×

NIC ASIA

सर्वसाधारणद्वारा हतियार बुझाउन अटेरी

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

बैतडी, १९ कात्तिक - जिल्ला प्रशासन कार्यालय बैतडीले आगामी मङ्सिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै हतियार बुझाउन गरेको अनुरोधलाई बैतडीका सर्वसाधारणले अटेरी गरेका छन् । 

चुनावी सुरक्षालाई मध्यनजर गरेर हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तिसँग रहेका इजाजत प्राप्त हातहतियार यही कात्तिक १५ गतेभित्र बुझाउन आग्रह गरिएको थियो । 

प्रशासनले नजिकका प्रहरी एकाई तथा जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउन आग्रह गरे पनि म्याद सकिँदासम्म ९८ जनाले मात्र बुझाएको प्रमुख जिल्ला अधिकारी सिद्घराज जोशीले जानकारी दिनुभयो । बैतडीमा भरुवा बन्दुक, बाह्बोर,बाइसबोर, दुई नाले र एकनाले बन्दुक गरी १ हजार १२९ इजाजत प्राप्त हतियार रहेका छन् । 

हतियार नबुझाउनु निर्वाचन आचारसंहिता विपरित भएकाले नबुझाउने व्यत्तिलाई कानून अनुसार कारवाही गरिने उहाँले बताउनुभयो । हतियार नबुझाउने ब्यक्तिको हतियार जफत गर्ने तथा नवीकरणसमेत नहुने बताइएको छ । हतियार बुझाउन बाँकी रहेका व्यक्तिले छिटोभन्दा छिटो नजिकको प्रहरी कार्यालयमा बुझाउन जिल्ला प्रसासन कार्यालय बैतडीले पुनः आग्रह गरेको छ । 

घरेलु मदिरा वा मदिराजन्य पदार्थको उत्पादन र बिक्री वितरणमा समेत रोक लगाइएको जानकारी गराउँदै सूचनाको अवज्ञा गर्नेलाई कानून अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य सार्वजनिक गरेको छ ।  जसअनुसार गोलभेँडा सानो लोकलको अधिकतम मूल्य प्रतिकिलो ४०, गोलभेँडा सानो टनेलको...

जेठ ३, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ४० र गोलभेँडा सान...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

बैशाख ३०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने...

जेठ ५, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य ७०, गोलभेँडा सानो टनेलको ६०, गोलभेँडा सानो त...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x