×

NIC ASIA

पन्ध्र वर्षअघि ठगिएका दहालले १ लाखको बदलामा पाए ५ हजार, पीडितको पैसा नतिरी म्यानपावर खारेज !

साउन ३१, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – वि.सं. २०६० सालमा राम्रो कामका लागि मलेसिया पठाइदिने भन्दै सुनसरीका देवीप्रसाद दाहालसँग नेपाल डाइनेस्टी ओभरसिस प्रा.लि. नामको म्यानपावर कम्पनीले एक लाख रुपैँया माग्यो ।

Muktinath Bank

राम्रो काम भनेपछि दाहालले साउन ६ गतेका दिन उक्त म्यानपावर कम्पनीका सञ्चालकद्वय गोपाल थापा मगर र जयराम पौडेलाई एक लाख बुझाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनीले विदेश जाने योजनामा रहेका अन्य व्यक्तिलाई पनि ल्याएमा दाहाललाई छुट समेत दिने बतायो ।


Advertisment
Nabil box
Kumari

विदेश पठाउन प्रोसेसिङका लागि शुरुमा २५ हजार चाहिने भन्दै कम्पनीले युवाहरूसँग २५/२५ हजार जम्मा गरेर ल्याउन भनेको थियो ।

Vianet communication

दाहालले आफूले छुट पाउने आशामा गाउँका ५ जना युवासँग २५ हजारका दरले पैसा पनि उठाइसकेका थिए । तर उक्त म्यानपवार कम्पनीले दाहाललाई भनेको समयमा विदेश पठाएन ।

आफैंलाई समेत विदेश जान भिसा आउँदैछ भनेर म्यानपावरवालाले झुलाउन थालेपछि उनले गाउँका युवाहरूसँग उठाएको पैसा फिर्ता गरिदिए ।

‘मैले १ लाख भने अगाडि नै बुझाइसकेको थिएँ । त्यो म्यानपवारवालाले खाइदिए,’ दाहालले लोकान्तरसँग भने, ‘म आफैँलाई समयमा विदेश नपठाएपछि गाउँका पाँचजना भाइहरूको पैसा मैले म्यानपावरलाई नदिई उनीहरूलाई नै फिर्ता गरिदिएँ ।’ अन्ततः दाहालको पैसा फस्यो ।

विदेश पठाइदिन्छु भनेर नपठाएपछि दाहालले श्रम तथा रोजगार प्रर्वद्धन विभाग बानेश्वरमा २०६० साल माघ २६ गते निवेदन दिए । म्यानपावर कम्पनीलाई दिएको एक लाख रुपैँयाको बिलको प्रमाण दाहालसँग थियो ।

निवेदन दिएको करीब डेढ वर्षपछि विभागले आफूलाई पाँच हजार रुपैयाँ मात्रै दिलाएको उनले बताए ।

उनले भने, ‘मलाई त्यतिबेला ल तपाईले पाँच हजार रुपैयाँ पाउनुहुन्छ भनेर दिए । मैले त्यो पैसा लिएँ । पछि बुझ्दा म्यानपावरले खाएको मेरो पूरै पैसा फिर्ता पाउने रहेछु भन्ने थाहा पाएपछि मैले फेरि उजुरी गरेँ ।’

व्यजसहित ३ लाख तिरे ऋण !

२०६० सालमा दाहाल भर्खरै स्नातक तहको परीक्षा सकेर बसेका थिए । घरमा बुबा, आमा र हजुरआमा र उनी मात्रै थिए । स्नातकसम्मको पढाइसँगै घरको जिम्मेवारी पनि बढ्दै थियो ।

त्यही जिम्मेवारी पूरा गर्न दाहालले विदेश जाने योजना बनाएका थिए । विदेश गएर धन कमाउने आशामा दाहालले गाउँमा साहुसँग एक लाख रुपैँया ऋण लिएर म्यानपावर कम्पनीलाई बुझाएका थिए । 

तर म्यानपवार कम्पनी पैसा लिएर भागेपछि उनी विदेश जान पाएनन् ।

स्नातक तहको परीक्षा दिएर बसेका दाहालले नेपाल रेडक्रस सोसाइटीमा जागिर पाए । उनले नेपालमै गरेको जागिरबाट साहुसँग लिएको ऋणको ब्याजसहितको रकम तीन वर्ष लगाएर तिरेको बताए । 

‘साहुबाट विदेश जान लिएको ऋण ब्याज समेत गरेर तीन लाख तिर्नुपर्‍यो । मेरो तीन वर्षको कमाइ साहुको ऋण तिर्दैमा सकियो,’ उनले पछुतो मान्दै भने, ‘त्यो बेलामा एक लाखमा काठमाडौंमा चार आना जग्गा आउँथ्यो । त्यतिबेला काठमाडौंकै जग्गामा लगानी गरेको भए अहिले म दुई करोडको मालिक हुन्थेँ । यसरी दैनिक विभाग धाउनु पर्ने पनि थिएन ।’

१५ वर्षमा २० पटक धाए विभाग

दाहालले १५ वर्षको समयअवधिमा उक्त म्यानपावर कम्पनीविरुद्ध चारपटक उजुरी दिइसकेका छन् । उनी २० पटकभन्दा बढी वैदेशिक रोजगार विभाग धाइसकेका छन् । दाहालले विभागलाई म्यानपवार सञ्चालकलाई कारवाही गर्ने/नगर्ने जानकारी दिनुस् भनेर समेत निवेदन दिए । तर विभागका कर्मचारीले हुँदैछ भनेर टार्ने गरेको उनको गुनासो छ ।

‘मैले चारपटक निवेदन दिइसकेको छु । विभागले म्यानपवारलाई कारवाही गर्ने मनसाय नै राख्दैन । भरसक आलटाल मात्रै गर्ने नियत राखेको छ,’ उनले गुनासो गरे, ‘केही दिनअघि पनि गएको थिएँ । खोज्दैछौं, गर्दैछौं मात्रै भन्छन् ।’

म्यानपावर कम्पनीको धरौटी रकम वा सञ्चालकको सम्पत्तिबाट पीडितको रकम दिलाउनु पर्ने भएपनि विभागले पीडितलाई बेवास्ता गरेको उनको आरोप छ । उनले आफूले वैदेशिक रोजगार विभागमा लिएको निवेदन र म्यानपावरको फाइल नै गायव गरिएको र आफूलाई झुलाउने मात्रै गरेको गुनासो गरे ।

यता वैदेशिक रोजगार विभागले भने उक्त म्यानपवार कम्पनी खारेज भइसकेको जनाएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिपकुमार चापागाइँ म्यानपवार कम्पनीको धरौटी रकमबाट ठगीमा परेकाहरूको रकम फिर्ता गरेपछि मात्रै कम्पनी खारेज गरिने बताउँछन् ।

सुनसरीका दाहालले क्षतिपुर्ति नपाएको विषयमा प्रश्न गर्दा उनले भने, ‘हामीले पीडितलाई क्षतिपुर्ति भराएर मात्रै कम्पनी खारेजी गर्छौं । धेरै पुरानो केस रहेछ । यो विषयमा बुझ्न समय लाग्छ । म बुझेर जानकारी दिन्छु ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x