इटहरी, २२ मंसिर - जतिबेला नेपाली सामाजीक सन्जाल प्रयोगकर्ताहरु ‘तरकारिवाली’ को चासो र चर्चामा व्यस्त थिए त्यतिनै बेला धरानका मोदनाथ पौडेल र इटहरीका विपीन कार्की भने एउटा कुपोषित मधेषी युवाको हुलीया पत्ता लाँउन व्यस्त थिए । फेशबुकमा आएको सुचना अनुसार सप्तरीको युवा भन्ने थियो तर ठ्याक्कै ठेगाना भने थाहा थिएन । एउटा कुपोषण ग्रस्त हाडमात्रै दखिने युवाको निन्याउरो र ख्याउटे तस्बिर सामाजीक संजालमा आएपछि पोषण विज्ञानका विद्यार्थीहरु पौडेल र कार्कीको ‘निद हराम’ भयो ।
उनिहरु लागे शम्भु राम नामको कुपोषित सप्तरीको दलित युवाको ठेगाना खोज्न । उनिहरु कस्सिए शम्भुको सहयोगमा । आफ्ना सबै सन्जालहरु सदुपयोग गरेर अन्नतः शम्भु रामको ठेगाना पत्ता लाग्यो । दक्षिण सप्तरीको डाँडा गाविस वडा नम्बर ७ को बलिया गाँउमा शम्भुको घर भएको पत्ता लाग्यो । मागेर गुजारा चलाँउने शम्भु परिवारलाइ कुपोषण रोकथामका उपायहरु र केहि पौस्टिक खाद्यान्न किन्ने आर्थिक सहयोग दिन भनेर मंशिर १२ गते घर पुगे यि पोषण विज्ञानका विद्यार्थीहरु । लखतरान भएर उनीहरु शम्भुको घर पुगेपछि थप पीडामा परे जब बुझे कि त्यहाँ पुगेकै दिन शम्भुको मृत्यु भएको रहेछ । आमा र बाबुले भर्खरै मात्रै शम्भुको सदगद सकेर घर आएका रहेछन । ‘सुन्दा यो कुनै दुःखद चलचित्रको कहाँनी जस्तो लाग्छ,’ धरानको केन्द्रिय प्रविधी क्याम्पसमा चर बर्षे पोषण विज्ञान सकेर थेसिस गर्दै गरेका पौडेलले भने, ‘तर यो वास्तविकता भयो र एउटा पोषण विज्ञानको विद्यार्थी भएको नाताले यसरी मधेशमा कुपोषणले मान्छे मरेको देख्दा पीडा हुन्छ ।’
शम्भुलाइ कुपोषणबाट बचाँउने प्रयास असफल भएपछि विद्यार्थीहरु पौडेल र कार्कीले सप्तरीको राजमार्ग छेउको कन्चनरुप नगरपालीकाको वडा नम्बर ५ को विष्णु मन्दिर आसपास र शम्भुकै गाँउ डाँडा गाविसको बलियामा समेत कुपोषण जाँच गरे । न्यस्टिसनल एसेसमेन्ट भनेर प्राविधीक भाषा प्रयोग हुने कुपोषण जाँचले गाँउमा कुपोषणको भयावह अवस्था देखायो । ‘हामीले लिएका आठ वटा नमुना जाँचमा पाँच वटा वालवालिकाहरु कुपोषित भएको पाँयौँ ।’ यसरी गाँउका बालबालिकाहरु कुपोषित हुने र शारिरक रुपमा दुर्वल र अकालमै ज्यान जाँने जोखिम देखेका पोषण विज्ञानका विद्यार्थीहरुले शम्भुको परिवारलाइ आर्थिक सहयोग गर्ने निधो गरे । शम्भुकै गाँउका अन्य मध्यम शिघ्र कुपोषण तथा शिघ्र कुपोषण पिडीत मधेसी दलित र गरिव बालबालिकाका अभिभावकहरुलाइ पौस्टिक खाद्यान्न वितरण गर्न अभियान सन्चालन गरे । शम्भु परिवारलाइ आर्थिक तथा खाद्यान्न सहयोग गर्न सामाजीक संजालमा कार्यक्रम सुरु गरे ।
