×

NMB BANK
NIC ASIA

सुर्खेतबाट थानीको गर्जनः मुख मिठ्याएको वाम गठबन्धनले बाक्सा खोलेपछि पत्तो पाउँछ [भिडियोसहित]

मंसिर १४, २०७४

NTC
Premier Steels

सुर्खेत, १४ मंसिर – सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुईमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका हृदयराम थानीले एमाले र माओवादी कार्यकर्ता तहमा एक नभएका बताएका छन् । 

Muktinath Bank

थानीले एमाले र माओवादी वास्तविक रुपमा नमिलेर मिलेजस्तो गरेको बताएका हुन् । उनले केन्द्रमा स्वार्थका लागि केपी ओली पुष्पकमल दाहाल प्रचण्ड मिलेको भएपनि कार्यकर्ता तहमा एमाले र माओवादी नमिलेको दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एमाले र माओवादी मिलेको हो कि चिलेको कसलाई के थाहा ?,’ उनले भने, ‘केपी ओली र प्रचण्ड मिल्दैमा कांग्रेसलाई केही फरक पर्दैन, हामीले राम्रो काम गरेका छौं, चुनाव जित्छौं ।’ उनले एमाले र माओवादी मिलेकाले चुनाव जितिन्छ भनेर मुख नमिठ्याउन वाम गठवन्धनका उम्मेदवारलाई चुनौती दिएका छन् । 


Advertisment
Nabil box
Kumari

‘उनीहरुले अहिले मुख मिठ्याएर के हुन्छ ? वास्तविकता के हो भन्ने कुरा २१ गते साँझ बाक्सा खोलेपछि थाहा हुन्छ नि ।’ उनले भने ।

Vianet communication

अघिल्लो पटक आफूले यसै क्षेत्रबाट ८ हजार मत अन्तरले चुनाव जितेकोले यसपाली पनि सुर्खेतमा आफूले चुनाव जित्ने उनले दाबी गरे । 

उनले आफूले निरन्तर जनताको पक्षमा राम्रा कामहरु गरिरहेकोले ओली र प्रचण्ड मिल्दैमा केही फरक नपर्ने बताए ।

आफूले मन्त्री हुँदा पनि ४ वर्षदेखि बन्न नसकेको सहकारी ऐन बनाएर देखाइदिएको समेत बताए ।

जिल्ला तहमा पनि नेपालगञ्जदेखि सुर्खेतसम्मको बाटो कांग्रेसले विश्व बैंकको जिम्मा लगाएको, विद्यतु स्टेशन बनाएको, पहाडमा बाटाघाटाहरु बनाएको समेत उनले बताए ।

उनले बाढीपीडितलाई समेत भूकम्पपीडित सरह सुविधा पाउने गरि आफूले व्यवस्था मिलाएको बताए । सुर्खेतमा वाम गठबन्धले कांग्रेसलाई आच्चु आच्चु पारेको भन्ने कुरा पनि गलत भएको उनले बताए । ‘आच्छु आच्छु त साथीहरु पर्नुभएको छ, हामीले निरन्तर जनताका पक्षमा काम गरिरहेका छौं ।’ उनले भने । 

सुर्खुेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट हृदयराम थानी तथा वाम गठवन्धनका तर्फबाट नेकपा एमालेका नवराज रावतबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x