×

NMB BANK
NIC ASIA

नयाँ प्रधानमन्त्रीबारे लोकान्तर अग्रलेख

प्रधानमन्त्री ओली : विगतको अडान ऐतिहासिक, अब पनि निराश पार्नुहुनेछैन

फागुन ६, २०७४

NTC
Premier Steels

कार्यशैली र सिलसिला मिलेका छैनन् । अनेक अन्तर्विरोधमा अल्झेको संविधान छ जसको कार्यान्वयन राजनीतिक दलहरूको लागि ठूलै चुनौती भएको छ । मुलुकको साधन-स्रोतले भ्याउने, धान्ने के हो त्यसको लेखाजोखा नगरी सस्तो लोकप्रियताको लागि यस सानो देशलाई प्रदेशहरूमा विभाजन गरिएको छ । यसका दूरगामी परीणाम के के हुने हुन् त्यसको चित्तबुझ्दो सार्वजनिक आकलन भएको देखिँदैन । नेपालको अखण्डतामै आँच आउनसक्ने आशङ्काका बीच नयाँ राजनीतिक प्रयोगहरू हुँदैछन् । सञ्चालनका माध्यम र संयन्त्रबारे ढुक्क हुन गाह्रो छ ।

Muktinath Bank

यस पृष्ठभूमिमा खड्गप्रसाद (केपी) शर्मा ओलीलाई मुलुक हाँक्ने अवसर प्राप्त भएको छ । परिवर्तित सन्दर्भको यस विशिष्ट जिम्मेवारी सम्हाल्नुअघि उहाँले संसद्‌सदस्यको शपथ लिएको भए स्वाभाविक देखिन्थ्यो किनभने लोकतन्त्रमा निर्णयको मात्र होइन प्रकृयाको पनि महत्व हुन्छ । उहाँ अध्यक्ष रहेको एमाले २०४७ को परिवर्तन सँगसँगै प्रतिस्पर्ध्दात्मक राजनीतिमा प्रवेश गरेको हो भने गठबन्धनको अर्को घटक माओवादी केन्द्र भने २०६३ सालपछि मात्र त्यस बाटोमा आउन राजी भएको हो तसर्थ माओवादीहरूको लोकतन्त्रप्रतिको प्रतिबध्दता सन्देहमुक्त हुन सकेको छैन । किनभने माओवादीहरू कहिले क्रान्ति अधुरै छ भन्दैछन्  त कहिले ‘राज्यसत्ता कब्जा’को लक्ष अझै हासिल नभएको असन्तोष प्रकट गर्दैछन् । यस्तोमा जनतालाई आश्वस्त तुल्याउनकै लागि भए पनि ओलीले स्वाभाविक प्रकृयालाई छोड्नु हुने थिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगामी दिनमा प्रकृयागत पक्षबारे नयाँ प्रधानमन्त्री सजग रहने अपेक्षा गरौं ।


Advertisment
Nabil box
Kumari

विशिष्ट भौगोलिक अवस्थामा रहेको नेपालको लागि वाह्य चुनौती झन् संवेदनशील छन् । साँध जोडिएका छिमेकीमध्ये भारततर्फबाट नेपाललाई बरोबर असहयोग र अवरोध हुने गरेको छ । २०७२ सालमा भारतको सरकारले नेपाललाई नाकाबन्दीमा पारेर शत्रुवत् व्यवहार गरेको गरेको घटना हुँदा ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो । र, यसरी गरिएको अनुचित र अमानवीय व्यवहारको उहाँले साहसका साथ प्रतिवाद गर्नुभयो । त्यस्तै, अनेक कष्ट र कठिनाइका बाबजूद उहाँको आँटले दह्रो जनसमर्थन पायो । दैनिक उपयोगका मालवस्तु र सेवाको आपूर्तिलाई नियमित र सहज तुल्याउन ओलीले पनि वैकल्पिक बाटोको लागि चीनसित महत्वपूर्ण सम्झौता गर्नुभयो । जग-जाहेर छ, हालैको निर्वाचनमा एमालेले व्यापक जनसमर्थन पाएको प्रमुख कारण त्यही अडान हो । 

Vianet communication

नेपालीको स्वाभिमानमा धक्का लाग्नेगरी सतहमा आउने बाहिरी दुस्साहसको ओली नेतृत्वको एमालेले सशक्त प्रतिकार गर्छ भन्ने अवधारणा जनस्तरमा प्रवल भैदिएकोले नै एमालेको लागि अनुकूल स्थिति निर्माण भएको हो । भन्नु परोइन, यो स्थितिलाई आफ्नो पक्षमा कायम राख्न ओली र एमाले दुबै निरन्तर सजग र जागरूक रहनुपर्ने हुन्छ । कहीँ कतै तल-माथि हुनासाथ जनविश्वास धर्मरिने कुरा घामजत्तिकै छर्लङ्ग छ ।

सरकार गठनको सिलसिला चालू छ, राष्ट्रपति-उपराष्ट्रपतिका प्रसङ्ग टुङ्गिन बाँकी छन् । जातिपातीका कुरालाई प्राथमिकता दिने विगतका नारा र अभियानले गर्दा समाजलाई विभाजित र कमजोर पार्न छोडेको छैन । कमजोर अवस्था बाहिरी चलखेलका लागि मलिलो अवसर हुने कुरा उत्तिकै निर्विवाद छ । 

प्रधानमन्त्रीको रूपमा ओलीले आर्थिक विकासलाई अग्राधिकार दिने मनसाय प्रकट गरे पनि व्यवहारत: ठूलो हाँक नेपालको अविभाजित र स्वतन्त्र अस्तित्वको रक्षासित गाँसिएको विषय नै हुनेछ । यस यथार्थलाई आत्मसात नगरिएमा बालुवामा मुण्टो घुसारेर ‘बाहिर कुनै समस्या छैन’ भन्ने शुतुरमुर्गको चालाजस्तो परिस्थिति बन्न पुग्नेछ । आशा गरौं, ओलीको टोलीले नेपाली जनतालाई निराश पार्ने छैन ।  

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ४, २०८१

नेपालको सडकलाई ‘सुरुङ युग’मा प्रवेश गराउने महत्त्वाकांक्षी आयोजनाका रूपमा हेरिएको नागढुंगा सुरुङमार्ग सोमबार छिचोलियो । सुरुङको ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्री, मन्त्रीसहितका सरकारी अधिक...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x