×

NIC ASIA

म्यानपावरको धरौटीमा दुईथरी मापदण्ड, ६ करोड धरौटी हालको अवस्थामा दुई कम्पनीलाई मात्र !

असोज ४, २०७५

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

काठमाडौं – म्यानपावर कम्पनीको धरौटी रकमका सम्बन्धमा दुईथरी मापदण्ड बन्ने भएको छ ।

Muktinath Bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीहरूको धरौटी रकम ६ करोड पुर्‍याउने तयारी गरेको थियो । मन्त्री गोकर्ण विष्टले सो सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत शुक्रवारको मन्त्रिपरिषद् बैठकमा छलफल भएपछि धरौटीको मापदण्ड दुईथरी बनाउने गरी प्रस्तावमा परिमार्जन गरिएको मन्त्रालय स्रोतले जानकारी दियो ।


Advertisment
Nabil box
Kumari

अब वार्षिक ५ हजारभन्दा बढी कामदार पठाउने कम्पनीको धरौटी रकम ६ करोड हुनुपर्ने छ भने त्यसभन्दा कम कामदार पठाउनेले ३ करोड रुपैयाँ मात्र धरौटी राखे पुग्छ ।

Vianet communication

‘मन्त्रीज्यूले सबै म्यानपावर कम्पनीको धरौटी रकम ६ करोड बनाउने प्रस्ताव क्याबिनेटमा लानुभएको थियो,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘तर क्याबिनेटमा भएको छलफलमा सबै म्यानपावरलाई ६ करोड धरौटी बनाउने विषयमा सहमति भएन । मन्त्रीज्यूले लानुभएको प्रस्ताव क्याबिनेटबाट अस्वीकृत भएपछि परिमार्जन गरिएको हो ।’

६ करोड धरौटीको मापदण्डमा पर्ने कम्पनीले २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी बुझाउनुपर्ने छ । यस्तै ३ करोड धरौटी तोकिएकाहरूका लागि १ करोड नगद र २ करोड रकम बैंक ग्यारेन्टी हुनुपर्ने व्यवस्था सहितको वैदेशिक रोजगार ऐन संशोधन विधेयक तयार भएको छ ।

उक्त विधेयक केहीदिन भित्रै संसदमा दर्ता हुने जनाइएको छ ।

दुई कम्पनीलाई मात्र ६ करोड !

वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७४/७५को तथ्याङ्क अनुसार वार्षिक ५ हजारभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनी दुईवटा मात्रै छन् ।

द रिभर ओभरसिज प्रा.लि. र कोशी इन्टरनेसनल प्रा.लि.ले मात्रै वार्षिक ५ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीमा पठाएका छन् । तर म्यानपावर कम्पनीको संख्या भने दुई हजारभन्दा माथि छ ।

हाल म्यानपावर कम्पनी दर्ताका लागि अनुमति लिन ७ लाख नगद र २३ लाखको बैंक ग्यारेन्टी हुनुपर्ने व्यवस्था छ ।

मन्त्री विष्टले म्यानपावर कम्पनी मात्रै धेरै हुँदा वैदेशिक रोजगारीमा विकृति बढेको भन्दै कम्पनीलाई मर्जरमा प्रेरित गर्न धरौटी रकम ६ करोड पुर्‍याइने बताउँदै आएका थिए ।

आफ्नो पूर्व प्रतिबद्धता शत प्रतिशत पूरा नभए पनि धरौटी रकम लाखबाट करोड पुग्नुलाई उपलब्धिको रूपमा लिनुपर्ने मन्त्री विष्टको तर्क छ ।

‘सबैलाई नभए पनि ५ हजारभन्दा माथि कामदार पठाउने म्यानपावरलाई ६ करोड नै छ, त्यो भन्दा कम कामदार पठाउनेलाई पनि ३ करोड पुर्‍याइँदैछ,’ मन्त्री विष्टले लोकान्तरसँग भने, ‘सात लाख मात्रै धरौटी भएको म्यानपावरको धरौटी करोड पुर्‍याउनु पनि सकारात्मक कुरा हो, यसरी बुझ्नुस् न ।’

यसलाई सकारात्मक रूपमा लिन उनको आग्रह छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x