×

NIC ASIA

साउदीमा ३८ नेपाली एक महिनादेखि अलपत्र : उताबाट फोन गरेर रुन्छन्, विभाग धाउँदै आफन्त !

भदौ ३, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – सिन्धुलीकी कमला राना वैदेशिक रोजगार विभाग बुद्धनगरमा आइतबार मलिन अनुहारमा भेटिइन् ।

Muktinath Bank

वैदेशिक रोजगारीका लागि साउदी गएका पति अलपत्र परेपछि उनी आफ्नो पतिलाई नेपाल झिकाइदिन माग गर्दै विभाग आइपुगेकी हुन् । कमला विभागमा धाउन थालेको पनि धेरै भइसक्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इम्पावर ओभरसिज प्रा.लि. नामको म्यानपावर कम्पनीले उनका पतिलाई  क्याटरिङमा वेटरको काम लगाइदिने भन्दै गत चैत ३ गते साउदी अरेबिया पठाएको थियो ।


Advertisment
Nabil box
Kumari

एक लाख तीस हजार नेपाली रुपैयाँ तिरेर साउदी गएका कमलाका पतिले डेढ महिनासम्म काम नै पाएनन् ।

Vianet communication

पतिले फोनमा आफूलाई म्यानपावरले काममा नै नलगाएको बताएपछि कमलाले म्यानपावरवालासँग पतिलाई नेपाल झिकाइदिन भनिन् । तर म्यानपावरवालाले काम लगाइदिने भनेर टार्‍यो ।

राम्रो काम भनेर विदेश पठाइएको थियो, तर उनले शौचालय सफा गर्ने काम पाए । त्यसबापतको तलब पनि नपाएको कमलाले गुनासो गरिन् । तलब माग्दा उनका पतिलाई कम्पनीले कामबाटै निकालिदियो । कामबाट निकालिएपछि उनी साउदीको चर्को घाममा भोकै सडकमा भौँतारिन बाध्य भए ।

‘श्रीमानले फोनमा होटलमा काम लगाइदिने भनेर शौचालयमा काम लगाइदिएको भनेर सुनाउनुभयो, पछि त्यही कामको पनि तलब नदेर निकालिदियो,’ कमलाले लोकान्तरसँग भनिन्, ‘सडकमा भोकै छु, नेपाल झिकाऊ भन्दै श्रीमान् फोनमै रुनुभयो ।’

त्यसपछि पतिको उद्धारका लागि भन्दै उनी वैदेशिक रोजगार विभाग धाउन थालेकी हुन् ।

३८ जना नेपाली साउदीमै अलपत्र

कमलाको पतिसँगै गएका अन्य ३७ जना नेपाली पनि अहिले साउदीमा अलपत्र छन् ।

आफ्नो मान्छे विदेशमा अलपत्र परेपछि ३८ जनाकै आफन्त आइतवार विभागमा भेला भएका थिए ।

उनीहरूले गत साउन ३ गते आफ्ना आफन्तलाई झिकाइदिन माग गर्दै उजुरी पनि दिएका थिए । उजुरी दिएको एक महिनासम्म खासै पहल नभएको उनीहरूको गुनासो छ ।

यसरी परे अलपत्र

फागुन र चैत महिनामा गरी इम्पावर ओभरसिज प्रा.लि. र तीनजुरे इम्प्लोइमेन्ट सर्भिस प्रा.लि. नामको म्यानपावर कम्पनीले ३८ जना नेपालीलाई साउदीमा पठाएका थिए ।

वैदेशिक रोजगारीमा गएका ३८ जना नेपालीले साउदी गएको डेढ महिनासम्म काम पाएनन् ।

उजुरीपछि विभागले उनीहरूलाई साउदी पठाउने म्यानपावर कम्पनीको कामकारवाही रोक्का गरेर कारवाही अघि बढायो ।

काम रोक्का भएपछि इम्पावर ओभरसिजका सञ्चालक तारामणि राई तथा तीनजुरे इम्प्लोइमेन्टका सञ्चालकहरू राजकुमार राई, कविन्द्र थापा र बबिन राई विभागमै आए ।

वैदेशिक रोजगार विभागले विदेशमा अलपत्र परेकाहरूको आफन्त र म्यानपावर कम्पनीका सञ्चालकलाई राखेर कुराकानी गरायो ।

छलफलमा म्यानपावर कम्पनीले सबैलाई काम लगाइदिने र भनेअनुसारको तलब पनि दिलाउने सहमति गर्‍यो र छलफल टुंगियो ।

विभागका अधिकारीहरूको सहमतिमा दुई पक्षीय हस्ताक्षर पनि भयो ।

डेढ महिना काम गरे, तलब माग्दा निकालिए !

म्यानपावरसँगको सहमतिपछि पनि उनीहरूले भनेअनुसारको काम र तलब पाएनन् ।

काममा लागेको डेढ महिना बितिसक्दा पनि तलब नपाएपछि उनीहरूले साहुसँग तलब मागे । तलब माग्दा कामबाटै निकालिनुपरेको विभागमा भेटिएका पीडितका आफन्त प्रदीप सुन्दासले बताए ।

‘पहिला तीन जना तलब माग्न गए, उनीहरूलाई कामबाट निकालिदियो । पछि त्यहाँ काम गर्ने ३८ जनालाई नै तलब मागेकै निहुँमा निकालियो,’ सुन्दासले भने, ‘विदेशको ठाउँमा पानीसमेत पिउन पाएनन् । २४ घण्टा त सडकमा भोकभोकै बस्नुपर्‍यो ।’

त्यसपछि आफन्तहरू पुन: विभागमा आए । साउन ३ गते अर्को उजुरी दर्ता भयो । सामूहिक रूपमा दर्ता गराएको त्यो उजुरीले केही हदसम्म काम गर्‍यो । एनआरएनएको तर्फबाट उनीहरूले दुई दिनपछि खाना खान पाए ।

‘हामीले यहाँबाट विभिन्न संस्थालाई गुहारेपछि हाम्रा आफन्तले दुई दिनपछि बल्ल खान पाए,’ उनले गहभरी आँसु पार्दै सुनाए ।

नेपालबाट आफन्तको पहलमा केही समय खाना पाए पनि ३८ जना नेपाली एक महिनाअघिदेखि साउदीमा अलपत्र छन् ।

विभिन्न संघ-संस्थाको पहलमा दुई बोरा, चामल, एक बोरा दाल र एक केजी नून र एक लिटर तेल पाएका थिए । उक्त खाद्यान्न पनि सकियो ।

एउटै कोठामा ३८ जना कोच्चिएर बसेका छन् । उनीहरू यथासक्य छिटो नेपाल फर्कन चाहन्छन् ।

‘फोन गर्दा राम्रोसँग बोल्न समेत सकेका छैनन्, हाम्रो उद्धार नै हुँदैन कि भनेर चिन्तामा छन्,’ सुन्दासले सुनाए ।

वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धव रिजाल भने साउदीमा अलपत्र नेपालीको उद्धारका लागि पहल भइरहेको बताउँछन् ।

‘अहिले पनि हामी त्यही विषयमा छलफल गरिरहेका छौं, साउदीको केसमा उद्धारका लागि अलि समय लाग्छ, तर उहाँहरूको उद्धार हुन्छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x