×

NIC ASIA

सीके राउत पक्राउका भित्री रहस्य के हुन् ?

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
सीके राउतले काठमाडौंमा इन्जिनियरिङ पढ्दै गर्दा एउटा आम मधेसीको रूपमा भोगेको कहानीलाई आत्मकथाको रूप दिएका छन् । उनी भन्छन्, ‘काठमाडौंका बासिन्दाले मधेसीलाई मान्छे नै गन्दैनन् । मधेसीको हैसियत काठमाडौं र अन्य पहाडी भेगहरूमा आम नेपालीजत्तिको छैन ।’

उनले भनेको कुरा कुनै बेला आंशिक सत्य थियो । इतिहासको कुनै कालखण्डमा मानवहरू दासदासीको रूपमा बिक्री पनि गरिन्थे । तर विशेषगरी बहुदल आइसकेपछि कानूनी रूपमा र गणतन्त्र आइसकेपछि आधारभूत व्यावहारिक तहमै समस्या समाधान भइसकेको छ । आम मधेसीलाई हेर्ने पहाडीहरूको दृष्टिकोणमा आधारभूत रूपमा फरक भएर समानताको दिशातर्फ उन्मुख छ ।

सीके राउतले विक्रमको पचासको दशकमा काठमाडौंमा भोगेका कुराहरूलाई आधार बनाई मधेसीलाई विभेद गरेको देखाएर छुट्टै राज्यको परिकल्पना गर्नु सैद्धान्तिक रूपमै गलत छ । यसबीचमा वाग्मतीमा धेरै पानी बगिसकेको छ र साथसाथै वाग्मतीले काठमाडौंको वैचारिक अशुद्धता पनि बगाएर लगिसकेको छ ।

तर एकाध मान्छेलाई मधेसी मात्र होइन, उत्पीडित धेरै जातजाति र सीमान्तीकृत गरिएका जनताको आवाज सुन्न मन पर्दैन । राजनीतिमा पकड बनाएका त्यस्ता मान्छे र प्रवृत्तिको विरुद्धमा लड्नु आवश्यक छ, यसको अर्थ सीके राउतको विखण्डनको योजना ठीक छ भन्ने लाग्दैन ।

आधुनिक सञ्चार चेतनाको युगको शुरुवातसँगै करीब ९९ प्रतिशत समाधान भइसकेको नश्लीय दृष्टिकोणको समस्यालाई केही मान्छेले बल्झाउने कोशिश गरेकै कारणले सीके राउतपथलाई मलजल भइरहेको छ । त्यो एक प्रतिशत समस्या जति छिटो समाधान हुन्छ, सीके राउतको स्वराज मधेसको परिकल्पना उति छिटो नष्ट भएर जान्छ ।

सीके राउत बारम्बार पक्राउ परेर छुट्दै गरेका पात्र हुन् । पछिल्लोपटक जनकपुरबाट पक्राउ परेका छन् । धेरैले यसलाई प्रधानमन्त्री प्रचण्ड सरकारको सकारात्मक कदमको रूपमा व्याख्या गरेका छन् तर उनी नछुट्ने कुनै दरिलो आधार यसपल्ट पनि देखिएको छैन ।

प्रचण्ड एक अब्बल राजनीतिक खेलाडी हुन्, राजनेता हुन्हो/इनन् बहस नै नगरौं । उनका पछिल्ला धेरैजसो कामहरू देश र जनताको हितमै समर्पित छन् जस्तो देखिन्छ ।

आलोचनाले नआत्तिने र समर्थनले नमात्तिने एक्लो नेता प्रचण्ड हुन् । उनको अहिलेसम्मको कार्यकालमा उनलाई जति नङ्ग्याउने प्रयास गरिए, ती सबै रचनात्मक कामको लागि उपयोग गरिएको भए सबैलाई फाइदा हुने थियो ।

भोलि केपी ओली या शेरबहादुर देउवा जो प्रधानमन्त्री भएपनि त्यही प्रवृत्ति दोहोरिन्छ । यत्रो असह्य आलोचनाले आत्तिएर प्रचण्डले केही गलत गरिहाल्छन् कि भनेर विरोधीहरूले कुरेर बसेका थिए, तर उनी आफ्नो कार्यशैलीमा अडिग रहे ।

मधेस आन्दोलनको दशौं वर्षगाँठको अवसरमा सीके राउतले मान्छे भेला पारेर मधेसलाई छुट्टै देश बनाउँछु भनेको पनि करीब दुई हप्ता बितिसकेको थियो । राज्यले चाहेको भए त्यो कार्यक्रम नै बिथोल्न सक्थ्यो या भोलिपल्टै पक्राउ गर्न सक्थ्यो तर दुई सातापछि मात्र पक्राउ ग–यो । यसमा राजनीतिक अभीष्ट त पक्का लुकेको छ ।

यसको पृष्ठभूमिमा अन्य मधेसवादी पार्टीहरूले गर्ने भनेको आन्दोलन जोडिएको छ । उनीहरूले गर्ने भनिएको आन्दोलनमा विखण्डनको नारा नलागोस् भन्ने प्रचण्डको पहिलो ध्येय हो ।

