×

NIC ASIA

बालबालिकाको तौल र उँचाइमा ध्यान दिनुस्, नत्र बिग्रेला मिर्गौला

भदौ २५, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं–एकसाता अघि ललितपुरको सुमेरु अस्पतालमा दुबै मिर्गौलाले काम नगरेको एक बालक उपचारको लागि भर्ना भए । 

Muktinath Bank

उमेर १३ वर्षको भएपनि उनको अवस्था हेर्दा कम उमेरका जस्ता देखिन्थे । उमेर अनुसार उनको उँचाइ र तौल निकै कम थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘दुबै मिर्गौलाले काम गर्नै छाडेको अवस्थामा अस्पतालमा आइपुगेका थिए, हेर्दा नै उनको शरीरको अवस्था तौल र उँचाइ निकै कम थियो,’ बालकको उपचारमा संलग्न मिर्गौला तथा बालरोग विशेषज्ञ डा देवेन्द्र श्रेष्ठले भने, ‘समयममा स्वास्थ्य परीक्षण नगराउँदा दुबै मिर्गौला विग्रिसकेको रहेछ ।’


Advertisment
Nabil box
Kumari

सास फेर्न गाह्रो हुने र शरीर सुन्निन थालेपछि उनलाई आफन्तले अस्पताल ल्याएका थिए । अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा दुबै मिर्गौला फेल भइसकेको थाहा पाएपछि उनको परिवारले अहिले नियमित डायलाइसिस गराइरहेका छन् ।

Vianet communication

यस्तै रुकुमका १४ वर्षीय गणेश मल्लको पनि दुबै मिर्गौला फेल भएको छ ।  उनी पहिला–पहिला कहिलेकाही वेहोस भइरहन्थे । शुरुमा गणेशको परिवारले कमजोरीका कारणले होला भन्ने सोचेर वेहोस हुने समस्यालाई त्यति धेरै वास्ता गरेनन् । तर पटक–पटक बेहोस हुन थालेपछि गणेशलाई उपचारका लागि नेपालगञ्ज लगियो । नेपालगञ्जमा स्वास्थ्य परीक्षण गर्दा दुबै मिर्गौलाले काम नगर्ने अवस्थामा पुगेको पत्ता लाग्यो । अहिले गणेशको मिर्गौला उपचार केन्द्र, बनस्थलीमा सातामा दुईपटक डायलाइसिस हुने गरेको छ ।

यी दुई जना त प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समय मिर्गौला फेल भएका बालबालिकाहरु बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।

सरकारले मिर्गौला रोगीका लागि डायलाइसिस र प्रत्यारोपण सेवा निशूल्क गरेको छ । अस्पतालहरुमा मिर्गौला रोगको उपचार गराउने बिरामीको संख्या दैनिक बढ्दै गएको छ । 

पछिल्लो समय बालबालिकामा मिर्गौला फेल हुने समस्या बढ्न थालेको मिर्गौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेले बताए । बालबालिकाको मिर्गौला कस्तो अवस्थामा छ भनेर समय समयमा परीक्षण नगर्दा मिर्गौला फेल भइसकेपछि मात्रै उपचारमा आउने गरेको उनले बताए  ।

डा. काफ्लेले लोकान्तरसँग भने, ‘अहिले मिर्गौला फेल भएर उपचारमा आउने बालबालिका बढिरहेका छन्, मिर्गौला फेल भइसकेर सास फेर्न गाह्रो हुने र शरीर सुन्निन थालेपछि मात्रै बालबालिकाहरु उपचारको लागि आउने गरेको पाएका छौं ।’

एउटा मिर्गौलामा १० लाख नेफ्रोन हुन्छ । सामान्यतया स्वास्थ्य शिशू जन्मदा उसले १० लाख नेफ्रोन लिएर जन्मिएको हुनुपर्छ । तर गर्भअवस्थामा राम्रोसँग पोषण नपाएकी गर्भवतीबाट जन्मने शिशूमा १० लाख नेफ्रोन नहुन सक्छ ।

 नेफ्रोन कम भएका बालकालिकको मिर्गौला कमजोर हुने र उसमा मिर्गौला रोगको जोखिम उच्च रहने मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्लेले  बताए । 

बालबालिकाको उमेर अनुसार उचाइ र तौल नबढेमा मिर्गौला फेल हुने जोखिम उच्च रहने डा. काफ्लेको भनाइ छ । 

‘केही समय अघि हामी कहाँ डायलाइसिसका लागि आएका एकजना १३ वर्षीय बालक हेर्दा निकै कम उचाइ र तौलको हुनुहुन्थ्यो, १३ वर्षको बालक भनेर पत्याउनै नसकिने थियो,’ डा. काफ्लेले भने, ‘त्यसैले बालबालिकाको उमेर अनुसार उचाइ र तौल बढेको छैन भने मिर्गौला जाँच गराइहाल्नु पर्छ ।’

सामान्यतया पिसाबमा एलोमिन र रगतमा क्रियाटिनको परीक्षण गराउँदा मिर्गौलामा समस्या भए नभएको थाहा पाउन सकिन्छ । तर बालबालिकामा भने अल्ट्रासाउण्ड गरेर जाँच गराउनु उपयुक्त हुने डा. काफ्लेको भनाइ छ ।
मिर्गौलाको काम शरीरको रगत शुद्धीकरण गर्ने हो । हामीले खाने खानाबाट पोषण सँगै शरीरलाई आवश्यक नपर्ने टक्सिन पनि उत्पादन हुन्छ ।

मिर्गौलाले हाम्रो शरीरलाई आवश्यक नपर्ने पदार्थलाई बाहिर निकाल्ने काम गर्छ । मिर्गौलामा खराबी आएमा यी कामहरु गर्न सक्दैन् ।  मिर्गौला फेल भएका बिरामीहरुमा क्याल्सियम कम हुने, रगतको कमी, फोस्फोरस तथा यसिडहरु बढ्ने गर्छ । जसको कारण मुटु कलेजो लगायत शरीरका अन्य भागलाई समेत असर पर्दै जान्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x