×

NMB BANK
NIC ASIA

‘आकाशमा चरासँगै उड्दा दिमागै लगाउनु पर्दैन’

कात्तिक २०, २०७४

NTC
Premier Steels
इटहरी, २४ माघ — घरमा स्कूले दुई छोराहरू थिए । मायालु श्रीमती थिइन् । काठमाडाैं गोठाटारका रैथाने माधव प्रसाद दाहाल भने बुवा र पतिका रुपमा बेग्लै रोलमा उभिन खोजिरहेका थिए । उनी पाइलट बन्न सोच्दैथिए ।

नेपालको एकमात्रै अन्तर्राष्ट्रिय एयरपोर्ट छेवैमा घर भएका दाहाल प्लेनको पाइलट बन्न भने खोजेका थिएनन् ।
उनी त प्याराग्लाइडिङ पाइलट बन्न चाहन्थे ।

त्यसबेलाका ३४ वर्षीय दाहालको पाइलट हुने सपना थियो जो बेला उनका कान्छा छोरा समीर र जेठा छोरा सुदीप क्रमशः १२ र १५ वर्षमा हिँड्दै थिए । स्कूल टेकेका छोरा भएका बाबु दाहाल भने एड्भेन्चर टेक्न चाहन्थे । तर, अहँ घरले पत्याएन । बाबु आमालाई सम्झाए, उनीहरूले मानेनन् । श्रीमतीलाई फकाए, उनले पनि मानिनन् ।

लन्डन छोडेर साहसिक पर्यटनमा

लगभग दुइ वर्षको लगातारको प्रयासपछि परिवार दाहाललाई पाइलट बन्न दिन तयार भयो । दाहालको ढिपीमा परिवार आउने त पुरानै परम्परा थियो ।

सन् २००१ देखि २००७ सम्म लन्डनमा लेखपढ गरेर बसेका दाहालले नेपाल पनि आफ्नै ढिपीले फर्केका थिए । उनको घरपरिवार, साथीभाइ र आफन्तहरूले सधैंलाई नेपाल नजा भने । तर दाहालले मानेनन् ।

शुभेच्छुकहरूले नेपालमा भविष्य छैन भने, तर दाहालले पत्याएनन् । अन्ततः दाहालको ढिपीले जित्यो र उनी नेपाल आए ।

नेपालको सुन्दरता, आत्मीयता र साहसिक पर्यटनमा लोभिएको बताउने दाहालले लन्डनमा आधुनिकता देखेको तर अपनत्व नपाएको बताए ।

‘लन्डनमा जत्तिसुकै गरेपनि आफ्नो जरा नेपालमै थियो र नेपालमै सानो शुरुवात गर्दा पनि ठूलो अर्थ हुन्छ भनेरै म नेपाल आएँ’, लन्डने सपना त्यागेर स्वदेश फर्केको प्रसंगमा दाहाल भन्छन्, ‘हो, लन्डनमा अग्ला भवन छन्, चिल्ला सडक छन्, आधुनिक जीवनशैली छ, तर त्यहाँ कतैपनि मैले आफ्नोपन भेटिनँ जुन म नेपालमा गल्लीगल्लीमा भेट्ने गर्छु ।’

तन्नेरी बेलाबाटै साहसिक पर्यटनमा सौखिन दाहालले गोसाईंकुण्डको यात्रा गरेका छन् । लाङटाङ र थोराङ्ला पास समेत दाहालको भ्रमण सूचीमा परिसकेका छन् । काठमाडौं–पोखरा त उनले थुप्रै फन्को मारेका छन् ।

पोखराको पुरस्कारले जन्माएको प्याराग्लाइडिङ प्रेम

थुप्रैपटक काठमाडांै पोखरा यात्रा गरेका दाहाललाई प्याराग्लाइडिङको संगत भएन । एकताका पोखरामा होटल व्यवसाय गर्दापनि उनलाई पाइलट हुने हुटहुटी जागेको थिएन ।

सन् २००८ मा दाहाल केही विदेशी मित्रहरूसँगै पोखरा यात्रामा थिए । पोखरामा पर्यटन उत्सव जस्तै एउटा कार्यक्रम थियो । त्यही कार्यक्रममा विदेशी पर्यटकलाई लक्षित गरी दुई किलोमिटरको टुरिस्ट रेसको आयोजना भएको थियो र विजेतालाइ निःशुल्क प्याराग्लाइडिङ उडानको अवसर प्रदान गर्ने प्रबन्ध थियो । नभन्दै दाहालका साथीले रेस जितेर निःशुल्क प्याराग्लाइडिङ उडान भरे ।

