×

NIC ASIA

उपत्यकावासीलाई सधैं नयाँ अनुहार

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
काठमाडौं, १९ कात्तिक- मुलुक निर्वाचनमय बन्दै जाँदा काठमाडौं उपत्यकावासीको रोजाइ भने हरेक निर्वाचनमा फरकफरक हुने गरेको देखिन्छ । निर्वाचन इतिहासलाई हेर्ने हो भने उपत्यकावासीको मात्र होइन राजनीतिक दलको समेत एकाधबाहेकका अधिकांश निर्वाचनमा उम्मेदवारको रोजाइ फरकफरक हुने गरेको छ ।prachar

संविधानसभा निर्वाचन–२०६४ मा उपत्यकावासीको रोजाइ संविधानसभा निर्वाचन–२०७० मा आइपुग्दा फेरिइसकेको थियो । रोजाइ फरक पर्नुमा उपत्यकामा केहीबाहेक हरेकपटक उम्ेमदवारका रूपमा नयाँ अनुहार छाउँदै आएका छन् । मतदाताको रोजाइ पनि केही उम्मेदवारबाहेक फरक फरक हुने गरेको छ ।

दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौंबाट समानुपातिक निर्वाचनमा राप्रपा नेपालको गाई चिह्नले सबैभन्दा बढी मत पायो । त्यतिबेला राप्रपा नेपालको चुनावी नारा ‘एक भोट दाइलाई एक भोट गाईलाई’ ले समानुपातिकमा राप्रपा नेपालले सबैभन्दा बढी मत प्राप्त ग¥यो ।

संविधानसभा निर्वाचन–२०६४ मा उपत्यकाका तीन जिल्लाका १५ निर्वाचन क्षेत्रमा एमालेले अप्रत्यासित हार बेहो¥यो । १५ मध्ये ७ स्थानमा तत्कालीन नेकपा माओवादीले जित हासिल ग¥यो भने कांग्रेसले ६ क्षेत्र र नेपाल मजदुर किसान पार्टीले ३ स्थानमा जित हात पा¥यो ।

दोस्रो संविधानसभा निर्वाचनमा आइपुग्दा उपत्यकावासीको रोजाइ बदलिसकेको थियो । पहिलो संविधानसभा निर्वाचनमा सात स्थानमा विजयी भएको माओवादी उपत्यकामा निल भयो । पहिलो संविधानसभामा भारी मतान्तरले विजयी भएका माओवादी अध्यक्ष पुष्पकमल दाहालसमेत काठमाडौं– १० मा तेस्रो स्थानमा सीमित भए ।

पहिलो संविधानसभा निर्वाचनमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल काठमाडौं–२ बाट झक्कुप्रसाद सुवेदीसँग पराजित भए । दोस्रो संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट नेपाल विजयी भए । यो परिणाम उपनिर्वाचनसम्म आइपुग्दा फेरि बदलियो ।

रौतहटबाट समेत विजयी भएका नेपालले काठमाडौं–२ छाडे । उपनिर्वाचनमा नेपाली कांग्रेसका दीपक कुइँकेल विजयी भए । पहिलो संविधानसभा निर्वाचनमा विजयी भएका कांग्रेसका प्रकाशमान सिंह भने दोस्रो संविधानसभा निर्वाचनमा समेत विजयी भए ।

पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका चक्र बास्तोला विजयी भएको स्थानमा दोस्रो संविधानसभा निर्वाचनमा आइपुग्दा एमालेका रामेश्वर फुँयालले जित हात पारे । पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–४ मा कांग्रेसकी सुप्रभा घिमिरेले जित हात पारेकी थिइन्, राजधानी दैनिकमा खबर छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x