‘सप्तरीमा कुपोषण विरुद्ध हाम्रो अभियान’ नाम दिएको समुहको नाम ‘युनाइट फर शम्भु प्यामिली टीम’ राखे । ३३ हजार हाराहारीको पैशा उठ्यो । सोहि रकमले शम्भुको परिवारलाइ एउटा पाठो, ७ हजार नगद, न्यानो लत्ताकपडा र एक गाडी खाद्यान्न बोकेर पौडेल र कार्की सहितको समुह सोमबार सप्तरी पुग्यो । उनीहरुको अभियानलाइ सहयोग गरे क्याम्पस प्रमुख धन बहादुर कार्की र पोषण विज्ञानका विभागिय प्रमुख डम्बर बहादुर खड्काले । क्याम्पले गाडि उपलब्ध गरायो ।
पोषण विद्यार्थीको समुह सोमबार सहयोगार्थ शम्भुको घर पुग्दा शम्भुका बाउले आँशु थाम्न सकेनन । एउटा लाठिले उभिनु पर्ने बुडो जिउ र त्यसमा जवान छोराको मृत्यु । यि सबै कुराले पिडीत थिए ५५ बर्षिय देव नारायण राम । कुपोषण पिडीत छोराको उपचार गर्न के के गरेनन रामले । उनले गाविसलाइ सहयोग मागे पाएनन । आफुले भोट हालेका सप्तरी क्षेत्र नम्बर ७ का माओवादी केन्द्रका सभासद अमर मण्डल भेट्न खोजे भेटेनन । छिमेकीसँग भिख मागे छोराको उपचार गर्न । समाजका अगुवासँग चन्दा मागे छोरालइ धरान, विराटनगर र काठमाण्डौँ सम्मको उपचारमा यात्रामा । १२ धुर मात्रै जग्गा भएका रामले ८ धुर जग्गा पाँच बर्ष अगाडी ४० हजारमा बेचे । त्यो सबै पौशाले पनि छोराको ज्यान जोगाँउन सकेन ।
देव नारायणको घर सप्तरीको मौली– हनुमाननगरको सडक खण्डमै पर्छ । उनको घरबाट १५ मिनेटमा सप्तरी क्षेत्र नम्बर ७ का सभासद अमर मण्डलको घर आँउछ । यस्तो सुगम ठाँउमा बसेर पनि रामले छोरा बचाँउन सकेनन । कारण– गरिवीले उनकी श्रीमतिले छोरा गर्भावस्थमा हुदाँ पौस्टिक खाना खाइनन र जन्मेपछि पनि छोराले पौस्टिक तत्व खाँन पाएनन । छोराको सदगदि गर्न समेत आर्थिक अभाव भोगेका देव नारायणले पोषण विज्ञानका विद्यार्थीबाट एउटा बाख्राको पाठो, सात हजार नगद र पर्याप्त खाद्यान्न आफ्नै आँगनमा आएको देखेपछि भावुक भन्नै भने, ‘शम्भुले औषधी र दुध पनि राम्रो खान पाएन । हामी गरिब छु कहाँबाट ल्याँउने?’