लेखक अर्याल
सीके राउत पक्राउको अर्को उद्देश्य चुनावी वातावरण तयार गर्नु पनि हो । प्रचण्डलाई थाहा छ, सम्भावित चुनावी परिणाम उनको पक्षमा आउने स्थिति बनेको छैन तर चुनाव नगर्दा आफ्नो पार्टी अझै भयानक दुर्घटनामा त जान्छ नै, साथसाथै देशमा संवैधानिक रिक्तता आउने खतरा पनि छ ।

सीके राउतलाई पक्राउ गरेर यो देशमा विखण्डनको नारा लगाउनेलाई कारवाही हुने र अन्य मध्यमार्गी मागहरू जस्तै सीमांकन, समानुपातिक समावेशितामा सरकार लचक भएर प्रस्तुत हुन सक्ने भनेर संकेत गरिएको हुन सक्छ ।

सीके राउतलाई अहिल्यै पक्राउ गर्नुपर्ने तेस्रो कारण चाहिँ एमालेले चलाउने भनिएको तराई मधेस अभियानको क्रममा कुनै आपतकालीन दुर्घटना नहोस् भन्ने हो ।

दुर्घटना भइहालेमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने र संगीन घडीको निर्माण भएमा सरकार नै धरापमा पर्ने खतरा प्रचण्डलाई राम्रोसँग थाहा छ । तर मधेसमा एमालेप्रति अनुदार खेमाको बढोत्तरी भइरहेको अवस्थामा एमालेको मधेस आन्दोलनलाई सीके राउत पक्राउको घटनाले केही नकरात्मक असर पनि पर्न सक्ने र त्यसले आफ्नो पार्टीको उँचाइ बढाउनसक्ने विषयमा पनि प्रचण्ड जानकार छन् ।

चौथो र महत्वपूर्ण कारण भनेको, नक्कली राष्ट्रवादी हावाले फुलिएको एमालेको गुब्बारा लिएर नेताहरू लाइन लाग्दै लैनचौर जाँदै गर्दा ती गुब्बाराहरू बिस्तारै सुक्दै गइरहेको देखेका प्रचण्डले त्यसबाट निस्केको हावा सदुपयोग गरेर आफ्नो गुब्बारा फुलाउन चाहन्छन ।

सत्ताप्राप्तिको लागि कुनै इमान्दारिता नदेखाउने एमालेको पुरानो आनीबानीका बारेमा पूरै जानकार रहेका प्रचण्डले एमालेले सत्ताको लागि चाल्नसक्ने कुनै पनि सम्भावित कदमको बारेमा अग्रिम सुचना संकलन गरिरहेका छन् ।

संविधान संशोधन विधेयक पेश गर्न दिएर एमालेले देखाएको लचकतालाई सहमतिको सम्भावनाको कसीमा हेरेका प्रचण्डले एमालेको हल्ला र भ्रमको प्रभाव कम भइरहेको यो स्थितिलाई आफ्नो पक्षमा ल्याउन हरसम्भव प्रयास गरिरहेका छन् । उनी आफैं ले गरेका एकाध गलत निर्णयले आफैं आत्थु आत्थु भएका पनि छन् ।

संविधान निर्माणको समयमा भारतले दिएका सबै चुनौतीको सामना गर्न केपी ओलीसँग त्यस्तो मित्रता गाँसेका थिए प्रचण्डले मानौं त्यो कुनै जमानाको धर्मेन्द्र र अमिताभ बच्चनको जस्तो ‘ये दोस्ती हम नही तोडेंगे’ भन्ने गीतको जस्तो थियो । प्रचण्डको त्यो साथ र सद्भावको कदर गर्न एमालेले जानेको भए आज यस्ता दिनहरू देख्न पर्थेन ।

सीके राउत छुटून् नछुटून् तर उनले देखाएको विखण्डनको बाटो पूर्ण रूपमा रोकिन जरूरी छ । देशको माटो हातमा लिएर सबै दलका नेताहरू भूतकालमा जाऊन् र सीके राउतको गर्भाधान कसरी भयो, त्यसको अध्ययन गरून् अनि जडदेखि नै समस्याहरूको समाधान गरून् । आम नेपाली जनताको चाहना यही हो ।

चर्को राष्ट्रवादले अन्ततः विखण्डनलाई नै मलजल गर्ने हो । विखण्डन रोक्ने दुईवटा मात्र तरिका हुन्छन्ः एउटा भावनात्मक एकता कायम गराउनु र अर्को सेना लगाउनु । एक्काईसौं शताब्दीमा सेना लगाएर मानिसको चेतनालाई बन्ध्याकरण गर्नु सान्दर्भिक विषय पनि होइन । भावनात्मक एकतालाई मजबुत पार्नको लागि भने सबैतिरबाट त्याग जरूरी हुन्छ ।

अब अधिकार दिने र लिने विषयमा बहस आवश्यक नै छैन । बरू उत्पादनका स्रोतहरूको समानुपातिक र न्यायोचित वितरणमा ध्यान दिने हो भने हरेक व्यक्तिले आफू सार्वभौमसम्पन्न भएको महसूस गर्दछ । यसले ल्याउने समृद्धिको शीतल पवनले विखण्डनको चर्को, दुर्गन्धित र कर्कश हावालाई सधैंको लागि विस्थापन गरिदिन्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x