×

NMB BANK
NIC ASIA

जसले केन्द्रको साटो प्रदेशको राजनीति रोजे

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौंँ, १९ कात्तिक - केन्द्रको राजनीतिमा रहेका धेरै नेताहरू आसन्न निर्वाचनमा प्रदेशसभाको उम्मेदवार बनेका छन् । यसरी केन्द्रबाट प्रदेशमा जानेमा एमालेबाट धेरै जना नेता छन् ।congress-mao
एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिवद्वय शङ्कर पोखरेल र पृथ्वीसुब्बा गुरुङसहितका नेता प्रदेशसभाका लागि उम्मेदवार छन् । शाक्य प्रदेश ३ अन्तर्गत काठमाडौंँ – ८ को ‘ख’ बाट, पोखरेल प्रदेश ५ अन्तर्गत दाङको क्षेत्र नं. २ ‘क’ बाट र गुरुङ प्रदेश ४ लम्जुङ ‘ख’ बाट उम्मेदवार बनेकी छन् ।
एमालेबाट पोलिटब्युरो सदस्य एवम् पूर्व सञ्चार मन्त्री शेरधन राई, भीम आचार्य, राजेन्द्रप्रसाद पाण्डे, किरण गुरुङ र विद्यार्थी नेता राजेन्द्र राई पनि प्रदेशसभाको उम्मेदवार छन् । शेरधन र राजेन्द्र प्रदेश १ भोजपुरको क्रमश ‘ख’ र ‘क’ बाट उम्मेदवार छन् । आचार्य प्रदेश १ सुनसरीको १ ‘क’ बाट उम्मेदवार छन् ।
एमालेबाट प्रदेशसभामा उम्मेदवार बनेका कतिपय शीर्ष नेताहरूलाई प्रदेशको मुख्यमन्त्रीको दाबेदारको रूपमा हेरिएको छ । कतिपय नेताले आफू मुख्यमन्त्री बन्ने घोषणा नै गरे पनि एमालेले त्यसबारे कुनै निर्णय भने गरेको छैन ।

पहिलो पटक हुन लागेको प्रदेशसभाको चुनावमा नेपाली काँग्रेसबाट निकै कम मात्र ठूला नेता प्रदेशसभामा छन् । प्रदेशसभामा उम्मेदवारी दिने काँग्रेसको माथिल्लो तहको नेता जीवनबहादुर शाही छन् । उनले प्रदेश ६ अन्तर्गत हुम्लाको ‘ख’ बाट उम्मेदवारी दिएका छन् । पूर्व मन्त्रीसमेत रहेका शाहीलाई काँंग्रेसले प्रदेशको मुख्यमन्त्रीको रूपमा अगाडि सारेको ठानिए पनि कुनै औपचारिक निर्णय भने भएको छैन ।
कांग्रेसबाट प्रदेशसभामा सदस्य हुने अन्य राष्ट्रिय राजनीतिमा स्थापित नेताहरूमध्ये प्रदेश ३ मा जगदीश नरसिंह केसी नुवाकोट २ को ‘क’, काठमाडौं २ ‘क’ मा लोकेश ढकाल पनि छन् । त्यस्तै प्रदेश १ अन्तर्गत सोलुखुम्बुको ‘ख’ बाट आङ्गेलु शेर्पा र प्रदेश ४ अन्तर्गत तनहुँको १ ‘क’ मा विद्यार्थी आन्दोलनबाट आएका नेता प्रदीप पौडेल पनि छन् ।
नेकपा माओवादी केन्द्रबाट सचिवालय सदस्य कुलप्रसाद केसी, महेन्द्रबहादुर शाही, शालिग्राम जम्मकट्टेल, कृष्णध्वज खड्का, राधिका तामाङसहितका नेताहरू प्रदेशसभाको उम्मेदवार बनेका छन् । केसी र खड्का प्रदेश ५ रोल्पाको क्षेत्र १ ‘क’ र प्युठानको क्षेत्र १ ‘ख’ बाट उम्मेदवार छन् । शाही प्रदेश ६ अन्तर्गत कालिकोटको ‘ख’ बाट उम्मेदवार छन् । स्थानीय तहको निर्वाचन परिणामअनुसार माओवादी केन्द्रले प्रदेश मुख्यमन्त्री दाबी गर्ने बलियो सम्भावना देखिएको यो एक मात्र प्रदेश हो जहाँ शाहीलाई मुख्यमन्त्रीको दाबेदारको रूपमा हेरिए पनि कुनै निर्णय भने गरिएको छैन ।
जम्मकट्टेल प्रदेश ३ अन्तर्गत धादिङको १ ख मा उम्मेदवार बनेका छन् । तामाङ महिलामध्ये पहिलो राज्य मन्त्रीसमेत बनेकी राधिका तामाङ नुवाकोटको १ ‘क’ बाट प्रदेशसभाको उम्मेदवार छिन्, गोरखापत्रमा खबर छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x