×

NMB BANK
NIC ASIA

आन्तरिक पर्यटकका लागि आकर्षणको गन्तव्य बन्दै लिंगा

जेठ १९, २०७५

NTC
तस्बिर सौजन्य : सुन्दर सुपको फेसबुक पेजबाट
Premier Steels

महेन्द्रनगर, १९ जेठ – शिवलिङ्गेश्वर हेर्न चुल्लीगाड खोला नतरी हुँदैन । खोला तर्नुअघि बाटो छेउमा प्लास्टिक टहरामा पसल छ । शिवलिङ्गेश्वरका दर्शनार्थी त्यहीँ पसलबाट पूजापाठका सामान किन्छन् । बेदकोट नगरपालिका–४ बगुनका स्थानीय सोवीसिंह धामीले १ वर्ष अघिदेखि पूजापाठका सामान राखेर पसल सञ्चालनमा ल्याएका हुन् । उनले सामान बिक्रीसँगै लिङ्गा हेर्न आउने दर्शनार्थीको संख्या पनि टिपोट गरिराखेका छन् ।

Muktinath Bank

धामीले २०७४ भदौंदेखि  चैत ३० गतेसम्म लिङ्गा हेर्न आउने ३४ हजार ८ सय दर्शनार्थीको नाम टिपेका छन् । ‘पूजापाठका सामान राखेर बसेको छु, बिहान आउँछु, साँझ घर जान्छु, कहिलेकाहिँ मेला पर्वका बखत राति पनि यहीँ बस्छु,’ पसलमा भेटिएका धामीले भने, ‘जति आउँछन्, सबैले धन्य हो भन्ने गर्छन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धामी झण्डै ५ दशकअघि लिङ्गाको बाटो भएर तराई झरेका थिए । बैतडी पिपलकोट खम्तोला पुख्र्यौलीका धामी २०४६ सालमा विवाह गरी श्रीमतीसहित लिङ्गा भएर आए । ‘त्यो बेला यस्तै साना–साना थिए,’ धामी सम्झन्छन्, ‘अहिले आएर बढेका छन् ।’


Advertisment
Nabil box
Kumari

निकै वर्षसम्म चर्चामा आउन नसकेको शिवलिङ्गेश्वर ४ वर्षअघि नायिका रेखा थापा आएपछि एकाएक चर्चामा आएको हो । उनी हिम्मतवाली चलचित्रको छायाङ्कनका लागि लिङ्गा आएकी थिइन् । थापाले फेसबुकमा तस्बिर पोस्ट गरेपछि लिङ्गा एकाएक चर्चित बनेको हो । जुन फिल्मको छायाङ्कनले लिङ्गा भाइरल बन्यो, त्यहीँ फिल्ममा लिङ्गाको चित्र राखिएको छैन ।

Vianet communication

नायिका थापा अहिले पनि लिङ्गामा आउँछिन् । फिल्म छायाङ्कनका लागि होइन, वनदेवी पूज्नका लागि । फिल्म छायाङ्कन गरी फर्केपछि थापालाई वनदेवीले समातेकी थियो । त्यसको पूजापाठका लागि उनी आउने गरेकी हुन् । 
लिङ्गामा बैजनाथ, शिव, सिंह र वनेदवीका मन्दिर छन् । त्यसमध्ये वनदेवी ३ मन्दिरभन्दा अलग्गै छन् । लिङ्गामा देवी देवताको शक्ति भएको स्थानीय विश्वास गर्छन् ।

४ दशकअघि बगुनका स्थानीयले चुल्लीगाड खोलाबाट कुलो खनेर सिँचाइका लागि गाउँमा पानी लगे । त्यति बेला गाउँभर १७ परिवार मात्रै थिए । गाउँमा कुलो पुगेपछि पानी बिचमै हराएर गयो । त्यसपछि स्थानीय नन्दराज भट्टले पुकार गरेपछि बिहानै पानी आएको स्थानीय बताउँछन् । गाउँमा पानी आएपछि स्थानीयले नियमित रुपमा लिङ्गामा पूजापाठ गर्दै आएका छन् ।

