×

NMB BANK
NIC ASIA

बहस : के राख्ने प्रदेशको नाम ? सम्भावित नामको सूचीसहित

माघ ९, २०७४

NTC
Premier Steels

काठमाडौं, माघ- प्रदेशको संख्या, नाम र सीमाङ्कनको विषय निकै जटिल बन्दा पहिलो संविधानसभा असफल भयो । दोस्रो पटक दलहरुले थोरै चलाखी गरे, प्रदेशको संख्या र सीमाङ्कन टुंग्याए अनि नाम तथा राजधानी तोक्ने जिम्मा सम्बन्धित प्रदेशको प्रदेशसभालाई नै छाडे । सीमाङ्कनको विषयमा केही विरोध त भयो, तर प्रदेशको नाम १, २, ३, ४, ५, ६ र ७ भनेरै सबैले चित्त बुझाए । प्रदेश राजधानीको लफडा अहिले चलिरहेको छ ।

Muktinath Bank

निर्वाचन सम्पन्न भएर प्रदेशसभा बैठकहरु बस्ने तयारी भइरहँदा अब प्रदेशको नाम के राख्ने भन्ने विषयमा चर्चा सुरु भएको छ । सातवटै प्रदेशमा विभिन्न नामहरुमाथि चर्चा भइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हामीले ७ वटा प्रदेशको सम्भावित नाम के हुन सक्छन् भनेर संस्कृतिविद् जगमान गुरुङसँग कुराकानी गरेका छौँ । गुरुङ प्रदेशको नाम राख्दा सांस्कृतिक तथा ऐतिहासिक महत्त्वको स्थान, नदी र हिमाललाई आधार बनाउनुपर्ने धारणा राख्छन् ।  


Advertisment
Nabil box
Kumari

'जातीय आधारमा नाम राख्नुहुँदैन, त्यसले विवाद बल्झिन सक्छ,' लोकान्तरसँग संस्कृतिविद् गुरुङले भने, 'सांस्कृतिक सम्पदा, नदी वा हिमालको नामबाट प्रदेशको नाम राख्न सकिन्छ ।'

Vianet communication

हामीले ७ वटा प्रदेशको नाम के-के हुन सक्छन् भनेर उनीसँग सुझाव मागेका थियौँ ।

यस्तो छ उनको सुझाव :

प्रदेश १ : सगरमाथा वा कोशी

प्रदेश २ : मिथिला

प्रदेश ३ : वाग्मती

प्रदेश ४ : गण्डकी

प्रदेश ५ : लुम्बिनी

प्रदेश ६ : कर्णाली वा भेरी

प्रदेश ७ : सेती

चर्चामा जे छन्-

प्रदेश १ : सगरमाथा,कोशी,विराट,लिम्बुवान, किरात

प्रदेश नम्बर १ को नामका लागि सगरमाथा र कोशीसँगै विराट, लिम्बुवान र किरात चर्चामा छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा यही प्रदेशमा पर्छ । यस्तै कोशी नदी पनि पूर्वी नेपाल भएर बग्ने सबैभन्दा ठूलो नदी हो ।

पहिलो संविधानसभाको राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँट समिति अन्तर्गतको उप-समितिले तयार पारेको १४ प्रदेशको प्रतिवेदनमा विराट, लिम्बुवान र किरात भनिएको क्षेत्र अहिले प्रदेश १ भित्रै पर्छ, सोही कारण यी नामहरु पनि प्रदेशको सम्भावित नामका रुपमा चर्चामा छन् ।

प्रदेश २ : मधेशमिथिला,भोजपुरा,जनकपुर, सिम्रौनगढ

प्रदेश नम्बर २ को नामका लागि सबैभन्दा चर्चामा मधेश नै छ । २०६३ सालको माघ महिनाबाट तत्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्वमा भएको आन्दोलनपश्चात मधेश शब्द निकै चर्चामा रहँदै आएको छ ।

यसका अलावा ऐतिहासिक मिथिला क्षेत्र यही प्रदेशमा पर्ने भएकाले मिथिला राख्नुपर्ने आवाज पनि उठ्न थालिसकेको छ । संस्कृतिविद् गुरुङसमेत प्रदेश २ को नाम मिथिला नै राख्नुपर्ने धारणा राख्छन् ।

यस्तै मैथिलीसँगै भोजपुरी समुदायको पनि बसोबास रहेकाले यसको नाम भोजपुरा राख्नुपर्छ भन्नेहरु पनि छन् । पहिलो संविधानसभा कांग्रेसले गरेको प्रस्तावमा यस क्षेत्रमा रहने प्रदेशको नाम जनकपुर राख्नुपर्ने उल्लेख थियो । यस्तै सिम्रौनगढ राख्नुपर्ने आवाज पनि उठ्ने गरेको छ ।

