले तीन हजार ९१४ पाउन सक्यो । 

भूम्लु गाउँपालिकमा एमालेले तीन हजार ५४८ मतसहित अग्रस्थानमा रह्यो । रोशी गापामा काँग्रेसले चार हजार ३७२ मत पायो । 

बेथानचोक गापामा काँग्रेसले तीन हजार ८६८, एमालेले दुई हजार ७४१ र माओवादी केन्द्रले एक हजार ७४९ मत ल्याएको थियो । खानीखोला गापामा एमालेले दुई हजार २३, माओवादी केन्द्रले एक हजार २०७ र काँग्रेसले एक हजार ११५ मत प्राप्त गरेका थिए । 

तेमाल गापामा काँग्रेसले तीन हजार ९४९ मत पायो । विसं २०४८ सालदेखि वाम शक्तिको वर्चश्व रहेको काभ्रेपलाञ्चोकमा विसं २०५६ मा काँग्रेसले दुईवटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको थियो तर २०६४ मा पुनः वामशक्तिले वर्चश्व कायम गरेको थियो । 

विसं २०७० को निर्वाचनमा पुनः काँग्रेसले दुईवटा निर्वाचन क्षेत्रमा जित हासिल गरे भने २०७४ सालको स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानीय तहमा वाम शक्ति विजयी भयो । 

काभ्रेपलाञ्चोकका पुराना कम्युनिष्ट नेता तथा तत्कालीन जिल्ला जिविस सभापति कृष्णप्रसाद सापकोटाले वाम शक्तिको विजयले जिल्लामा पूर्वाधारको विकासले तीव्रता पाएको उल्लेख गर्दै अवको १० वर्षमा आर्थिक संमृद्धि ठाउँ पाउने विश्वास व्यक्त गर्नुभयो । 

माओवादी केन्द्रका नेता दिनानाथ गौतमले उम्मेदवारी दर्ता गरेपछि संयुक्त रुपमा भोट माग्न गाउँ गाउँ जाने जानकारी दिनुभयो । वाम गठबन्धन विजयी भएपछि देशमा नयाँ परिवर्तनको लहर शुरु हुने उहाँको भनाइ छ । 

नेपाली काँग्रेसका जिल्ला उपाध्यक्ष अच्युत पौडेलले निर्वाचनका लागि प्रचारप्रसारको काम प्रभावकारी रुपमा अघि बढाइएको बताउनुभयो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x