चैत ३०, २०८०
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
असोज १४, २०७५
सुर्खेत – वीरेन्द्रनगरमा आगामी मंसिरको दोस्रो साता राष्ट्रिय नाट्य महोत्सव आयोजना गरिने भएको छ ।
देशका सातवटा प्रदेशका चौध र सुर्खेतको थप एक नाट्य समूहले पाँच दिनमा आफ्नो प्रस्तुति दिने गरी तयारी शुरू भएको सांस्कृतिक संस्थान नेपालका महाप्रबन्धक राजेश थापाले जानकारी दिए ।
उनले कर्णाली प्रदेश खस भाषाको उद्गम स्थल हुनुका साथै वि.सं. १९९४ देखि नै रंगकर्मीको उद्गमस्थलको रूपमा स्थापना भएका कारण नाट्य महोत्सवको आयोजना गर्न लागिएको बताए । जीएम थापाका अनुसार कर्णाली सरकारले चालू आर्थिक वर्षलाई रारा कर्णाली पर्यटन वर्ष घोषणा गरेका कारण पनि उक्त अभियानलाई थप सफल पार्न सुर्खेतमा महोत्सवको आयोजना गर्न लागिएको हो ।
हरेक दिन हामीले तीनवटा नाटक प्रदर्शन गर्ने योजना बनाएका छौं । महाप्रबन्धक थापाले भने, सुर्खेतका लागि एक थप नाटक प्रदर्शन गर्ने जिम्मा दिएका छौं । उनले सरकारले लिएको 'सुखी नेपाली समृद्ध नेपाल' को नारालाई समेत टेवा पुग्ने गरी नाटक प्रदर्शन गरिने बताए ।
'हामीले कूल लागतको आधा रकम बेहोर्ने भएका छौं,' वीरेन्द्रनगरमा आइतवार आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै थापाले भने, 'अन्य खर्च स्थानीय सहआयोजकहरू, सरकारले बेहोर्ने गरी महोत्सवको आयोजना गरिएको हो । हामीले सुर्खेतमा पनि एक राम्रो नाटकघर बनाउने बारे सोच बनाइरहेका छौं ।'
आरंग नेपाल सह-आयोजक रहेको उक्त महोत्सवमा सामान्य टिकट शुल्क लिइने आरंग नेपालका अध्यक्ष गणेशभक्त गौतमले जानकारी दिए ।
'हामी रंगकर्मीहरूको एक मात्रै उद्देश्य सुर्खेतमा नाटक घर बनाउने रहेको छ,' उनले भने, 'यसका लागि हामीले सहयोग जुटाउने योजना बनाएका छौं र महोत्सवले राहत मिल्ने कुरामा हामी ढुक्क छौं ।'
पाँच दिनसम्म चल्ने उक्त महोत्सव जिल्ला समन्वय समितिको हलमा आयोजना गरिएको छ ।
'अन्यत्र हामीलाई सहज रूपमा हल उपलब्ध हुन सकेनन्,' अध्यक्ष गौतमले भने, यो वर्ष जिल्ला समन्वय समितिको हलमा महोत्सव आयोजना गर्ने तयारी गरेका छौं ।'
उनले सुर्खेतमा पहिलोपटक महोत्सव आयोजना गर्न लागिएको बताउँदै सबै क्षेत्रबाट सकारात्मक सहयोग पाउने र महोत्सव सफल हुने विश्वास व्यक्त गरे ।
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...