नेपालको गणतान्त्रिक आन्दोलन तथा नयाँ संविधानको एउटा महत्त्वपूर्ण उपलब्धिमध्ये धर्मनिरपेक्षता पनि एक हो। यद्यपि पछिल्ला केही राजनीतिक घटनाक्रमले धर्मनिरपेक्षता वा सापेक्षता भन्ने विषयको बहस फेरि बिउँताउँदैछ। सञ्चारमाध्यमहरूमा पनि यसबारे बहस पैरवी बढ्दो छ।
सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसको महाधिवेशनबाट शेरबहादुर देउवा चामत्कारिक रूपमा राजनीतिको केन्द्र भएर उदाए। केही समयपछि उनी प्रधानमन्त्री हुँदैछन्। नेपाली कांग्रेसको नेतृत्व पहिलोपटक २५ वर्षपछि कोइराला परिवारबाहिर नेतृत्व आयो। गैरसंस्थापन पक्ष नेतृत्वमा हावी भयो। हिन्दू धर्मको सशक्त वकालत गर्ने शशांक कोइराला, खुमबहादुर खड्का अग्रमतले विजयी भए।
हिन्दूराज्य स्थापना नै आफ्नो राजनीतिक एजेन्डा भएका कमल थापा राजनीतिलाई प्रत्यक्ष प्रभावित गर्नसक्ने अवस्थामा छन्। हिन्दूधर्मलाई आफ्नो एजेन्डा मान्ने पार्टीहरू समेत एकीकरण भएका छन्। पुराना शक्तिहरूबाट देशको अग्रगामी र सकारात्मक परिवर्तन सम्भव नरहेको भन्दै डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी खोले। नेपालको संविधानमाथि बारम्बार असन्तुष्टि सार्वजनिक गर्दै आएको छिमेकी देशको पनि मुख्य चासो चाहिँ हिन्दुराष्ट्र भएको चर्चा/परिचर्चाहरू सुनिन्छन्।
संविधानको प्रस्तावित मस्यौदामाथि आम छलफल हुने समयमा पनि अधिकांश नागरिकबाट यो माग आएको समाचारहरू बाहिरिएका थिए। यी आधारमा अहिले प्रश्न उठ्दैछ, के नेपाल फेरि हिन्दूराष्ट्र हुन्छ त ? भविष्यमा जस्तोसुकै परिणाम आएपनि सापेक्षता वा निरपेक्षतालाई प्राथिमकतामा राखेर भइरहेका सबै बहस र विश्लेषणमा उत्तिकै सबल तर परस्पर विपरीत दलीलहरू छन्।
विश्वका लगभग ८० देश संवैधानिक हिसाबले धर्मनिरपेक्ष छन्। उत्ति नै संख्यामा धर्म सापेक्ष देशहरू समेत छन्। लगभग दुई दर्जन देशहरूले आफूलाई कुनै कित्तामा देखाएका छैनन्। इराक, इरान, अफगानिस्तान र म्यादागस्कर जस्ता देशहरू पहिले धर्मनिरपेक्ष भएर पनि फेरि सापेक्ष घोषित भएका छन्। तसर्थ निरपेक्षता/सापेक्षता कुनै अलौकिक र अपराजयी गुणभन्दा पनि वस्तुगत आवश्यकताको आधारमा सम्बन्धित देशले निर्णय लिने विषय हो।
अहिले पनि अमेरिकामा राष्ट्रपति हुन क्रिस्चियन प्रोटेस्टेन्ट नै हुनुपर्छ। बेलायतकी महारानी क्याथोलिक धर्मकी संरक्षक मानिन्छिन्। अस्ट्रेलियाले संविधानमै आफूलाई क्रिस्चियन राष्ट्र मान्छ। संसारका थुप्रै देशले आफूलाई सगर्व इस्लामिक देश भनेर चिनाउछँन्। यसरी हेर्दा धर्म एक प्रकारको स्थायी परिचय भएको देखिन्छ। यसको क्षणिक तथा उत्तेजनात्मक अदलबदलले निकै विग्रह ल्याउन सक्छ।
सिद्घान्ततः धर्म निरपेक्षताले मानिसलाई धार्मिक कट्टरता र अन्य समुदायप्रतिको अनुदारभावबाट पर राख्ने आशा गरिन्छ। तर ‘सेकुलराइजेसन् इन अमेरिका' नामक अनुसन्धानात्मक कृतिका लेखक इंगुलर हार्ट्स भन्छन्, ‘धर्म निरपेक्षताको घोषणाले नागरिकलाई झन् बढी धार्मिक बनाउँछ। धर्मनिरपेक्षतामा आपसी मतभेद बढ्छ।'
