×

NIC ASIA

स्थिति अप्ठेरो भएपनि चुनाव जित्दैछु : रामचन्द्र पौडेल [भिडियो अन्तर्वार्ता]

मंसिर ५, २०७४

Prabhu Bank
NTC
Premier Steels

तनहुँ, ५ मंसिर – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिस्थिति केही अप्ठेरो भएपनि विगतमा जस्तै यसपटक पनि तनहुँबाट आफूले चुनाव जित्ने दाबी गरेका छन् । उनले राजनीतिक संस्कार भएको जिल्लामा उच्छृङ्खल गतिविधि भइरहेको समेत आरोप लगाए ।

Muktinath Bank


चुनाव प्रचारको क्रममा तनहुँको डुम्रेमा लोकान्तरसँग कुरागर्दै तनहु क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार कांग्रेस बरिष्ठ नेता पौडेलले विगतमा आफूले गरेका कामका कारण यसपटक पनि चुनाव जित्ने दावी गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


पौडेलले वामपन्थी गठबन्धनले दुईतिहाइ ल्याउने कुरा उनीहरुको मृगतृष्णा भएको टिप्पणी गरे । लोकान्तरको एक प्रश्नमा पौडेलले अब कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार आफू भएको दावी गरे । ‘प्रधानमन्त्री बनेर देशको सेवागर्न पाउनु पर्ने कुरा संसदमा भएका माओवादी र एमालेले पनि महसुश गरेका छन्’ पौडेलले मुस्कुराउँदै भने । 


Advertisment
Nabil box
Kumari


पौडेलले चुनावी प्रचारका क्रममा आफूमाथि आक्रमणको प्रयास भएपनि नडराउने प्रतिक्रिया दिए । ‘विगतमा म रोल्पा जाँदापनि दशैंको फुलपातिमा जस्तै बम पड्काइएको थियो, आतंकित बनाउन खोजिएको थियो, बमसंग म डराउदिन’ पौडेलले भने । उनले गोविन्दराज जोशीका कारण आफूलाइै चुनावमा खतरा नरहेको दाबी गरे । 

Vianet communication


आफूले निष्ठाको राजनीति गरिरहेको दाबीगर्दै पौडेलले प्रतिष्पर्धी एमाले उम्मेदवारले पैसाको बलमा राजनीति गरिरहेको आरोप लगाए । ‘कसैले म विरुद्ध तल्लो स्तरको गाली गर्दैमा म त्यसरी गालीमा उत्रिन्न’ पौडेलले भने । 
२०४८ सालदेखि लगातार चुनाव जित्ने देशका पाँचजना नेतामा पौडेल पनि एक हुन् । यसपटक पौडेलले साविकमा चुनाव जितेको निर्वाचन क्षेत्रमा केहीभाग हेरफेर भएको छ । 


भ्रष्टाचार अभियोग लागेका गोविन्दराज जोशीले पौडेलविरुद्ध तनहु १ बाट बागी उम्मेदवारी दिएपनि उनको उम्मेदवारी  खारेज भइसकेको छ । पौडेललाई नयाँ शक्ति, राप्रपा लगायतको समर्थन रहेपनि जोशी समर्थकको भोट निर्णायक मानिएको छ । 

यो पनि पढ्नुहोस्

तनहुँका जनताले यसपटक रामचन्द्रजीलाई राजनीतिक विश्राम दिँदैछन् : किसान श्रेष्ठ [भिडियो अन्तर्वार्ता]

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x