असार ९, २०७५
विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए । पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...
जेठ २४, २०७५
काठमाडौं, २४ जेठ - फिफा विश्वकप फूटबल प्रतियोगिता यही जेठ ३१ गतेबाट रुसमा शुरु हुँदैछ । विश्वभरका करोडौं फूटबल समर्थक विश्वकपको प्रतिक्षामा छन् । आफूलाई मन पर्ने टोली र खेलाडीहरूको प्रदर्शनमा उनीहरूको नजर रहने छ ।
मैदानमा देखिँदा त ११ खेलाडी हुन्छन् । तर टच लाइन बाहिर रहने एक व्यक्तिको भूमिका त्यत्तिकै महत्त्वपूर्ण हुन्छ, जति खेलाडीहरूले मैदानमा खेल्छन् । मैदान बाहिर रहेर टीमको प्रदर्शनमा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्ति हो, प्रशिक्षक ।
प्रशिक्षक (आधुनिक क्लब फूटबलमा म्यानेजर) गेमको मास्टर माइन्ड हो । कुन-कुन खेलाडीलाई खेलाउने, कस्तो रणनीतिमा मैदान उत्रिने लगायतमा कुरा प्रशिक्षकले नै तय गर्छन् ।
टोलीमा जति नै प्रतिभावान खेलाडी किन नहुन्, एउटा राम्रो प्रशिक्षकविना सफलता प्राप्त हुन निकै कठिन हुन्छ ।
विश्वकपमा सकेसम्म स्वदेशी प्रशिक्षक !
फूटबल विश्वकपमा ३२ टीम सहभागी हुँदैछन् । त्यसमध्ये १७ टोलीको प्रशिक्षक स्वदेशी नै छन् ।
विश्वकपमा प्राय: टीमले सम्भव भएसम्म स्वदेशी प्रशिक्षक नै राख्छन् । त्यो यसकारण पनि हुनसक्छ, विदेशी प्रशिक्षक रहेको कुनै पनि टीम आजसम्म विश्व च्याम्पियन बन्न सकेको इतिहास छैन ।
सोही कारण यसपटक पनि उपाधि होडमा रहेका सबैजसो टीमले स्वदेशी प्रशिक्षक नै राखेका छन् । १५ टीममा मात्र विदेशी प्रशिक्षक छन् । यसमा बेल्जियमबाहेक अधिकांश टोली उपाधि होडबाट बाहिर रहेको मानिएको छ ।
एक रिपोर्टअनुसार विदेशी कोच विश्वकपजस्तो ठूलो प्रतियोगितामा असफल हुनुको मुख्य कारण हो, कल्चर । ऊ नयाँ शैली, रणनीति र फर्मेसनका साथ टोलीमा जोडिन्छ । खेलाडीहरू छिट्टै आफ्नो शैलीमा अभ्यस्त हुन् भन्ने उसको चाहना हुन्छ ।
तर अलग-अलग देशका प्रशिक्षक र खेलाडीबीच तालमेल मिल्न समय लाग्छ । यही अन्तर टीमको प्रदर्शनमा बाधक बन्न सक्छ ।
यी हुन् विदेशी प्रशिक्षक भएका १५ देश
इजिप्टमा अर्जेन्टिना, साउदी अरेबियामा स्पेन, इरानमा पोर्चुगल, मोरक्कोमा फ्रान्स, अस्ट्रेलियामा नेदरल्याल्ड्स, डेनमार्कमा नर्वे, पेरुमा अर्जेन्टिना, क्रोएसियामा युगोस्लाभिया, नाइजेरियामा जर्मनी, सर्भियामा युगोस्लाभिया, स्वीट्जरल्याण्डमा बोस्निया एण्ड हर्जगोभिना, मेक्सिकोमा कोलम्बिया, बेल्जियममा स्पेन, पानामामा कोलम्बिया र कोलम्बियामा अर्जेन्टिनाका प्रशिक्षक छन् ।
यसबाहेक विश्वकप खेल्ने सबै देशमा सोही देशका प्रशिक्षक छन् ।
विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए । पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...
काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् । राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...
आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...
काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...
युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...
काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् । अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...