सँगैका साथीले निःशुल्क उडान भरेको देखेका दाहालले पनि उडान भरे । पैंतालीस सय रकम तिरेर उडान भरेका दाहाललाई आकाशमा यात्रुलाई उड्दाको आनन्द अनि पाइलटलाई उडाउँदाको सम्मान देख्दा प्याराग्लाइडिङ मोह बढेर आयो ।
अन्ततः ४५ सयमा प्याराग्लाइडिङ्ग सिक्न पुगेका दाहाल एक लाख खर्चेर पाइलट कोर्समा भर्ना भए । सनराइज प्याराग्लाइडिङ कम्पनी पोखराबाट प्याराग्लाइडिङ उड्न सिकेका दाहालले सम्पूर्ण खर्च र सरसामान खरिदमा गरेर २५ लाख खर्चेको बताउँछन् । फ्रेन्च पाइलटबाट प्याराग्लाइडिङ सिकेका दाहालले १४ दिने कोर्सका अतिरिक्त ८० वटा उडानहरू नेपाली पाइलटसँग गरे ।

२०१२ सम्ममा अनुभवी पाइलट बनिसकेका दाहालले पहिलो व्यापारिक उडान भने एक बेलायती युवतीलाइ उडाएर गरे । त्यो उडान पोखराको लेकसाइडमा रहेको फिनिक्स प्याराग्लाइडिङ कम्पनीबाट भएको थियो । पोखराकै ब्लु स्काई प्याराग्लाइडिङ कम्पनीमा पनि काम गरे उनले ।

पोखरामा सबैभन्दा धेरै उड्ने चिनियाँ पर्यटक

दाहालले नेपालीभन्दा बढी विदेशीलाई उडाएका छन् । विदेशीमा पनि सर्वाधिक उडाएकामा चिनियाँहरू हुन् । हुन त उनले ब्राजिली, युरोपेली, रुसी र भारतीयहरूलाई पनि उडाए तर पोखरामा भने चिनियाँहरू नै अत्यधिक उडाए ।

विगत दुई वर्षयता पोखरा छोडेर धरानमा उडान भर्ने दाहाल पूर्वमा भने चिनियाँहरूलाई उडाउन नपाएको बताउँछन् । ‘धरानमा मैले सय हाराहारीका उडानहरू भरें होला जसमा नेपाली, युरोपेली र भारतीयहरू परे तर चिनियाँहरू परेनन्’, आफ्नै कम्पनी धरान स्काई एडभेन्चर प्याराग्लाइडिङको धरान छाताचौक मास्तिरको अफिसमा बोल्दै दाहालले भने, ‘पूर्वमा चीन जोड्ने कोशीको किमान्थाङ्का र मेचीको ओलाङचुङ्गोला नाका खोल्ने हो भने यहाँ पनि चिनियाँ पर्यटकको थामिनसक्नुको भीड हुन्थ्यो किनभने चिनियाँहरू प्याराग्लाइडिङ प्रेमी हुन्छन् ।’

धरान कनेक्सन

प्याराग्लाइडिङ र पोखरा लगभग पर्यायवाची जस्तै भएको बेला दाहाललाई भने पूर्वको धरानमा पनि व्यावसायिक प्याराग्लाइडिङ गर्न सकिन्छ भन्ने लागेको थियो । धराने व्यवसायी मित्र रोशन अधिकारीको आग्रहमा दाहालले २०६९ सालको मंसिरमा धराने आकाशमा परीक्षण उडान भरे । उडान सफल भयो । उडान सफल भएपनि नागरिक उड्डयन प्राधिकरणबाट इजाजत लिन भने थप केही समय लाग्यो ।

९ अक्टोबर २०१५ बाट आधिकारिकता पाएको धरान स्काई एडभेन्चर प्याराग्लाइडिङले हालसम्म ३०० भन्दा बढीलाई उडान भरिसकेको छ ।

पूर्वको पहिलो व्यावसायिक उडान भर्ने कम्पनीको रूपमा स्थापित धरान स्काई एडभेन्चर प्रालिमा रोशन अधिकारीसँगै सञ्चालक रहेका दाहाल पूर्वमा प्याराग्लाइडिङको भविष्य सुन्दर भएको बताउँछन् । ‘अहिले हामीले दैनिक बढीमा नौवटासम्म उडानहरू भर्दै आएका छाैं जबकि अझै पनि थुप्रैलाई धरानमै यो सुविधा छ भन्नेसम्म थाहा छैन’, पाइलट दाहाल भन्छन, ‘जनस्तरसम्म कुरा पुग्ने हो भने यहाँको मार्केट व्यापक छ तर पाइलटहरू पाउन भने पोखरामा जस्तो सहज छैन पूर्वमा ।’

