×

NIC ASIA

सरकार र आन्दोलनरत चिकित्सकबीच स्वास्थ्य मन्त्रालयमा वार्ता हुँदै

भदौ १८, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं –मुलुकी अपराध संहिता ऐन– २०७४ मा संशोधनको माग गर्दै आन्दोलनरत चिकित्सकसँग स्वास्थ्य मन्त्रालयले वार्ता गर्दैछ ।

Muktinath Bank

चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिललाई आफ्नो प्रमाणपत्र समेत बुझाएर आन्दोलनमा उत्रिएपछि स्वास्थ्य मन्त्रालयले चिकित्सकहरूलाई वार्तामा बोलाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आन्दोलनरत चिकित्सकहरूसँग सोमवार मध्याह्न वार्ता हुने स्वास्थ्य मन्त्रालयका डा. दीपेन्द्ररमण सिंहले लोकान्तरलाई बताए । 


Advertisment
Nabil box
Kumari

‘हिजोबाट डाक्टरहरूले सेवा नै ठप्प पारेर आन्दोलन गर्नुभयो, त्यसपछि स्वास्थ्य मन्त्रालयले छलफल गरेर उहाँहरूलाई वार्ताका लागि बोलाइएको छ,’ उनले भने, ‘आन्दोलनबाट होइन वार्ताबाट समस्या समाधान गर्नुपर्छ भनेर उहाँहरूलाई बोलाइएको हो ।’

Vianet communication

स्वास्थ्य मन्त्रालयमा हुने वार्तामा नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ, महासचिव लोचन कार्की र अन्य दुईजना चिकित्सक सहभागी हुँदैछन् ।

‘स्वास्थ्य मन्त्रालयले छलफलका लागि भनेर बोलाएको छ हामी ४ जना जाँदैछौं । उहाँहरूले के कुरामा छलफल गर्नुहुन्छ हामीलाई थाहा छैन,’ संघका अध्यक्ष डा. श्रेष्ठले लोकान्तरसँग भने, ‘हाम्रो एजेन्डा प्रस्ट छ, ऐन संशोधनको प्रक्रिया अगाडि नबढेसम्म आन्दोलनका कार्यक्रम रोकिँदैन ।’

मुलुकी अपराध संहिता ऐनमा इलाजसम्बन्धी कसूरमा संशोधनको माग गर्दै आन्दोलनरत नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकहरूले आज देशभरका अस्पतालको प्रशासनिक काम बन्द गराएका छन् ।

यस्तै १९ गते आकस्मिक बाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना गर्ने कार्य बन्द गर्ने, २० गतेदेखि आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरू बन्द गर्ने संघले घोषणा समेत गरेको छ ।

यसैगरी २१ गतेदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवाहरू बन्द गर्ने ।

२२ गतेदेखि आकस्मिक बाहेकका ओपीडीलगायत सम्पूर्ण स्वास्थ्य सेवा संघका मागहरू सम्बोधन नभएसम्म बन्द गर्ने आन्दोलनका कार्यक्रमहरू समेत सार्वजनिक भइसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x