‘बच्चा गर्भमा रहेको दिन देखी जन्मेर दुइ बर्षको हुन्जेल पर्याप्त पौस्टिक तत्व आमा र बच्चाले पाँउनुपर्छ,’ केन्द्रिय प्रविधी क्याम्पस धरानका पोषण विभागका प्रमुख डम्बर बहादुर खड्काले भने, ‘यो अवधिलाइ सुनौला हजार दिन समेत भनिन्छ यहि अवधिमा शम्भुले पर्यात्प पोषण नपाएर ज्यान गएको हुनुपर्छ ।’ आफ्ना विद्यार्थीहरुले गरेको विभिन्न थेसिसहरुले पुर्वी तराइका झापा, मोरङ र सुनसरीमा कुपोषण देखीएको बताएका खड्काले सप्तरीको अवस्था भने निक्कै भयावह भएको बताए । ‘खाना खाने तरिका नजाँनेर अथवा गरिबीले खानेकुराकै अभावका कारण तराइमा कुपोषण हुने देखीएको छ,’ बेल्जियममा पोषण विज्ञानमा स्नातकोत्तर गरेका विभागिय प्रमुख खड्काले भने, ‘अब सरकार र रास्ट्रिय तथा अन्तरास्ट्रिय गैर–सरकारी निकायले सप्तरीका दलित र सिमान्तकृत समुदाय लक्षीत पोषण कार्यक्रम ल्याँउनै पर्छ ।’
शम्भुको परिवारलाइ सहयोग गर्न र बलिया गाँउका कुपोषित बालबालिकालाइ सर्बोत्तम पीठो र अन्य पौस्टिक आहारा वितरण कार्यक्रममा विद्यार्थी तथा विभागिय प्रमुखसँगै पुगेका थिइ क्याम्पस प्रमुख धन बहादुर कार्की। कार्कीले त सरकार र आइएनजिओहरु गैर जिम्मेवार भएरै सप्तरीमा यस्तो कुपोषणको भयावह अवस्था आएको बताए । ‘उता राजधानीमा हजारौँ र लाखौँ रकममा कुपोषण बारेका सेमिनारहरु तारे होटलमा हुन्छन,’ स्थानियलाइ सम्बोधन गर्दै कार्कीले भने, ‘त्यस्ता कार्यक्रमहरु लाँखौँमा सकिन्छन तर यता शम्भुहरु भने केहि हजारमै सम्भव आमाले भिटानमिन युक्त खानेकुरा खाँन नपाएर र जन्मेपछि पौस्टिक आहारा नपाएर मरिरहेका छन ।’
सप्तरीको कुपोषण निमुलन अभियान चलाउने मोदनाथ पौडेल र विपीन कार्की भने सरकार र आइएनजिओहरुले काभ्रे, नुहाकोट तिर कुपोषण विरुद्ध कार्यक्रमहरु चलाएपनि सप्तरी र अन्य भित्री मधेषका कुपोषण ग्रस्त क्षेत्रहरुमा ध्यान नदिएकोमा आक्रोश पोख्छन । ‘काभ्रे र नुहाकोट काठमाण्डौ नजिक भएर त्यता पोषणका कार्यक्रम चलाइएको छ,’ पौडेल प्रश्न गर्छन, ‘सप्तरीले चै जतिसुकै दुःखद अवस्था भएपनि पोषणका कार्यक्रम किन पाँउदैन ?’ अभियाकनकर्मि विपीन कार्कीले सरकारले सप्तरी जस्ता कुपोषण ग्रस्त तराईका जिल्लामा पोषण कार्यक्रमहरु ल्याएमा पढ्ने विद्यार्थीहरुले स्वयंसेवा गर्ने र पास भएकाहरुले तलवी काम गर्न तयार भएको बताँउछन ।
भन्छन, ‘नेपालमा धरानको हाम्रंै क्याम्पसमा मात्रै पोषण विज्ञानको पढाइ हुन्छ र हामी सरकारका कुपोषण निमुर्लन अभियानमा साथ दिन तयार छौँ । तर के सरकार हाम्रो आवाज सुन्न तयार छ ?’ उता पौडेलले भने आफुहरुको क्षमताले भ्याएको कुपोषणका नमुना संकलन, शम्भु परिवारलाइ सहयोग र कुपोषित बालबालिकाका गरिब अभिभावकहरुलाइ सर्वोत्तर पीठो वितरण गरेपनि यो सबै सानो सुरुवात मात्रै भएको बताए । पौडेल प्रश्न गर्छन, ‘हामी दुइ जना लाग्दा त नमुना संकलन र सामान्य सहायोग गर्न सक्यौँ भने राज्यै लागेमा कसरी मभेशका थुप्रै शम्भुहरुलाइ बचाँउन नसकिएला ?’
Advertisment
Advertisment