मकालु, कञ्चनजंघा र सगरमाथा हिमशृङ्खलासँगै तराईका सुन्दर फाँट अनि हरिया पहाडको दृश्य धराने प्याराग्लाइडिङका आनन्द हुन् भन्ने दाहाल पूर्वमा साहसिक पर्यटनप्रेमीहरू पनि मनग्गे रहेको बताउँछन् ।

‘सवारी दुर्घटनाभन्दा हवाई दुर्घटना कम हुन्छ’

पहिले पहिले घरबाट निस्कँदा दाहाललाइ सुरक्षित भएर चलाउनु भन्ने आदेश आउँथ्यो । दाहाल भने सडकमा हुने सवारी दुर्घटनाको तुलनामा हवाई दुर्घटना नगण्य हुने बताउँछन् ।

‘प्याराग्लाइडिङ दुर्घटना हुने भनेर कि त मौसमको खराबी कि पाइलटको दिमागमा खराबीले हो’, सुरक्षित उडानबारे बोल्दै दाहाल भन्छन्, ‘खराब मौसम त पाइलटले पूर्वानुमान गरेर हिँड्ने हो ।’ सफा मौसम र स्वस्थ मन÷मस्तिष्कले उडान भर्दा दुर्घटना नहुने ठोकुवा गर्दै दाहाल भन्छन्, ‘सचेत भएर स्वतन्त्र उडान भर्दा पटक्कै दुर्घटना हुँदैन र मै हुँ त्यसको प्रमाण ।’

‘चरासँगै प्याराग्लाइडिङ गर्दा दिमागै लगाउनु पर्दैन’

आठ वर्षभन्दा बढीको आकाशमा उडेको सुन्दर अनुभव बोकेका पाइलट दाहालको चरासँग उड्दाका रोचक अनुभवहरू पनि छन् । ‘सोलो उडानमा चरासँगै उड्दाखेरी कहिल्यै एक्लो महसूसै हुँदैन’, दाहाल भन्छन्, ‘उडानको भाषा हुन्छ र त्यो भाषा चराले जस्तो जन्मजात कुनै पाइलटले जानेको हुँदैन ।’

चरा कता जाँदैछ र कसरी कावा खाँदैछ हेर्दाखेरी पाइलटलाई हावाको गति र दिशा पत्ता लगाउन सहज हुने पाइलट दाहाल बताउँछन् । भन्छन्, ‘एक हिसाबमा आकाशमा भएका उडानका गुरु भनेकै चराहरू हुन् जसको चालढाल हेरेरै प्लेन अनि प्याराग्लाइडिङको जन्म भयो ।’

‘आम्दानी र आनन्द दुवै हो प्याराग्लाइडिङ’

सन २००८ बाट पाइलट कोर्स गर्न थालेका दाहालले हालसम्म ९०० वटा सोलो (एकल) उडान भरिसकेका छन् । दुई हजारजत्ति टेन्डेन (दुईजनाले गर्ने उडान) पनि गरिसकेका छन् । यसबीचमा थुप्रै फेरबदल भएको छ । जस्तै, पाइलट बन्दाका १२ वर्षीय कान्छा छोरा समीर अहिले बिएससी सिएसआइटी पढ्छन् । जेठा छोरा सुदीप पनि पाइलट सिक्दाको १५ वर्षे उमेरबाट बढेर स्नातकका विद्यार्थी भएका छन् ।

आफ्ना दुई छोरासँगै भाइका छोरालाई समेत उडाएका छन् दाहालले । यसबाहेक २५ लाख खर्चेर सिकेको ऋण तिर्न, घरखर्च चलाउन र दुई छोरा पढाउन दाहालले प्याराग्लाइडिङबाटै सकेका हुन् । दाहालका अनुसार प्रतिउडान यात्रुले तिर्ने फोटो, भिडियो सहितको सात हजारबाट ४५ सय पाउने एउटा व्यस्त पाइलटले महिनामा दुईदेखि पाँच लाखसम्म कमाउन सक्ने बताउँछन् ।

नाम र दाम हुने भएर पनि दाहाल आफ्नो पेशालाई औधी प्रेम गर्छन् । भन्छन्, ‘मेरो आम्दानी र आनन्द दुवै हो प्याराग्लाइडिङ ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x