मिलेर बसेका धार्मिक समुदायमा प्रतिस्पर्धी भावनाको बीजारोपण हुन्छ। अन्य समुदायको जति नै सबल र प्रचारित हिसाबले धर्मको प्रयोग कसरी गर्ने भन्ने होडबाजी हुन्छ। अरू समुदायमा हुने धार्मिक गतिविधिका सघनताले कतै आफ्नो धर्मलाई ओझेलमा पार्ने त हैन भन्ने संकोच जन्मन्छ। मिलेर बस्नेभन्दा कसरी आफ्नो धर्मलाई सबल देखाउने भन्ने मनोदशाले डोहोर्याउँछ।
दशैंभन्दा क्रिसमसमा किन बढी तडकभडक नगर्ने भन्ने भावना आउँछ। पशुपतिमा हिन्दूले मात्रै किन प्रवेश पाउने, आर्यघाटकै समीपमा क्रिस्चियन समूहले मृत शरीर राख्न किन नपाउने जस्ता विवाद देखिनेछन्। सबै समुदायलाई अरूले गर्दा आफ्नो धर्ममाथि संकट र विनाश आउन लागेको भ्रम पर्छ। धर्ममा आफ्नो परिचय देख्न थाल्छन् मानिसले। समाजमा अन्य समुदायका मानिसप्रति सहानुभूति र सामीप्यभन्दा सतर्कता बढी हुन्छ। एकअर्कालाई आत्मीय मित्रवत् समूहभन्दा प्रतिस्पर्धी समूहको रूपमा बुझिन्छ। धर्म संरक्षणको नाममा जडसूत्रवाद र कट्टरता बढ्न सक्छ। धार्मिक भड्काउ तथा द्वन्द्व निम्तिन सक्छ।
कुनै खास विवाद नभए समाजबाट धार्मिक आस्था र भावना स्वतः हराउँछ। राजधानी नै त्यस्तो ठाउँ हो जहाँबाट हिन्दू धर्मको वकालत गर्ने कमल थापाले सबैभन्दा धेरै भोट ल्याए। अनि त्यहीँका मानिस दशैं÷तिहारभन्दा बढी हर्षेाल्लाससाथ क्रिसमस र अंग्रेजी पात्रोको नयाँ वर्ष मनाउँछन्। तर जब नियोजित हिसाबले धर्मनिरपेक्षता भनियो, तब उनीहरू सशंकित भएका हुन्। पहिचान मेटिने सम्भावनाका कारण धार्मिक मान्यताको सघन अभ्यास र प्रचार गर्न लालयित हुँदैछन्। कुनै निर्णय नलिएको भए शायद केही दशकमा आफैं धार्मिक चेतना हराउँथ्यो होला, अब झन् सघन बन्दैछ।
धर्मनिरपेक्षताको विषय नेपालमा दीर्घकालीन झगडाको बिउ रोप्न चाहनेहरूले ल्याए। बहुदलीय प्रजातन्त्रको पुनःस्थापनासँगै २०४६ आसपास सामाजिक विग्रह निकै उच्च थियो। बिहेवारी, धर्मकर्म, जन्ती÷मलामीमा समेत सहभागीहरूको राजनीतिक पार्टी मिले/नमिलेको हेरिन्थ्यो। राजनीतिक आस्था र दलीय सहभागिताका आधारमा कलह तथा भेदभाव गरिन्थ्यो।
अहिले नागरिकलाई राजनीतिक आस्था सामान्य लाग्न थाल्यो। त्यसमा अनावश्यक लडार्इं÷झगडाको स्थितिको अन्त्य भयो। तब समाजमा गलत चिन्तन र भड्काउ ल्याउने अर्को पक्ष धर्मको नाममा आएको छ। यो नागरिकलाई विभाजित गर्ने एक सुनियोजित षड्यन्त्र हो। हामी चाहिनेभन्दा बढी नै विभाजित हुँदैछौं। पाकिस्तानको लाहोरमा फागु पूर्णिमामा बिदा दिइन्छ। अमेरिकाका पुर्वराष्टप्रति ओबामाले भाइटीका लगाए। विदेशस्थित नियोगका मानिसले विजया दशमीको टीका लगाएका छन्। बेलायती प्रधानमन्त्री टेरेसा मेले शिवको मन्दिरमा नेपाली पोशाकसहित पूजा गरेको समाचार बाहिरिए।
हाम्रैमा पनि आफूलाई हिन्दू भन्नेहरू बुद्घ पूर्णिमा अनि क्रिसमस पनि उत्तिकै धुमधाम रूपमा मनाउँछन्। तर क्रिसमस मनाउने चाहिँ दशैं तिहारको कटाक्ष गर्नमा व्यस्त छन्। धर्मको नाममा उच्च कट्टर बन्दैछौं हामी, सोच नै त्यस्तो हैन तर सुनियोजित षड्यन्त्रको रूपमा कतैबाट फँसाइदैछ र हामी फस्दैछौं।