अहिले लिङ्गा पर्यटकको आकर्षणको केन्द्र बनेको छ । छिमेकी देश भारतबाट समेत लिङ्गा हेर्न पर्यटक आउँछन् । भारतको राजधानी दिल्ली, बरेलीसम्मका दर्शनार्थी हेर्न आएका छन् । ‘जति पनि हेर्न आउँछन्, सबैको मुखबाट धन्य हो धन्य हो भन्ने निस्कन्छ,’ स्थानीय धामी भन्छन् । बाह्रै महिना पर्यटक आउने लिङ्गामा फागुनमा शिवरात्री र असोजमा नवरात्री मेला लाग्ने गर्छ । 

लिङ्गामा दुईथरि पर्यटक आउने गरेका छन् । पहिलो शिवरात्री, नवरात्री र अन्य पूजापाठसहित धार्मिक कार्यका लागि । अर्कोथरि लिङ्गाको तस्बिर लिन । धार्मिक कार्यका लागि आउनेबाट लिङ्गालाई अप्ठ्यारो छैन । फोटोका लागि आउनेबाट भने लिङ्गामा अप्ठ्यारो परेको छ । 

‘लिङ्गाको माथि नै चढ्न खोज्छन्, जति भने पनि मान्दैनन्, के गर्ने यसले लिङ्गा टुट्ने डर छ,’ स्थानीय धामी भन्छन् । लिङ्गामाथि चढ्नेलाई वनदेवी देखिने गरेको छ । लिङ्गामा चढ्न नपाइने नियम बनाइएको छ । कोही मदिरा सेवन गरी लिङ्गामा जाने गर्छन् । ‘यसले अलिकति अप्ठ्यारो पारेको छ, विकृतिजस्तो पनि देखिएको छ,’ धामीले भने, ‘यसलाई नियन्त्रण गर्न जरुरी छ ।’ 

बेदकोट नगरपालिकाले लिङ्गा र बेदकोट ताललाई जोडेर धार्मिक पर्यटकीय क्षेत्र बनाउन सुरु गरेको छ । लिङ्गाको पर्यटन प्रवद्र्धनका लागि दोस्रो नगरसभा लिङ्गामै गरिएको छ । बेदकोटका नगर प्रमुख अशोककुमार चन्दले लिङ्गाको धार्मिक पर्यटकीय विकासका लागि विशेष प्राथमिकता दिइएको बताए । ‘लिङ्गा र बेदकोटलाई एकआपसमा जोडेर धार्मिक पर्यटकीय क्षेत्र बनाउने योजना छ,’ नगर प्रमुख चन्दले भने, ‘यसका लागि गुरुयोजना बनाएर जान्छौं ।’

नगरपालिकाले लिङ्गामा ‘सेल्फी प्वाइन्ट’ निर्माण गरिदिएको छ । त्यहाँ पुगेर सेल्फी खिच्नेको भीड लाग्ने गर्छ । चुल्लीगाड खोलामा झोलुङ्गे पुल र लिङ्गासम्म पक्की सडक पुर्याउने नगरपालिकाको योजना छ । लिङ्गा प्रवेशका लागि प्रवेशद्वार निर्माण गरिएको छ । बेदकोट नगरकार्यपालिका बैठकले लिङ्गा प्रवेशको शुल्क तोकेको छ । त्यो निर्णय भने कार्यान्वयनमा आएको छैन । 

बेदकोटले केही महिनाअघि बेदकोट तालबाट बेदकोट भ्रमण वर्ष घोषणा गरेको छ । ‘यो भ्रमण वर्षले पनि लिङ्गाको प्रचारप्रसारलाई टेवा पुग्छ,’ बेदकोट नगरपालिकाका सूचना अधिकारी गणेश जोशीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x