×

NIC ASIA

शल्यक्रियामा सफलता : ७ घण्टाको प्रयासपछि बचाइए गर्भवती महिला र शिशु

भदौ ८, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – रामेछापकी २४ वर्षीय प्रमिला अर्याल ३७ हप्ते गर्भवती थिइन् । बिहीवार बिहान अत्याधिक छाती दुख्यो भन्दै उनी भन्दै छट्पटाउन थालिन् । उनका आफन्तले तुरुन्त मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा लगे ।

Muktinath Bank

अस्पतालले उनलाई आकस्मिक सेवामा भर्ना गरेर तुरुन्त भिडियो एक्सरे गर्यो । भिडियो एक्सरेमा अर्यालको उच्च रक्तचापका कारण मुटुको नली फुट्ने अवस्थामा पुगेको देखियो । तुरुन्त अप्रेसन नगरे आमाबच्चा दुवैको ज्यान जान सक्ने अवस्था थियो । तर, अप्रेसनको क्रममा पनि मृत्यु हुने जोखिम नै थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पतालले तत्काल चिकित्सक र बिरामीका आफन्तसँग छलफल गर्यो । छलफबाट अस्पताल र अर्यालका आफन्तबीच अप्रेसन गर्ने सहमति भयो । बिरामीका आफन्तले सहमति जनाएपछि अस्पताले अप्रेसनको लागि चिकित्सकको ठूलो टीम तयार पार्यो ।


Advertisment
Nabil box
Kumari

अस्पतालले सर्जरीको टीममा डा. अनिल भट्टराई, डा. प्रभात खकुराल, डा. रवि बराल, डा. निकेश भण्डारी, एनेस्थेसिययाको टीममा डा. विश्वास प्रधान, डा. विभुस श्रेष्ठ, डा. मणिन्द्र बस्नेत, डा. प्रिस्का बास्तोला, डा. अर्जुन गुरुङलाई खटायो ।

Vianet communication

डा. ज्योति शर्मा, डा. बेर्खा लक्ष्मी मानन्धर, डा. सुनिती रावल, डा. सुनिता बज्राचार्य, डा. सुभना मास्के गाइनोक्लोजिस्ट तथा बालरोग विशेषज्ञ डा. प्रदिप पौडेल र डा. कविता मानन्धर टीममा थिए ।

महेन्द्र भट्ट, पूर्ण मोक्तान, रविन्द्र शाहले प्राविधिक र जया शर्मा, अर्चना गुरुङ, सरिता त्रिपाठी, लक्ष्मी योन्जन, रुची शाह र रविना मानन्धरले नर्सिङ सहयोगमा लागे । जसको नेतृत्व सर्जन डा. अनिल भट्टराईले गरे । 

‘बिरामीको अवस्था निकै जटिल थियो, आमाबच्चा दुवै मृत्युको मुखमा थिए, पहिला हामीले सल्लाह गर्यौं र बिरामीको आफन्तसँग सहमति गरेर अप्रेसन शुरू ग¥यौं,’ डा. भट्टराईले लोकान्तरसँग भने । अप्रेसनका लागि १५ पाउन रगत तयारी अवस्थामा राखियो ।

चिकित्सकको टोलीले अर्यालको सल्यक्रिया गरेर पहिला बच्चा निकाले । शिशु बेहोस अवस्थामा थियो, उसलाई भन्टिलेटरमा राखियो । भेन्टिलेटरमा राखेको केही समयमा शिशुको होस खुल्यो ।

डा. भट्टराईको टीमले अर्यालको मुटुको शल्यक्रिया शुरू गर्यो । करीब ७ घण्टाको निरन्तर शल्यक्रियापछि प्रयास सफल भयो । आमा र बच्चा दुवै मृत्युको मुखबाट बाँच्न सफल भए । अहिले आमा र शिशु दुवै खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

‘हामीले गरेको डिसिजन सही थियो, हामी सफल पनि भयौं । हाम्रो टीम निकै खुशी छ,’ डा. भट्टराईले खुशी हुँदै भने, ‘हामीले आमा बच्चा दुवैलाई बचाउन सफल भयौं ।’

डा. भट्टराईले मुटुरोग सम्बन्धी उपचारमा संलग्न भएको आफ्नो १३ वर्षको करिअरमा यस्तो केस पहिलो पटक हेरेको बताए । उनले भने, ‘यो निकै रियर केस हो, यस्तो केस कमै भेटिन्छ, यो केसमा सफल अप्रेसन गर्न पाउनु सौभाग्य पनि हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x