शपथको भाषालाई लिएर जनकपुरमा प्रदेश सांसदको लफडा !

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

जनकपुरधाम ७ माघ– प्रदेश सांसदहरुले शपथ लिने  भाषाको लिपीलाई लिएर विवाद गरेका छन् ।  प्रदेश नम्बर २ का सांसदहरुको शपथग्रहणपछि हस्ताक्षर गर्ने क्रममा विवाद गरेका हुन् ।

मातृभाषामा शपथ गर्न पाउने व्यबस्था भएपनि शपथ गरेको हस्ताक्षर बुझाउने लिपी नेपाली भाषामा हुनुपर्ने भनेपछि विबाद शुरु भएको थियो । 


Advertisement

धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईले उद्घोषणका क्रममा मातृ भाषामा शपथ गर्न सकिने तर देवनागरी लिपीको काजगमा हस्ताक्षर गर्नुपर्ने बताएपछि मधेश केन्द्रित दलका सांसदहरु उत्तेजित भएका थिए । 


Advertisement

माओवादीका जगत यादव, राजपाका जितेन्द्र सोनल, मनीष कुमार सुमन र डिम्पल झाले विरोध जनाएका थिए । सांसदहरुको विरोधपछि मातृ भाषामै लेखिएको शपथ पत्रमा हस्ताक्षर गर्न सहमति भएपछि विबाद रोकिएको थियो । 

प्रदेश सांसदहरुले आइतवार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थसंग शपथ लिएका छन् । सांसदको शथपअघि प्रदेश प्रमुख कायस्थले कार्यभार सम्हालेका थिए । 
 

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्