प्रदेश ३वाग्मती,नारायणी,राजधानी,ताम्सालिङ, नेवा

प्रदेश नम्बर ३ को नाम वाग्मती राख्नुपर्ने संस्कृतिविद् गुरुङको सुझाव छ । वाग्मती यस क्षेत्र भएर बग्ने ऐतिहासिक नदी हो । यस्तै देशको केन्द्रीय राजधानी पनि यहीँ पर्ने भएकाले राजधानी प्रदेश राख्नुपर्ने आवाज पनि सुनिने गरेको छ । यसका अलावा संविधासभामा तत्कालीन उपसमितिले पेश गरेको १४ प्रदेशको खाकामा ताम्सालिङ र नेवा प्रदेश भनिएका सबै क्षेत्र र नारायणी प्रदेशका रुपमा प्रस्ताव गरिएका चितवन र मकवानपुर पनि पर्छन् । त्यसैले यी नामहरु पनि चर्चामा नै छन् ।

प्रदेश ४ :गण्डकी/गण्डक,धवलागिरी,गोरखा, तमुवान

प्रदेश नम्बर ४ को नाम गण्डकी राख्नुपर्ने संस्कृतिविद् गुरुङको सुझाव छ । गण्डकी यस क्षेत्रको प्रमुख नदी हो । साविकको गण्डकी अञ्चल पनि यही क्षेत्रमा पर्छ । यस्तै माओवादीले यस क्षेत्रलाई गण्डक भन्ने गरेको थियो । यसका अलावा धवलागिरी, गोरखा र तमुवानको पनि चर्चा छ । धवलागिरि हिमाल र गोरखा ऐतिहासिक स्थान भएकाले चर्चामा छन् भने, तमुवान संविधानसभाको तत्कालीन समितिले प्रस्ताव गरेका कारण अझै पनि चर्चामा छ ।

प्रदेश ५ : लुम्बिनी,थरुवान/थरुहट,मगरात, रुरु

महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनी यही प्रदेशमा पर्छ । बुद्धको जन्मस्थललाई संसारमा चिनाउने हो भने प्रदेशको नाम नै लुम्बिनी राख्नुपर्ने मत बलियो छ । यसका अलावा थारुवान/थरुहट र मगरात भनिएका क्षेत्र पनि यहीँ पर्छन् । त्यसैले यी नामहरु पनि चर्चामा छन् । ऐतिहासिक रुरु क्षेत्र पनि यहीँ पर्ने भएकाले रुरु प्रदेश राख्नुपर्ने माग पनि कहीँ कतै सुनिने गरेको छ ।

प्रदेश ६ : कर्णाली, भेरी

प्रदेश नम्बर ६ को सम्भावित नाम नै कर्णाली हो भन्दा फरक नपर्ला । यस प्रदेशको नाम कर्णाली राख्ने विषयमा खासै बिमति सुनिँदैन । संस्कृतिविद् गुरुङ पनि कर्णाली नाम नै उपर्युक्त हुने बताउँछन् । कर्णाली यस क्षेत्र भएर बग्ने प्रमुख नदी हो । यसका अलावा भेरी पनि सम्भावित नामको रुपमा चर्चामा छ ।

प्रदेश ७ :महाकाली, सेती, खप्तड,मानसखण्ड, सुदूरपश्चिम

प्रदेश नम्बर ७ को नामका लागि पनि नदीबाट सेती र महाकाली तथा ऐतिहासिक क्षेत्रबाट खप्तड र मानसखण्डसँगै सुदूरपश्चिम पनि चर्चामा छन् । सेती र महाकाली यस क्षेत्र भएर बग्ने प्रमुख नदी हुन् भने ऐतिहासिक खप्तड क्षेत्र यहीँ पर्छ । खप्तड क्षेत्र बझाङ, बाजुरा, डोटी र अछामको सीमा क्षेत्रमा फैलिएको छ । खप्तड यहीँ पर्ने राष्ट्रिय निकुञ्जको नामसमेत राखिएको छ । कतिपयले यसलाई ऐतहासिक तथा सांस्कृतिक मानसखण्ड भन्ने गरेका छन् । यस्तै साविकको सुदूरपश्चिम विकास क्षेत्र सिंगै यो प्रदेशमा पर्ने भएकाले सुदूरपश्चिम नै नाम राख्नुपर्छ भन्नेहरु पनि छन् ।

कसरी तोकिन्छ प्रदेशको नाम ?

प्रदेशको नाम सम्बन्धित प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतले तोक्ने व्यवस्था संविधानमा छ ।

हेर्नुहोस् संविधानको धारा २९५ :

यहाँ उल्लेख धारा ५६ को उपधारा ३ मा सातवटा प्रदेश र त्यसमा समावेश भएका जिल्लाहरुको नाम राखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x