×

NMB BANK
NIC ASIA

काठमाडौं १० को चर्चा

प्रचण्डलाई हराएका राजन केसी ‘डेन्जर जोन’मा !

कात्तिक २२, २०७४

NTC
Premier Steels

काठमाडौं, २२ कात्तिक – २०७० सालको संविधानसभा निर्वाचनमा चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर १० को चर्चा यसपटक कम छ । 
काठमाडौं १० मा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी परेकोले २०७० मा काठमाडौं १० को खुब चर्चा भएको थियो । तर यसपाली प्रचण्ड काठमाडौंलाइ छोडेर सरेर चितवन पुगेपछि काठमाडौं १० ओझेलमा परेको छ ।

Muktinath Bank


२०७० सालमा काठमाडौं १० मा प्रचण्डलाई हराउँदै कांग्रेस नेता राजन केसी विजयी भएका थिए । २०७० सालमा केसीले २० हजार मत ल्याउँदा एमालेले १३ हजार मत ल्याएको थियो । माओवादीले चाहिँ १२ हजार मत ल्याएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


तर, यसपालीको निर्वाचनमा पनि प्रचण्डलाई हराउने केसी कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नम्बर १० मा उम्मेदवार बनेका छन् । वाम गठबन्धनको तर्फबाट माओवादी नेता हितमान शाक्य क्षेत्र नम्बर १० मा उम्मेदवार बनेका छन् ।


Advertisment
Nabil box
Kumari


तत्कालिन समयमा प्रचण्डलाई सजिलै हराएका केसीले यसपाली ‘डेन्जर जोन’मा परेका छन् । संघीय संरचना अनुसार काठमाडौं १० मा किर्तिपुर, चन्द्रागीरी र दक्षिणकाली नगरपालिका रहेका छन् । स्थानीय तहको चुनावमा किर्तिपुर नगरपालिका एमालेले मेयर पद जितेको थियो भने दक्षिणकाली र चन्द्रागीरीमा चाहिँ कांग्रेसले मेयर पद जितेको थियो ।

Vianet communication


स्थानीय निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतलाई पार्टीको खास मत मान्ने हो भने काठमाडौं १० मा यसपाली कांग्रेस उम्मेदवार केसी वाम गठवन्धनका उम्मेदवार शाक्य भन्दा ११ हजार मतले पछि छन् ।
१० वटा वडा रहेको किर्तिपुरमा गठबन्धनले ११ हजार मत पाएको छ भने कांग्रेसले ६८ सय मत पाएको छ । गठबन्धनमा माओवादीले चाहिँ ३९ सय मत पात्रै पाएको छ ।


१५ वटा वडा रहेको चन्द्रागीरी नगरपालिकामा गठबन्धनले १५ हजार ७ सय मत पाएको छ भने कांग्रेसले ११ हजार मत पाएको छ । यहाँ पनि माओवादीले जम्मा ४५ सय मत ल्याएको थियो ।


दक्षिणकाली नगरपालिकाका ९ वटा वडामा कांग्रेसले कुल ४३ सय मत ल्याएको थियो भने गठबन्धले ६१ सय मत ल्याएको देखिन्छ । यहाँ माओवादीको मत २ हजार रहेको छ । स्थानीय तहको मतलाई हेर्ने हो भने गठबन्धनसँग कुल ३३ हजार ३० भोट रहेको छ भने कांग्रेसँग २२ हजार ३ सय ४४ मत देखिन्छ ।


संकटमा केसी


तत्कालिन समयमा प्रचण्डलाई हराएर चर्चा कमाएका केसी देउवा नेतृत्वको मन्त्रिमण्डलमा युवा तथा खेलकुद मन्त्री छन् ।  प्रचण्डलाई हराएसँगै पार्टीमा राम्रो प्रभाव जमाएका केसी यसपटक भने संकटमा छन् । तर एमालेको भोटलाई आफू तर्फ ल्याउने योजनामा कांग्रेस लागेको छ । हालसम्म कांग्रेसले क्षेत्र नम्बर १० मा घर दैलो वा चुनावी कार्यक्रम गरेको छैन । 


अहिलेसम्म केसी आन्तरिक गृहकार्यमै व्यस्त रहेका छन् । ‘कांग्रेसको तर्फबाट अहिलेसम्म १० नम्बरमा चुनावी कार्यक्रम शुरु भइसकेको छैन,’ चन्द्रागीरी नगरपालिकामा कांग्रेसका तर्फबाट मेयर निर्वाचित घनश्याम गीरीले भने, ‘आज १० नम्बर वडाको बैठक थियो । केही दिनमै चुनावी कार्यक्रम पनि शुरु हुन्छ ।’


उनका अनुसार अहिले केसीले कांग्रेसीहरुकाबीचमा आन्तरिक गृहकार्य गरिरहेका छन् । वडा वडामा प्रचार समिति बनाइरहेका छन् । अब केही दिनमै कांग्रेस एग्रेसीभ प्रचारमा लाग्ने छ ।


एमालेमा अडिएको शाक्यको भाग्य


माओवादीका तर्फबाट क्षेत्र नम्बर १० मा उम्मेदवार बनेका शाक्य त्यहाँका प्रभावशाली नेता हुन् । तत्कालिन समयमा प्रचण्डलाई चुनाव हराउन उनको ठूलै हात रहेको नेताहरु बताउँछन् । तत्कालिन समयमा बैद्य माओवादीमा गएका शाक्यले प्रचण्डलाई हराउने खेल खेलेका थिए । यसपाली उनी प्रचण्डले दिएको टिकटमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन् ।


कांग्रेससँग तुलनात्मक रुपमा कम भोट भएपनि कांग्रेसले आफ्नो मत बढाउनको लागि बाटो ‘क्लियर’ छ तर शाक्यलाई चाहिँ एमालेको  भोट कांग्रेस जानबाट रोक्नुपर्ने चुनौती छ ।


गठबन्धनसँग ३३ हजार भोट भएपनि माओवादीसँग १० हजार मात्रै भोट छ । बाँकी सबै भोट एमालेसँगै रहेको छ । त्यसैले शाक्यले एमालेको भोट गठबन्धनमै अडाउन सकेनन् भने उनलाई पनि चुनौती हुने देखिन्छ ।
शाक्यले पनि अहिलेसम्म प्रचारका कार्यक्रमहरु गरेका छैनन् । उनी पनि अहिलेसम्म चुनावी गृहकार्यमै व्यस्त छन् । माओवादी नेतृ तथा शाक्यकी पत्नी अमृता थापाले अहिले आन्तरिक गृहकार्य चलिरहेकोले प्रचारको काम अझै सुरु नभएको बताइन् ।


शाक्यले माओवादीको तर्फबाट पार्वती थापा र एमालेको तर्फबाट रामशरण आले संलग्न रहेको चुनाव प्रचार समिति गठन गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x