सांस्कृतिक परिवर्तन सहजै सम्भव छैन, कानूनमा लेखेर मात्र हुँदैन। मन्दिरभित्र बंगुर पसाउनेहरू अहिले भैंसीपूजा गर्छन्। संस्कृतिको हुज्जत गर्नेहरू स्वयं दशैं मनाउँछन्। बुर्जुवा शिक्षा भन्दै जनताका छोराछोरीलाई विद्यालयबाटै बन्दुक बोक्न पठाएकाहरूले आप्mना छोराछोरीलाई दूतावासमा भनसुन गरिकन विदेशका राम्रा विश्वविद्यालयहरूमा अध्ययन गराउँछन्। धर्म पनि यस्तै मनोवैज्ञानिक विषय हो, जसमा जबर्जस्त परिवर्तन सम्भव थिएन र भएन।
धर्म कुनै उपलिब्धको मापक हैन। धर्म विशेषलाई राज्यले प्राथमिकतामा पारेको छैन। संस्कृतलाई केही समय संरक्षण गरेको आर्यजनको प्राचीन भाषा भएर हैन। पूर्र्वीय तटमा ज्ञानका उच्च दर्शनहरू तत्कालीन समयमा संस्कृतमा लेखिएका थिए। बौद्ध दर्शनसँग सम्बन्धित पाली भाषामा लेखिएका कुरालाई पनि राज्यबाट उत्तिकै संरक्षण प्रदान गरिएको छ।
जर्मनीमा संसारका सबैभन्दा धेरै संस्कृत विश्वविद्यालयहरू छन्। प्राचीन दार्शनिक कौटिल्यको तत्कालीन अर्थशास्त्र संस्कृत भाषामा लेखिएको थियो। प्राचीन पाश्चात्य दर्शनका आधार ज्ञानसम्बन्धी पुस्तकहरू हिबु्र, ल्याटिन तथा ग्रीक भाषमा लेखिएका देखिन्छन् जसको पश्चिमा संसारले उत्तिकै संरक्षण गरेको छ। कमजोरी केही भएपनि अभिभावकत्व कहिल्यै विनाश गर्नुहुन्न। राज्यले केही भाषाहरूमा गरेका लगानी धर्मको हिसाबले नभई त्यसको धरातलको हिसाबले भएको हो जसलाई हामीले गलत व्याख्या गर्दै सामाजिक विग्रह अनि इतिहासको विनाशको लागि प्रयोग गर्दैछौं।
विश्वका कतिपय समुदाय नेपालका गौरवहरूमाथि नियोजित आक्रमण चाहन्छन्। भारत बुद्घमाथि आक्रमण गर्छ, युरोप धर्म र अमेरिका जातलाई लिएर कलह रोप्दैछन्। फरक प्रयासको एउटै उद्देश्य चाहिँ यो देशलाई उनीहरूको परीक्षण प्रयोगशाला बनाउने हो। युरोपका अधिकांश देशमा स्थायी प्रकारको बस्ती थिएन, धुमन्ते/फिरन्ते प्रथा थियो। विभिन्न ठाउँबाट विभिन्न समूहका मानिस आएर बसे। तर नेपाल लामो समय स्थायी बसोबास भएको ठाउँ हो। यसको आफ्नो एउटा मुख्य धर्म, संस्कृति, परम्परा अनि जीवन दर्शन स्वाभाविक हुन्छ।
नेपाल एकमात्र हिन्दू राष्ट्र हुँदा विश्वभरका हिन्दूहरूको चासो बढेको थियो। पहिले पनि धर्ममा कट्टर हुने र अरूप्रति अनादर देखाउने सोच कसैमा थिएन र अभ्यास पनि भएन। तर आवश्यकभन्दा बढी सहजीकरणले कहिलेकाहीँ शंका जन्माउछ। चाहिनेभन्दा बढी सतर्कताले झन् सन्त्रास ल्याउँछ। रोग नै नलागेको मानिसलाई उपचार गर्न खोजियो भने चिकित्सकमा गलत हिसाबले पैसा कमाउने स्वार्थ छ कि भन्ने शंका जन्मन्छ।
धर्मनिरपेक्षता यस्तै एउटा गलपासो भएको छ। धर्मका नाममा निरपेक्ष र सापेक्षताको झगडा देशको विकास, आत्मीयता अनि सौहार्द्रतामाथि एक अधर्र्मी र निर्दयी गलपासो बन्ने सम्भावना देखिन्छ। अरूका लागि विभाजित कि आप्mना लागि एकाकार हुने, एकपटक फेरि सघन र स्वच्छ बहस चल्नुपर्छ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...