कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
काठमाडौं, ३ माघ- सरकारले सातवटै प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी मुकाम तोकेकोछ। बुधबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले अस्थायी मुकाम तोकेको हो । प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ ।
अब सम्बन्धित प्रदेशसभाले स्थायी राजधानी नतोक्दासम्म यहीँबाट कार्य सञ्चालन हुनेछ।
सरकारले केही दिनअघि नै अस्थायी राजधानी तोक्ने तयारी गरेको थियो। सरकारी तयारी र सम्भावित राजधानीबारे सूचना चुहिएपछि देशका विभिन्न स्थानमा आन्दोलन चर्कियो। त्यसपछि सरकार पछि हटेको थियो।
अहिले तोकिएको राजधानी अस्थायी मात्र हो। स्थायी राजधानी तोक्ने अधिकार सम्बन्धित प्रदेशको प्रदेशसभालाई नै छ।
कसरी तोकिन्छ राजधानी?
'नेपालको संविधान- २०७२' ले सम्बन्धित प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको राजधानी तोक्न सक्ने व्यवस्था गरेको छ । संविधानको धारा २८८ मा संघ तथा प्रदेशको राजधानीबारे उल्लेख छ। सो धाराको उपधारा १ मा नेपालको राजधानी काठमाडौंमै रहने उल्लेख छ ।
यस्तै उपधारा २ मा भनिएको छ, 'यस संविधानबमोजिमका प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुनेछ।' उपधारा ३ ले प्रदेशसभाको दुई तिहाइ बहुमतले निर्णय नगरेसम्म नेपाल सरकारले तोकेबमोजिमकै स्थानबाट प्रदेशको कार्य सञ्चालन हुने व्यवस्था गरेको छ।
हेर्नुहोस् संविधानको धारा २८८-
प्रदेशसभाले निर्णय नै गर्न नसके?
प्रदेशसभाले कति समयभित्र राजधानी तोकिसक्नु पर्ने? अनि कार्यकालभरी नै नतोके के हुने? भन्नेबारे संविधान मौन छ। संविधानविद् एवम् वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा यो प्रदेशसभाको 'वेसिक ड्यूटी' हो भन्छन्।
'संविधानमा यसबारे थप उल्लेख नभए पनि यो त प्रदेशसभाको वेसिक ड्यूटी हो, यो म्याण्डेटोरी क्लज हो,' देवकोटाले लोकान्तरसँग भने, 'प्रोसेसमा गएपछि तोक्नैपर्छ। आफ्नो मुकामसमेत तोक्न सक्दैन भने के अपेक्षा गर्ने? त्यस्तो अवस्थामा त प्रदेशसभा नै विघटनतिर जान्छ।'
राजधानी तोक्न नसके प्रदेशसभा नै विघटन गरेर प्रदेश प्रमुखले नयाँ निर्वाचन आह्वान गर्नुपर्ने उनको भनाइ छ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...